Khabar Dabali Logo
  August 18, Sun

यस्ता कार्यकर्ता पाे कार्यकर्ता ! जसले भूलवस् अर्काे पार्टीलाई भाेट हाल्दा आफ्नै औँला काटे

भारतमा एकजना मतदाताले मतदानका क्रममा आफूले भूलवश “गलत” पार्टीलाई मत हाल्न पुगेको थाहा पाएपछि आफ्नो चोरऔँलो काटिदिएको बताएका छन्।

सामाजिक सञ्जालमा चर्चित भैरहेको एउटा भिडिओमा पवन कुमार नामका ती मतदाताले आफूले दूर्घटनावश सत्ताधारी भारतीय जनता पार्टीलाई मत हाल्न पुगेको बताएको देख्‍न सकिन्छ।

उनले खासमा एउटा क्षेत्रीय पार्टीलाई आफ्नो मत दिन चाहेका तर विद्युतीय भोटिंग मशिनमा धेरै नै चुनाव चिन्हहरू देखेर आफू अलमलमा परेको बताएका छन्। मतदान गरिसकेपछि प्रत्येक मतदाताको चोरऔंलामा सजिलै मेट्न नसकिने मसीको चिन्ह लगाइदिने गरिन्छ।

पवन कुमारले बिहीवारको निर्वाचनमा भारतको उत्तर प्रदेश राज्यको बुलन्द शहर क्षेत्रमा मतदान गरेका थिए। भारतको आम निर्वाचनमा बिहीवार दोस्रो चरणको मतदान भएको थियो।

“म हात्ती चुनाव चिन्हमा मतदान गर्न चाहन्थेँ, तर मैले झुक्किएर फूल चिन्हमा मत हालेँ,” पवन कुमारले यसो भनेको उक्त भिडिओमा सुन्न सकिन्छ।

सत्ताधारी भारतीय जनता पार्टीको चुनाव चिन्ह कमलको फूल हो भने, एउटा क्षेत्रीय शक्तिशाली पार्टी बहुजन समाज पार्टीको चुनाव चिन्ह हात्ती हो। उक्त पार्टीले अन्य दुई क्षेत्रीय पार्टीहरूसँग गठबन्धन गरेर भारतीय जनता पार्टीलाई चुनौति दिइरहेको छ।

भारतको निर्वाचनमा पार्टीको चुनाव चिन्हको ठूलो अर्थ रहन्छ। धेरै भागमा साक्षरता दर कम रहेको उक्त देशमा चुनाव चिन्हका कारण पार्टी चिन्न मतदातालाई सहज हुने गर्छ।

भारतमा थुप्रै क्षेत्रीय पार्टी र गठबन्धनहरू पनि छन् जसले गर्दा मतदानका बेला मतदाता अन्योलमा पर्ने सम्भावना रहने गर्छ।

पवन कुमार दलित भनिने समुदायका सदस्य हुन् जुन समुदाय बहुजन समाज पार्टीको महत्त्वपूर्ण भोट ब्याङ्क मानिन्छ।

बिहीवारको मतदानलाई भारतका शक्तिशाली क्षेत्रीय पार्टीहरूका लागि महत्त्वपूर्ण हुने ठानिएको छ, जुन पार्टीहरूले आआफ्नो राज्यमा स्थानीय राजनीतिलाई आफ्नो पकडमा राखेका छन् र तिनका नेता चर्चित स्थानीय राजनीतिज्ञहरू छन्।

भारतमा सात चरणमा आम निर्वाचन भैरहेको छ र मे २३ तारिखका दिन मतगणना हुनेछ। यो निर्वाचनमा मतदानका लागि योग्य मतदाताको संख्या ९० करोड छ र यही कारणले पनि यो निर्वाचन संसारको सबैभन्दा ठूलो निर्वाचन हो। बिबिसिबाट

बैशाख ९ गते, २०७६ - १९:१२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाका जनवर्गीय संगठनका इन्चार्ज र सहइन्चार्जकाे टुंगो लाग्याे (सूचीसहित)

नेकपाका जनवर्गीय संगठनका इन्चार्ज र सहइन्चार्जकाे टुंगो लाग्याे (सूचीसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जनवर्गीय संगठनको इन्चार्ज र सहइन्चार्ज टुंगो लगाएको...   
रवीकाे समर्थनमा अराजक गतिविधि बढे पछि चितवनमा सर्वदलिय बैठक, (निर्णय सहित)

रवीकाे समर्थनमा अराजक गतिविधि बढे पछि चितवनमा सर्वदलिय बैठक, (निर्णय सहित)

चितवन । चितवनमा आज जिल्लाको सर्वदलीय एवं सर्वपक्षीय बैठक बसेको छ। पत्रकार शालिकराम पुडासैनी आत्महत्या...   

रवि लामिछाने तत्कालै छुट्ने सम्भावना कम

चितवन । अधिवक्ता गोपिलाल देवकोटाले न्यायीक हिरासतमा रहेका सञ्चारकर्मि रवि लामिछाने तत्कालै छुट्ने...   
‘रवी समर्थककाे प्रदर्शन अराजक र हुलहुज्जत’

‘रवी समर्थककाे प्रदर्शन अराजक र हुलहुज्जत’

काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणको विषय संघीय संसदमा समेत उठेको छ । संसदको...   

खुर्पा प्रहार गरी श्रीमतीको हत्या

गोरखा । गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा गए राति श्रीमानले श्रीमतीको हत्या गरेका छन् । स्थानीय २०...   
सांसद यादवले फिर्ता लिए राजीनामा

सांसद यादवले फिर्ता लिए राजीनामा

काठमाडौं । सप्तरी क्षेत्र नम्बर १ का सांसद डा. सूर्यनारायण यादवले राजीनामा फिर्ता लिएका छन् । समाजवादी...   

सत्तामा पुगेपछि मात लागेर आफ्नो आधार बिर्संदा समस्या आउँछः नेता नेपाल

पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं विदेश विभाग प्रमुख माधव कुमार नेपालले देशमा...   
इरानी ट्याङ्कर जफत गर्न अमेरिकाको पक्राउ पुर्जी

इरानी ट्याङ्कर जफत गर्न अमेरिकाको पक्राउ पुर्जी

जिब्राल्टरमा गत महिना नियन्त्रणमा लिइएको एउटा इरानी तेल ट्याङ्करलाई त्यहाँका एकजना न्यायाधीशले...   
पुतलीसडकमा प्रहरी र प्रदर्शनकारीबीच झडप, अश्रुग्याँस प्रहार

पुतलीसडकमा प्रहरी र प्रदर्शनकारीबीच झडप, अश्रुग्याँस प्रहार

काठमाडौं । काठमाडौंको पुतलीसडकमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएपछि स्थिति नियन्त्रण लिनका लागि...   

नागढुङ्गाबाट पेस्तोल र गोलीसहित युवक पक्राउ

काठमाडौं । चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गास्थित सुरक्षा जाँच चौकीबाट हतियार र गोलीसहित एक जना...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top