Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

विद्यार्थीको चाप बढेपछि भर्ना रोकियो

मुग्लिन। \'विद्यार्थीको सङ्ख्या बढाउँछौँ अङ्ग्रेजी माध्यममा पढाइ शुरु गर्दैछौँ भन्दा कहाँबाट विद्यार्थी ल्याउँछौ भनेर आशङ्का व्यक्त गरियो । अहिले भर्ना नै रोक्नुपरेको छ ।\' यो भनाइ हो चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित राष्ट्रिय आधारभूत विद्यालय फिस्लिङका शिक्षक भविश्वर गुरुङको ।

यस शैक्षिक सत्र २०७६ बाट नर्सरी केजी र कक्षा १ मा विद्यालयले अङ्ग्रेजी माध्यमबाट पठनपाठन शुरु गरेको छ । नर्सरी केजी र कक्षा १ मा पहिलो वर्ष २०÷२० जनाको भर्ना लिने उद्देश्य लिएकामा समय अगावै कोटा पुगेपछि सूचना जारी गरेरै भर्ना रोकिएको शिक्षक गुरुङले बताए ।

अन्य बालबालिकाहरुलाई त यस विद्यालयमा वञ्चित गरियोनी भन्ने प्रश्नमा उनले भने, “हाम्रो अन्य बालबालिकालाई बञ्चित गर्ने उद्देश्य होइन, पहिलो वर्ष विद्यालयको भौतिक संरचना र जनशक्तिले धान्न सक्ने मात्र भर्ना गरेका हौँ । विद्यार्थीको सङ्ख्या थुर्पानुभन्दा पनि गुणात्मक शिक्षामा ध्यान दिनुपपर्छ ।” विद्यालयको थप भौतिक पूर्वाधार निर्माणपछि आगामी वर्षबाट यस विद्यालयमा अध्ययन गर्न चाहने सबै बालबालिकाको भर्ना लिने उनले बताए ।

उनका अनुसार नर्सरी केजी र कक्षा १ मा सबै बालबालिकालाई भर्ना लिँदा प्रत्येक कक्षामा ३० भन्दा धेरै बालबालिका हुन्छन् । उक्त सङ्ख्या विद्यालयको भौतिक र जनशक्तिले धान्न सक्दैन । कक्षा ८ सम्म पढाइ हुने यस विद्यालयमा अन्य कक्षामा भने भर्ना रोकिएको छैन । गतवर्ष १०३ जना बालबालिका भर्ना भएका थिए ।

यस वर्ष १४० जना पुर्याउने लक्ष्य लिएको छ । निजी विद्यालयले चर्को शुल्क लिएर दिने शिक्षाभन्दा कमी नहुने विद्यालय व्यवस्थापन समिति र शिक्षकले अभिभावकसँग प्रतिबद्धता गरेको छ ।

प्रधानाध्यापक गुरुङका अनुसार निजी विद्यालयमा पठनपाठन हुने पाठ्यपुस्तक नै प्रयोग गरिनेछ भने सवारी भाडा बाहेक विद्यार्थीले अन्य शुल्क तिर्नुपर्ने छैन । विद्यालयले व्यवस्थापन गर्ने सवारी भाडा दर पनि अभिभावकले नै निर्धारण गर्ने गुरुङले जानकारी दिए ।

यसैबीच विसं २०६६ देखि नै अङ्ग्रेजी माध्यममा पठनपाठन भइरहेको वडा नं–५ मा रहेको त्रिवेणी बराह माध्यमिक विद्यालयमा यसवर्ष पनि विद्यार्थीको भर्ना सङ्ख्या बढेको छ । विगतका वर्षमा जस्तै यसवर्ष पनि निजी विद्यालयबाट समेत विद्यार्थी उक्त विद्यालयमा भर्ना हुन आएको प्रधानाध्यापक युवराज लामाले बताए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies