Khabar Dabali Logo
  August 18, Sun

कृषि मन्त्रालयले अन्तराष्ट्रिय प्राङ्गारिक बिज्ञ सम्मेलन गर्दै, प्रधानमन्त्रीले उद्घाटन र अध्यक्ष प्रचण्डले समापन गर्ने

काठमाडाैं । कृषि तथा पशुपन्छी बिकास मन्त्रालयले अन्तराष्ट्रिय प्राङ्गारिक बिज्ञ सम्मेलन आयोजना गर्ने भएको छ । रासायनिक मल र बिसादी निरुत्साहित गरि प्राङ्गारिक खेतीलाइ प्रोत्साहन गर्न सम्मेलन आयोजना गर्न लागिएको हो ।

प्राङ्गारिक कृषि प्रवर्द्धन उच्चस्तरीय कार्यदलको सोमबार मन्त्रालयमा बसेको तेस्रो पूर्ण बैठकले यस्तो निर्णय गरेको हो । सम्मेलन आगामी बैशाख ३१ र जेष्ठ १ गते काठमाडौमा हुन लागेको कार्यदलका सदस्य सचीव डा। गंगा आचार्यले जानकारी दिए । आचार्यका अनुसार भारत, भूटान, क्युवा, र स्पेनका प्राङगारिक विज्ञ आउने निधो भैसकेको छ ।

सम्मेलनमा स्वदेशी र बिदेशी गरि करिब १५० जना बिज्ञको सहाभागिता रहने कार्यदलले जनाएको छ । सम्मेलन व्यवस्थापनका लागि कृषि तथा पशुपन्छी बिकास रज्यमन्त्री रामकुमारी चौधरीको संयोजकत्वमा ७ सदस्यीय समिती गठन गरिएको छ ।

कार्यक्रम प्रधानमन्त्री के पी शर्मा ओलीले उद्घाटन र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समापन गर्ने आचार्यले बताए । सम्मेलनबाट आएका सुझावलाई समेटेर कार्यदलले प्रतिबेदन तयार गरि जेठको पहिलो हप्तासम्म प्रधानमन्त्रीलाई बुझाउने तयारी गरेको छ ।

प्राङ्गारिक खेतिलाइ प्रवर्द्धन गर्न भन्दै गत पुस २९ गते कृषि तथा पशुपन्छी बिकास मन्त्री चक्रपाणी खनालको सम्योजकत्वमा १५ सदस्यीय कार्यदल गठन भएको थियो । कार्यदलले अहिलेसम्म सातै प्रदेस र उपत्यकामा गरि १० वटा अन्तर्कृया गरेर सुझाव संकलन गरेको कार्यदलका सदस्य कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैशाख ९ गते, २०७६ - १६:४७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बोक्सीको आरोप लगाउँदै महिलालाई मलमूत्र खुवाइयो

महोत्तरी । महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका– ४ मा बोक्सीको आरोप लगाउँदै एक महिलालाई अन्य पाँच÷छ...   

रवि लामिछानेविरुद्ध पुडासैनी पत्‍नीको किटानी जाहेरी

काठमाडौं । टेलिभिजन कार्यक्रमका प्रस्तोता रवि लामिछानेविरुद्ध पत्रकार सालिकराम पुडासैनीकी पत्नीले...   
भक्तपुरको अवैध घर टहरा भत्काइयो

भक्तपुरको अवैध घर टहरा भत्काइयो

भक्तपुर । चाँगुनारायण नगरपालिकाले नगरकोट सडकको दायाँबायाँ सामुदायिक वन क्षेत्र अतिक्रमण गरी बनाएको...   

कतै दोब्बर, कतै आधा पनि उठेन राजश्व

रसुवा । जिल्लास्थित स्थानीय तहले कतै लक्ष्यभन्दा दोब्बर राजश्व सङ्कलन गरेका छन् भने कतै लक्ष्यको...   
सुकुम्बासी बस्तीमा भिषण आगलागी, १० हजार घरबारविहीन

सुकुम्बासी बस्तीमा भिषण आगलागी, १० हजार घरबारविहीन

ढाका । बंगलादेशको राजधानी ढाकास्थित सुकुम्बासी बस्तीमा शुक्रबार रातिको भिषण आगलागीबाट १० हजारभन्दा...   

प्रतिनिधिसभाको आजको बैठकमा यी तीन प्रतिवेदन पेश

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा तीन वटा प्रतिवेदन पेश भएको छ । बैठकमा कृषि, सहकारी तथा प्राकृतिक...   

सडक छेउमा राखिएको बम बिस्फोट, नौ जनाको मृत्यु

मजार ए सरिफ । अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तमा सडक छेउमा राखिएको विद्युती धराप बिस्फोट हुँदा...   

यी स्थानहरुमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौं । आज देशभर आंसिक तथा सामान्य बदली रही देशको अधिकांस भागमा हल्का र मध्यम वर्षाको सम्भावना रहेको...   

मजदूर बोकेको भ्यान दुर्घटना, ११ जनाको मृत्यु

बैंकक । थाइल्यान्डमा एउटा मजदूर बोकेको भ्यान अर्को ट्रकसँग जुधेर भएको दुर्घटनामा ११ जना मजदूरको मृत्यु...   

गीत सङ्गीतले बागलुङलाई विश्वमै चिनाएको छ – मन्त्री बाँस्कोटा

गलकोट । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालको पहिचानका रुपमा रहेको ढोरपाटन...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top