Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

नेपालीस्याट भूउपग्रहले डेढ महिनापछि पृथ्वीको परिक्रमा गर्ने

ललितपुर। नेपालले पहिलो पटक प्रक्षेपण गरेको नेपालीस्याट–१ भूउपग्रहले अब डेढ महीनापछि स्वतन्त्र रुपले अन्तरिक्षमा रही पृथ्वीको परिक्रमा गर्ने भएको छ । यही वैशाख ४ गते प्रक्षेपित उक्त भूउपग्रह वैशाख ६ गते अपराह्न ३ः३० बजे (प्रक्षेपण भएको ३६ घण्टा चालीस मिनेटपछि) पृथ्वीलाई परिक्रमा गर्ने तल्लो कक्षस्थित अन्तरराष्ट्रिय केन्द्र सिग्नसमा पुगी पृथ्वीको परिक्रमा गर्न तत्पर रहेको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) प्रविधि सङ्कायका प्रमुख रवीन्द्रप्रसाद ढकालले जानकारी दिए ।

“उक्त भूउपग्रह अन्तरिक्षयान पृथ्वीको सतहबाट ४०० किमीको उचाइमा रही अन्तरराष्ट्रिय केन्द्रमा जोडिन सफल भएको छ”, उनले भने, “नाष्टले सूचना प्रवाहका लागि निर्माण गर्न लागेको ग्राउन्ड स्टेशनका साथै जापानको ग्राउन्ड स्टेशनबाट संयुक्त रुपमा यस भूउपग्रहले अबको करीब डेढ महीनापछि स्वतन्त्र रुपमा अन्तरिक्षमा रही पृथ्वीको परिक्रमा गर्नेछ ।”

वैशाख ४ मा अमेरिकाको भर्जीनियास्थित वाल्ओप्सदीप नाशाको रकेट प्रक्षेपण केन्द्रबाट आफ्नो अन्तरराष्ट्रिय अन्तरिक्ष केन्द्रको आपूर्तिका लागि एनजी ११ अन्तर्गत अमेरिकी पूर्वीय दिवा समय अपराह्न ४ः४६ बजे ९ वैशाख ५ गते नेपाली समयानुसार बिहान २ः३१ बजे० प्रक्षेपण भएको थियो । सो भूउपग्रहको आकार ९१० सेमी गुणा १० सेमी गुणा १० सेमी० रहनाका साथै तौल ९१।५ किग्रा० छ । भूउपग्रहका नाम नेपालको नेपालीस्याट–१, श्रीलङ्काको रावन–१ र जापानको यूवुसु राखिएका छन् ।

सो भूउपग्रहबाट प्राप्त तस्वीर वा अन्य तथ्याङ्क व्यावसायिक प्रयोजनका लागि योग्य हुने छैनन् । नाष्टले यो प्रविधि नेपाली जनशक्तिको निर्माणका साथै क्षमता विकास, अन्तरराष्ट्रिय सञ्जालको साझेदारी, अन्तरिक्षमा उपस्थिति तथा उत्साही युवामा पहुँचका दृष्टिले अघि बढाएको हो । जापानी अन्तरिक्ष अन्वेषण संस्था जाक्सालाई उक्त तीन साना भूउपग्रह निर्माणका लागि नमूना तथा सम्पूर्ण परिश्रण गर्न लगाइएको बताइएको छ ।

नेपाल सरकारले नेपालमा सन् २०१७ देखि उक्त कार्यक्रमको शुरुआत गरेको हो । नेपालले भूउपग्रह निर्माणको काम गर्न सक्दैन भन्ने बुझाइ चिर्दै सकारात्मक सन्देश छाड्न सफल भएको नाष्टका प्रवक्ता सुरेशकुमार ढुङ्गेलले जानकारी दिए । “वास्तवमा भूउपग्रहले सबै काम गर्छ तर यो न्यानो स्याटलाइटले वातावरण परिवर्तन, शहरी क्षेत्र व्यवस्थापन, जनशक्ति निर्माण, शैक्षिक अध्ययन तथा अनुसन्धानमा जोड पु¥याउने छ”, ढुङ्गेलले भने, “संयुक्त राष्ट्र सङ्घले भूउपग्रह निर्माणका लागि नेपालका आभाष मास्के र हरिराम श्रेष्ठलाई छात्रवृत्तिसहितको विभिन्न व्यवस्थापनमा सहयोग गरेर नेपाल विकासमा ठूलो टेवा पु¥याएको छ ।”

नाष्टले ग्राउण्ड स्टेशन निर्माणका लागि १५ दिनभित्र आवश्यक सामग्री पाएमा त्यसको दुईदेखि तीन दिनभित्र सूचना प्रवाह गर्न सक्नेछ । सो भूउपग्रहले एक पटकमा पृथ्वीको परिक्रमा गर्दा ९० मिनेट लगाउँछ । नाष्टको ग्राउण्ड स्टेशनमा दुईदेखि तीन कम्प्युटर जडान गरी सूचना प्रवाह गरिने योजना छ । सो भूउपग्रहले दिनको १६ पटक पृथ्वीको परिक्रमा गर्नेछ । सो प्रविधि सुरक्षित रहन पृथ्वीको गुरुत्वाकर्षणबाट जोगिनुपर्ने हुन्छ । भूउपग्रहको आयु तीन महीनादेखि तीन वर्षसम्मको हुने बताइएको छ ।

हालै प्रक्षेपित भूउपग्रहमा पाँच मेगा पिक्सेलको क्यामरा जडान गरी दुईतर्फी सञ्चार गर्नका लागि लामो दूरीको तार जडान भएको नाष्ट प्रवद्र्धन महाशाखा प्रमुख रमिला रावतले जानकारी दिए । “भूउपग्रहमा विद्युतीय प्रवाहको मार्ग निर्माणका लागि गम टाँस्ने परीक्षणको योजना अघि बढाएका छौँ”, रावतले भने, “यसमा छ वटा ब्याट्री जडान गरी अनुसन्धानात्मक भूउपग्रह निर्माण गर्न सफल भइएको छ ।” विश्वमा लगभग ४० हजार न्यानो भूउपग्रह निर्माण भयो भने पूरै पृथ्वीको परीक्षण गर्न सकिने वैज्ञानिकले बताउँदै आएका छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies