Khabar Dabali Logo
  May 22, Wed

तनहुँका १० वटै स्थानीय तहमा नेतृत्वको टुङ्गो, कसको भागमा कति ?

दमौली। तनहुँका १० वटै स्थानीय तहमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नेतृत्व टुङ्गो लागेको छ । नेकपाको गण्डकी प्रदेश कमिटीको मङ्गलबार सम्पन्न बैठकले सबै स्थानीय तहमा नेतृत्वको टुङ्गो लगाएको हो । तनहुँका १० स्थानीय तहमध्ये पूर्वएमालेको भागमा तीन नगरपालिका र दुई गाउँपालिका र पूर्वमाओवादी केन्द्रको भागमा एक नगरपालिका र चार गाउँपालिकाको नेतृत्व परेको छ ।

पूर्वएमालेको भागमा भानु नगरपालिका, व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, घिरिङ र रिसिङ गाउँपालिकाको नेतृत्व परेको छ भने पूर्वमाओवादीको भागमा भिमाद नगरपालिका, देवघाट, आँबुखैरेनी, बन्दीपुर र म्याग्दे गाउँपालिकाको नेतृत्व परेको छ । पूर्वएमाले अध्यक्ष भएको ठाउँमा पूर्वमाओवादीको सचिव र पूर्वमाओवादी अध्यक्ष भएको ठाउँमा पूर्वएमालेको सचिव तोकिएको छ ।

तनहँुमा देवघाट गाउँपालिकाको अध्यक्षमा भुवन गुरुङ र सचिवमा केशवचन्द्र न्यौपाने, आँबुखैरेनी गाउँपालिकाको अध्यक्षमा प्रेम तमु र सचिवमा बेलबहादुर गुरुङ, बन्दीपुर गाउँपालिकाको अध्यक्षमा विद्या लामिछाने र सचिवमा जीवन कायस्थ चयन भएका छन् ।

यसैगरी भानु नगरपालिकाको अध्यक्षमा प्रेम राना र सचिवमा सीताराम अधिकारी, व्यास नगरपालिकाको अध्यक्षमा श्रीराम कार्की र सचिवमा रामचन्द्र सापकोटा, म्याग्दे गाउँपालिकाको अध्यक्षमा डिलबहादुर नेपाली र सचिवमा सोमबहादुर आले, शुक्लागण्डकी नगरपालिकाको अध्यक्षमा मुक्ति तिमिल्सेना र सचिवमा बुद्धिसागर रिमाल, भीमाद नगरपालिकाको अध्यक्षमा रामबहादुर थापा र सचिवमा इमान थापा, रिसिङ गाउँपालिकाको अध्यक्षमा गञ्जसिंह गुरुङ र सचिवमा वीरबहादुर थापा र घिरिङ गाउँपालिकाको अध्यक्षमा होमबहादुर थापा र सचिवमा भुवन विक चयन भएका छन् ।

यसअघि पार्टीले नेकपाको जिल्ला अध्यक्षमा केदार सिग्देल र सचिवमा राजेन्द्रकेशरी न्यौपानेलाई नियुक्त गरिसकेको छ ।

बैशाख ११ गते, २०७६ - १०:३४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तपाईंले बिक्री गरेको सवारी साधनको नामसारी गर्नु भयो ? नत्र यो लफडामा फस्नुहोला !

धादिङ । गीतानगरका उपेन्द्र पण्डितको मोबाइलमा धादिङका प्रहरी हबल्दारले टेलिफोन गरेर उहाँको नामको...   

नाबालिकालाई जबर्जस्ती यौन व्यवसायमा लगाउने होटेल सञ्चालक पक्राउ

कपिलबस्तु । झाडुपोछाको काम गर्न होटेलमा राखेकी कपिलवस्तुकी १५ वर्षीया नाबालिकालाई जबर्जस्ती यौन...   

हत्याको आरोपमा चार युवा पक्राउ

रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिका–१० स्थित शीतलापुर जङ्गलमा एक युवकको हत्या गरेको आरोपमा...   

अब औषधिजन्य सामग्रीको विज्ञापन गर्न नपाइने

काठमाडौं । प्रतिनिधिसभाको बैठकले ‘विज्ञापन (नियमन गर्ने) विधेयक २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई...   

कार्यकक्षमै सहकर्मीमाथि कुटपिट भएपछि नगरपालिको काम ठप्प

सिराहा । सहकर्मीमाथि हातपात भएको विरोधमा सिरहाको कल्याणपुर नगरपालिकाका कर्मचारीले आज बिहानदेखि...   

पाँचथर हत्याकाण्डबारे के भन्छन् गृहमन्त्री थापा ?

काठमाडौँ। गृहमन्त्री रामबहादुर थापाले पाँचथरमा भएको सामूहिक हत्याकाण्डको सूक्ष्म रुपमा छानबिन...   

विदेशमा मृत्यु भएका ६२५ कामदारको परिवारलाई आर्थिक सहायता

काठमाडौं । सरकारले चालू आर्थिक वर्षको पहिलो १० महीनामा वैदेशिक रोजारीका क्रममा मृत्यु भएका ६२५ कामदारको...   

विकास र समृद्धिको मार्गप्रशस्त गर्ने कानून आवश्यक छ – गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले विकास र समृद्धिको मार्गप्रशस्त गर्नका लागि उपयुक्त कानूनको...   

विद्युत् प्राधिकरणलाई निःशुल्क जग्गा

बाग्लुङ । नेपाल विद्युत् प्राधिकरणको जिल्लास्थित वितरण केन्द्रको शाखा कार्यालय भवन निर्माणका लागि...   
निर्वाचन परिणाम बाहिएलगत्तै झडप, छ जनाको मृत्यु

निर्वाचन परिणाम बाहिएलगत्तै झडप, छ जनाको मृत्यु

इन्डोनेसिया । इन्डोनेसियाका राजधानी जाकार्तामा राष्ट्रपतिको निर्वाचनको परिणाम बाहिएलगत्तै शुरु...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top