Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

आठौँ राष्ट्रिय खेलकूद- तेक्वान्दो र कराँतेमा विभागीय टोलीको जीत

काठमाडौँ। प्रदेश नंं ५ मा जारी आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत तेक्वान्दो र कराँतेमा विभागीय टोलीले जीत निकालेका छन् । आइतबार साँझसम्म सम्पन्न १२ खेलमध्ये तेक्वान्दो र कराँतेमा विभागीय टोलीकै दबदबा कायम रहेको छ ।

राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत भैरहवामा जारी तेक्वान्दो खेलमा स्पाइरिङ विधामा आठ स्वर्ण पदकको टुङगो लाग्दा सबै आठवटै स्वर्ण पदक विभागीय टोलीले जित्न सफल भएका छन् । नेपाली सेनाले चार, नेपाल पुलिस र एपिएफले दुई÷दुई स्वर्ण पदक जित्न सफल भएका छन् ।

पुरुष ६३ केजीमुनिमा नेपाल पुलिसका वीरबहादर महराले स्वर्ण, नेपाली सेनाका मोहन तामाङले रजत र प्रदेश २ का जेकी यादव र कर्णाली प्रदेशका दिपक शाहीले कास्य जितेका छन् । त्यसैगरी पुरुषकै ७४ केजी तौलमुनि नेपाली सेनाका निशान श्रेष्ठले स्वर्ण, एपिएफका निरज देउजाले रजत र पुलिसका निश्चलमान श्रेष्ठ र प्रदेश १ का नेत्रबहादुर कार्कीले कास्य प्राप्त गरेका छन् ।

पुरुष ८७ केजी तौल नेपाल आर्मीका भुपेन श्रेष्ठले स्वर्ण, नेपाल पुलिसका दिनेश हमालले रजत र सुदूरपश्चिम प्रदेशका ओमजङ्ग सिंह र प्रदेश २ का अमितकुमार सिंहले कास्य पदक जितेका छन् । त्यस्तै पुरुषकै ८० केजी तौल समूह मुनि नेपाली सेनाका सक्षम कार्कीले स्वर्ण, नेपाल पुलिसका किरण सितेकु र प्रदेश ३ का विष्णु तामाङले कास्य पदक प्राप्त गरेका छन् ।

महिलातर्फ ५७ केजी तौल समूहमुनि एपिएफकी गीता विष्टले स्वर्ण, नेपाल पुलिसकी सुष्मा श्रेष्ठले रजत र प्रदेश ३ की सुस्मिता मोक्तान र प्रदेश २ की शुभेक्षा राईले कास्य पदक जितेका छन् । महिलाकै ६२ केजी तौलमुनि एपिएफकी सङ्गीता बस्यालले स्वर्ण, प्रदेश २ की शिवानी श्रेष्ठले रजत र नेपाली सेनाकी मुस्कान कार्की र नेपाल पुलिसकी कञ्चन थापाले कास्य पदक जितेका छन् ।

त्यसैगरी ६७ केजी मुनितर्फ नेपाली सेनाकी नम्रता तुलाधरले स्वर्ण, पुलिसकी सीता तामाङले रजत र प्रदेश ५ की रामरती थारु र गण्डकी प्रदेशकी ममता गर्बुजाले कास्य पदक प्राप्त गरेका छन् । महिलाकै ७३ केजी तौलमुनिमा नेपाल पुलीसकी सुमित्रा केसीले स्वर्ण, एपिएफकी अप्सरा कार्कीले रजत र कर्णाली प्रदेशकी इला केसी एवम् नेपाली सेनाकी प्रतिज्ञा भण्डारीले कास्य पदक जितेकी छन् ।

करातेतर्फ आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत दाङको तुलसीपुरमा जारी कराते प्रतियोगिता महिला ४२ केजी कुमुतेतर्फ एपिएफकी जीया कार्कीले स्वर्ण पदक हात पारेकी छन् । त्यस्तै नेपाली सेनाकी कुसुम खड्काले रजत जित्दा प्रदेश नं २ की मीरा योञ्जन र प्रदेश नं ७ की वर्षा साउदले रजत पदक हात पार्न सफल भएका छन् ।

त्यस्तै ५० केजी महिला कुमुतेतर्फ नेपाली सेनाकी मिस्ली श्रेष्ठले स्वर्ण जितिन् । एपिएफकी अनु अधिकारीले रजत जित्दा प्रदेश नं २ की एलिसा तामाङ र प्रदेश नं ३ की सविना श्रेष्ठले रजत जिते । त्यस्तै ५० केजी पुरुष कुमुतेतर्फ नेपाल प्रहरीका सोनाम लामाले स्वर्ण जिते । त्यस्तै एपिएफका वीरबहादुर तामाङले रजत जित्दा प्रदेश नं ३ का साजन मोक्तान र नेपाली सेनाका विश्व खत्रीले कास्य पदक हात जितेका छन् ।

प्रतियोगिताअन्तर्गत हालसम्म १८ वटा खेलहरु टेबलटेनिस, ट्रायथलन, कुस्ती, फेन्सिङ, साइक्लिङ, स्क्वास, जुडो, कबड्डी, फुल कन्ट्याक्ट कराते, बास्केटबल, गल्फ, बुद्धिचाल, लनटेनिस, हक्की, शारीरिक सुगठन, ब्याडमिन्टन र आर्चरीका खेलहरु सम्पन्न भइसेका छन् । प्रतियोगितामा समावेश गरिएका ३५ मध्ये अब १७ वटा खेलको नजिता आउन बाँकी रहेका छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies