Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

यी हुन् नेकपाका ८ ‘घटुवा प्रकरण’ ! कोको परे घटुवामा ?

काठमाडौं । लामो समयको विवादपछि गठन भएको नेपाल कम्युनिस्ट पार्टीको जिल्ला कमिटीमा ‘घटुवा’ प्रकरणुले थप विवाद निम्त्याउने देखिएको छ ।

साविक एमालेको भागमा पर्ने ४४ जिल्ला कमिटीको अध्यक्षमा साविक माओवादी केन्द्रका जिल्ला अध्यक्षहरू सचिव हुनुपर्ने र साविक माओवादी केन्द्रले पाउने ३३ जिल्ला अध्यक्षसँगै साविक एमालेका जिल्ला अध्यक्षहरू सचिव हुनुपर्ने प्रावधान कायम गरिएको थियो । यही प्रावधानका कारण कतिपय जिल्ला सचिवहरू अहिले पार्टीको केन्द्रीय सदस्य, मन्त्री, संसदीय समितिका सभापति र प्रदेश सभाका निर्वाचित सदस्यको जिम्मेवारी निभाइरहेका छन् ।

जिल्लाको अध्यक्ष वा सचिव कसैले पनि आफूले पाएको पद छोड्न नपाउने नेकपा स्रोतले बताएको छ । सोमवार राजधानीको प्रज्ञा प्रतिष्ठानमा जिल्ला पार्टी एकीकरणको घोषणापछि आफ्नो नाम अध्यक्ष वा सचिवमा आएकोमा केहीले आफूलाई ‘घटुवा’ गरेको भन्दै निराशा व्यक्त गरेका छन् ।

प्रकरण १, चितवन - चितवनका तत्कालीन एमालेका जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेललाई सचिव बनाइयो । उनी हाल संघीय संसदको कानून, न्याय तथा मानवाधिकार समितिका सभापति हुन् ।

तत्कालीन माओवादी केन्द्रका जिल्ला ध्यक्ष यमबहादुर परियार अहिले नेकपाको जिल्ला अध्यक्षमा मनोनित भएपछि पोखरेलले आफ्नो सचिव पद के गर्लान् भन्ने चासोको विषय बनेको छ ।

प्रकरण २, रुपन्देही - प्रदेश नम्बर ५ का अर्थ, उद्योग, पर्यटन समितिका सभापति दधिराम न्यौपाने ‘घटुवा’ प्रकरणका अर्का सचिव हुन् । सोमवार घोषणा भएको जिल्ला कमिटी अनुसार बुटवल महानगरपालिकाका प्रमुख समेत रहेका शिव सुवेदी अध्यक्ष र न्यौपाने सचिव भएका थिए । तर आफू पोलिटब्युरो सदस्य समेत भएर काम गरेकाले अहिले जिल्ला कमिटीको सचिव हुनुमा न्यौपानेलाई खासै खुसी मिलेको छैन । आफ्ना निकटस्थलाई उनले जिल्ला सचिवको पद नलिने निर्णय सुनाएका छन् ।

प्रकरण ३, काठमाडौं - तत्कालीन माओवादी केन्द्रका काठमाडौँ जिल्ला अध्यक्ष हिमाल शर्मा पनि सचिव पदमा चित्त बुझाउने खालको हाउभाउ देखाएका छैनन् । आफ्नो नाम सचिवमा आउने छाँटकाँट देखिएपछि सामाजिक संजालमा स्ट्याटस लेख्दै आफ्नो पद कुनै अर्कोलाई दिन पाइन्छ कि पाईदैन भनेर सोधेका थिए । शर्मा हाल नेकपाको केन्द्रीय समिति सदस्य पनि हुन् । काठमाडौँमा कृष्ण राईलाई अध्यक्ष मनोनयन गरिएको छ ।

प्रकरण ४, कन्चनपुर - कन्चनपुरमा तत्कालीन माओवादी केन्द्रका जिल्ला अध्यक्ष रहेका वीरबहादुर थापालाई हालको नेकपाको जिल्ला अध्यक्ष र सचिवमा तत्कालीन एमालेका जिल्ला अध्यक्ष रहेका तारा लामालाई मनोनयन गरिएको छ । तारा लामा नेकपा सुदूरपश्चिम प्रदेशसभाका प्रमुख सचेतक हुन् भने, थापा मेयरमा हारेका उम्मेदवार हुन् । सचिवमा मनोनित तारा लामा
‘घटुवा’ प्रकरणका अर्का उदाहरण देखिन्छन ।

प्रकरण ५, धनुषा - धनुषाका श्रवण यादव पनि सचिवमा घटुवा भएकोमा दुखि छन् । यादव पार्टीको जिल्ला कमिटी एकीकरण अघि केन्द्रीय कमिटीका सदस्य थिए । साविक एमालेका झल्खु यादव जिल्ला कमिटीका अध्यक्ष थिए । एकलाई अध्यक्ष र अर्कोलाई सचिव बनाउनुपर्ने बाध्यताका बीचमा श्रवण सचिवमा घटुवा भए ।

प्रकरण ६, स्याङ्गजा - स्याङ्गजामा जिल्ला अध्यक्षका रूपमा पारस गैरेलाई मनोनयन गरिएको छ । गैरे स्याङ्गजा निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ बाट हारेका उम्मेदवार हुन् । तर सचिवका रूपमा भने निर्वाचन क्षेत्र नम्बर १ ‘क’ बाट जितेर प्रदेशसभामा प्रतिनिधित्व गरिरहेका मीनप्रसाद गुरुङ छनोटमा परेका छन् । स्याङ्गजामा पनि मीनप्रसाद गुरुङ ‘घटुवा’ मा परेका अर्का उदाहरण हुन् ।

प्रकरण ७, नुवाकोट - नुवाकोटमा पनि संघीय सांसद नारायण खतिवडा सचिवमा ‘घटुवा’ भएका छन् भने साविक माओवादीका तर्फबाट प्रदेश सांसद रहेका हीरानाथ खतिवडा जिल्ला अध्यक्ष भएका छन् ।

प्रकरण ८, सिन्धुपाल्चोक – सिन्धुपाल्चोक जिल्लामा माओवादी तर्फबाट सचिव बनाइएका दावा लामा पार्टीका केन्द्रिय सदस्य हुन् भने एमाले तर्फबाट अध्यक्ष बनाइएका झम्क नेपाल पार्टी केन्द्रिय सदस्य होइनन् । दावा लामाजस्तै राज्इ सदस्यको माताहतमा रहेका अन्य ९ केन्द्रिय सदस्यहरु देशभर रहेको बताईन्छ ।

जिल्ला अध्यक्ष र सचिवको बाँडफाँडमा अध्यक्षद्वय नै हाबी
प्रज्ञा प्रतिष्ठानमा औपचारिक घोषणा गरिएको जिल्ला नेतृत्वमा अध्यक्षद्वय ओली र प्रचण्ड नै हाबी भएका छन् । स्रोतका अनुसार ४४ जिल्लाको नेतृत्व लिएको पूर्व एमाले खेमामा बामदेव गौतम पक्षबाट जम्मा एक जना परेका छन् भने वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट १४ जना परेको अनुमान गरिएको छ ।

नयाँ मापदण्ड तय गर्दा अध्यक्षद्वयले चलखेल गर्न सक्ने भन्दै नेता नेपालले वरिष्ठताका आधारमा नेतृत्व चुन्न दबाब दिएका थिए । यसो गर्दा साविक एमालेका जिल्ला अध्यक्षहरू मध्ये नेता नेपाल पक्षका १४ जना जति परेका हुन् । संगठनमा राम्रो पकड मानिएका गौतम पक्षमा जिल्लामा नगन्य प्रतिनिधित्व भएको देखिएको छ ।

यता पूर्व माओवादी तर्फबाट गृहमन्त्री समेत रहेका रामबहादुर थापा पक्षमा ८ जना रहेको स्रोतले बतायो । ३३ जना मध्ये २४ अध्यक्ष प्रचण्डपक्ष र १ जना प्रवक्ता समेत रहेका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठको पक्षमा रहेको दाबी गरिएको छ ।

जिल्लामा अब ‘एमाले’ र ‘माओवादी’ रहेन !

कतिपय जिल्लामा विवाद हुने देखिएको भएता पनि सारमा जिल्ला कमिटी एक भएको छ । नेकपाका एक केन्द्रीय नेताका अनुसार अब जिल्लामा माओवादी र एमालेको अन्तरघुलन भएको देखिएको छ । ‘जिल्लामा अन्तरघुलन भयो, कहीं कतै समस्या आएदेखि त्यसको सामाधान गरौंला,’ उनले खबरडबलीसँग भने, ‘सारमा पार्टी एकता हुनु ठूलो कुरा हो । जिल्लामा न त माओवादी रह्यो, न त एमाले नै रहेको छ ।’

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies