Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

फिलिपिन्समा शक्तिशाली भूकम्प, कैयौँ हताहत

फिलिपिन्सको प्रमुख टापु लुजोनमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा ११ जनाको ज्यान गएको छ। त्यहाँको भूकम्पमापन केन्द्रका अनुसार स्थानीय समय दिउँसो ५ बजेर ११ मिनेटमा ६.१ म्याग्निट्युडको भूकम्प गएको हो।

एउटा विमानस्थलमा ठूलो क्षति भएको छ र कम्तीमा दुईवटा भवन ध्वस्त भएका छन्। त्यसको चौबिस घण्टा पनि नबित्दै भिसायास क्षेत्रमा ६.४ म्याग्निट्युडको अर्को भूकम्प गएको छ।

मनिलास्थित बीबीसीका संवाददाताका अनुसार सबैभन्दा नराम्ररी प्रभावित क्षेत्रमा टक्लोबन शहर, लेते टापु र काटबलोगन शहर रहेका छन्।सामाजिक सञ्जालहरूमा राखिएका तस्बिरमा हल्लिएका भवनहरू र सडकमा धाँज देखिन्छ। त्यहाँ भएका मानवीय क्षतिबारे स्पष्ट हुन नसकेको विवरणहरूमा जनाइएको छ।

सन् २०१३ मा टक्लोबन शहर र वरपरका क्षेत्रमा हैयान नामक समुद्री आँधीले क्षति विध्वंस निम्त्याएको थियो। राजधानी मनिलादेखि उत्तर-पश्चिममा पर्ने पाम्पङ्गा प्रान्तमा पहिलो भूकम्पका कारण एउटा भवन भत्किँदा भग्नावशेषभित्र दर्जनौँ मानिस फसेको हुन सक्ने अधिकारीहरूले बताएका छन्।

उक्त प्रान्त सबैभन्दा बढी प्रभावित भएको ठानिएको छ। सो प्रान्तकी गभर्नर लिलिआ पिनेडाले कम्तीमा २० जना घाइते भएको समाचार संस्था रोयटर्सलाई बताइन्।

भग्नावशेषभित्र पुरिएकाहरूबारे उनले भनिन्, \"पीडाले उनीहरू रोइरहेको सुन्न सकिन्छ। उनीहरूको उद्धार गर्न सहज छैन।\" एउटा पसल भित्रबाट तीनजनाको शव निकालिएको उनले बताइन्। लुबाओ नगरमा एकजना हजुरआमा र उनका नातिको शव फेला पारिएको छ।

गभर्नर पिनेडाका अनुसार २० जनालाई उद्धार गरी अस्पताल पुर्‍याइएको छ। मनिलामा पनि भूकम्पको धक्का महसुस गरिएको थियो जहाँ गगनचुम्बी भवनहरू हल्लिरहेको देखिन्थ्यो। क्लार्क अन्तर्राष्ट्रिय विमानस्थलमा सबैभन्दा बढी क्षति पुगेको छ। त्यहाँ सातजना घाइते पनि भएका छन्। बिबिसिबाट

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies