Khabar Dabali Logo
  August 19, Mon

कालाेपत्रे गरेकाे एका सातामै घाँस उम्रियाे, अख्तियारद्वारा अनुसन्धान सुरू

काठमाडाैं ।निर्माण गरेको साता नपुग्दै धनगढी उपमहानगरपालिका–७ स्थित सद्भावना मार्गको कालोपत्रे सडकमा घाँस उम्रिएको छ । उपमहानगरले बनाएको सडकको दुवै किनारातिर कालोपत्रेमै घाँस उम्रिएको हो । कालोपत्रे सडकमा घाँस उम्रिएपछि त्यसको गुणस्तरबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो दिएको छ । आयोगको कञ्चनपुरस्थित क्षेत्रीय कार्यालयको टोलीले कालोपत्रे गरिएको सडकको निरीक्षण गर्नुका साथै धनगढी उपमहानगरपालिकाबाट सडकसँग सम्बन्धित कागजात नियन्त्रणमा लिएको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ – निरीक्षण गर्दा कालोपत्रे सडकमै घाँस उम्रिएको देखिएको अख्तियारको क्षेत्रीय कार्यालयका सूचना अधिकारी टोपबहादुर विष्टले बताए । चेकजाँचका लागि केही कागजात नियन्त्रणमा लिइएको र उपमहानगरसँग थप कागजात माग गरिएको उनले जानकारी दिए ।

निरीक्षणमा गएको दिन उपमहानगरका लेखा अधिकृत बिदामा रहेकाले उपलब्ध हुन नसकेका निर्माण सम्झौतापत्र, बिल भुक्तानी माग गरिएको सूचना अधिकारी विष्टले बताए । ‘कागजात नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौँ । सडकमै घाँस उम्रिएकाले यसको गुणस्तर हेर्न आयोगले प्राविधिक टोली खटाउँदै छ,’ उनले भने । अख्तियार टोलीले धनगढी उपमहानगरपालिका र निर्माण कम्पनीसँग कालोपत्रे सडकबारे सोधपुछ पनि गरेको जनाएको छ ।

बैशाख १० गते, २०७६ - ०७:५५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फ्रेन्च लिग वान : पहिलो खेलमै पीएसजीलाई यस्ताे धक्का

फ्रेन्च लिग वान : पहिलो खेलमै पीएसजीलाई यस्ताे धक्का

एजेन्सी । साविक विजेता पेरिस सेन्ट जर्मन (पीएसजी) ले फ्रेन्च लिग वानको पहिलो खेलमै अप्रत्यासित हार...   

महिलालाई अदालतको न्यायः न आस न भरोसा

काठमाडौं । छिटो न्याय पाउने आशामा अदालत पुग्ने पीडितले वर्षौंसम्म न्याय नपाउँदा पीडित महिला न्यायालयप्रति...   

रानीपोखरीको बालगोपालेश्वर मन्दिर शिखर शैलीमा बन्ने

काठमाडौं । रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर शिखर शैलीमा बन्ने भएको छ । मन्दिर पुननिर्माणको...   

बजेट खर्च नभए मन्त्री नै जवाफदेही

काठमाडौं । सरकारले सञ्चालन गरेको योजना कार्यान्वयन नभई बजेट खर्च गर्न नसकेमा त्यसको जिम्मा सम्बन्धित...   

गत आर्थिक वर्षभित्र वैदेशिक रोजगारीमा ९६ करोड रकम ठगी

काठमाडौं । वैदेशिक रोजगारीमा गत आर्थिक वर्ष ९६ करोड रुपैयाँ ठगी भएको छ । वैदेशिक रोजगार विभागका अनुसार...   

छुवाछुत अझै कायम : दलितले दिएको दही खाँदा ७६ वर्षीय वृद्धलाई सामाजिक बहिष्कार

काठमाडौं । दलित बालबालिकाले दिएको दही खाँदा खोटाङका एक ७६ वर्षीय वृद्ध सामाजिक बहिष्कारमा परेका छन्।...   

तीन वर्षभित्रै कर्णाली करिडोर , अब भने कर्णालीको विकासमा नयाँ युग सुरु हुने विश्वास

काठमाडौं । त्रिदेशीय व्यापारिक ‘ट्रान्जिट’का रूपमा उच्च महत्व राख्ने कर्णाली करिडोरको निर्माणले...   

बुधबारदेखि नेपाल–भारत संयुक्त बैठक सुरू हुने , जयशङ्कर नेपाल आउँदै

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक आउँदो बुधबारदेखि नेपालको राजधानी काठमाडौँमा हुने...   

किन सरकार १५ महत्तवपूर्ण स्थान विश्व सम्पदा सूचीमा पार्न पहल नै गर्दैन?

काठमाडौं । पुरातत्त्व विभाग, स्थानीय सरकार र संस्कृति तथा पर्यटन मन्त्रालयले समन्वय नगर्दा देशभरका...   

लागुऔषधसहित एकजना पक्राउ

रौतहट । रौतहट प्रहरीले परोहा नगरपालिकाबाट लागुऔषध सहित एकजनालाई पक्राउ गरेको छ । जिल्लाको परोहा नगरपालिका–९...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top