Khabar Dabali Logo
  June 1, Mon

बागलुङमा जलिरह्यो घर, सम्झी रहे दमकल

बागलुङ । शनिबार प्रायः मानिस आराम, घुमफिर र रमाइलोका लागि समय निकाल्छन् । गलकोट नगरपालिका–६ चरौँदीका हेमबहादुर खत्रीलाई भने त्यही शनिबार दुःखद् बन्यो । अपराह्नपख शर्माको वडा नं ३ हटिया बजारस्थित घरमा लागेको आगोले विपद्को रुप लियो । हेर्दाहेर्दै तीनतले घर खरानीमा परिणत भयो ।

खत्रीका छिमेकी र सिङ्गो हटिया बजारवासीमा त्रास छायो । आगो नियन्त्रणमा सुरक्षाकर्मी, स्वयंसेवक र स्थानीयवासी खटिए । बाल्टी, गाग्री, जर्किनलगायत पानी उभाउन मिल्ने भाँडावर्तन बोकेर मानिस आगो निभाउन कस्सिए । आगलागी नियन्त्रणका लागि खानेपानीको पाइपनै काट्नुप¥यो । आगो त निभ्यो, तर घर जोगिएन । छिमेकका घर जोगाउन भने उद्धारकर्ता सफल भए ।

क्षणभरमै आगलागीले लाखौँको क्षति भयो । खत्रीको घरवास गुम्यो । भाडामा व्यापार गरी बस्नेको कमाइ खोसियो । लत्ताकपडा, भाँडाकुँडा, खाद्यान्न सबै नष्ट भए । यदि नजिकमा बारुणयन्त्र (दमकल) भएको भए यस्तो परिस्थिति आउने थिएन । अनायसै घर जलिरहँदा सबैले दमकल सम्झी रहे । आगलागीले क्षति पुर्याएपछि बल्ल दमकलको विषयलाई लिएर विभिन्न कोणबाट टीकाटिप्पणी भइरहेका छन् ।

नगरपालिकाले दमकल किन्नुपर्ने आजाव उठ्न थालेका छन् । आगलागीको घटनाले पाठ सिकाएर गएको गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले बताए । उनका अनुसार समयमै आगो नियन्त्रणमा आएकाले थप क्षति हुन पाएन । बाक्लो बस्ती र पुराना घर भएकाले आगो अन्यत्र फैलिने खतरा थियो । “खानेपानीका पाइप काटेर फोहोरा फालेपछि आगो नियन्त्रणमा आयो”, नगरप्रमुख गेरैले भने ।

तीव्र बजारीकरण भइरहेको गलकोटमा सबैले दमकलको आवश्यकता महसुस गरेका छन् । साँघुरा सडक र अव्यस्थित बजारका कारण ठूलो दमकलको प्रयोग कठिन देखिन्छ ।

लहरै जोडिएका पुराना घरमा आगलागीको घटना हुँदा बढी जोखिम हुन्छ । मध्यपहाडी लोकमार्ग आसपासमा नयाँ बनेका घरमा भने सहजै दमकल पुग्न सक्छ ।

नगरपालिकाले आगलागी भएको घरमा डेरा गरी बस्ने पाँच परिवारलाई रु दश हजारका दरले राहात उपलब्ध गराएको छ । घरधनी खत्रीलाई पनि यथोचित राहत उपलब्ध गराउने नगरपालिकाले जनाएको छ । खत्री घर भाडामा लगाएर अहिले वडा नं ६ स्थित चरौँदीको घरमा बस्दै आएका छन् ।

आगलागीले छिमेकी तुलसी साहनीको घरमा पनि क्षति पुगेको जनाइएको छ । आगलागी विद्युत् ‘सर्ट’ हुँदा भएको हुनसक्ने प्रहरीको अनुमान छ । साँझ ५ बजे लागेको आगो दुई घण्टापछि मात्र नियन्त्रणमा आएको थियो । शनिबार नै निसीखोला गाउँपालिका–२ बायखोलामा भएको आगलागीमा परी तीन वर्षीय बालक विशाल सुनारको निधन भएको थियो ।

बैशाख ९ गते, २०७६ - ११:४८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आत्मबल बढाए निको हुन्छ : कोरोना विजयी गर्भवती

आत्मबल बढाए निको हुन्छ : कोरोना विजयी गर्भवती

चितवन । सङ्क्रमण पुष्टि भएको पाँच दिनमा निको भएर घर फर्कँदै गरेकी हेटौँडा घर भएकी २५ वर्षीया महिलाले...   
कोरोनाबाट विश्वभर १२८ नेपालीको मृत्यु, १६ हजार संक्रमित

कोरोनाबाट विश्वभर १२८ नेपालीको मृत्यु, १६ हजार संक्रमित

काठमाडौ । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म नेपाल बाहिर मृत्यु...   
रुकुम घटना : घाइते युवाले गरे उपचारको माग

रुकुम घटना : घाइते युवाले गरे उपचारको माग

जाजरकोट । यही जेठ १० गते रुकुम(पश्चिम) स्थित चौरजहारी नगरपालिका–८ सोतीमा मल्ल थरकी किशोरीलाई बिहे...   

खर्च गर्ने क्षमतामा विस्तार गर्नुपर्नेमा सांसद पाण्डेकाे जोड

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद सुरेन्द्रप्रसाद पाण्डेले सरकारले आगामी आर्थिक...   

औद्योगिक राष्ट्रहरुको समूह (जी ७) को बैठक स्थगित

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका प्रमुख औद्योगिक राष्ट्रहरुको समूह (जी७) को...   

सर्लाहीको दशगजा क्षेत्र दिनदिनै अतिक्रमणको चपेटामा

सर्लाही । नेपाल–भारतबीचको सीमा छुट्याउने यस जिल्लाको दशगजा क्षेत्र दिनदिनै अतिक्रमणको चपेटामा परेको...   

३५ वर्षीय युवाको कोरोनाले मृत्यु भएपछि चिकित्सक टोली दैलेख हिँड्यो

सुर्खेत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली आज बिहान...   

मौसम : अधिकांश स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना

काठमाडौ । नेपालमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेकाले बदलीसँगै आज वर्षा भइरहेको मौसम पूर्वानुमान...   

कर्णालीमा एक सय १३ जना कोरोना सङ्क्रमित

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) बाट सङ्क्रमित हुने व्यक्तिको सङ्ख्या १२३ पुगेको...   

पेरुमा ६ म्याग्नीच्यूडको भूकम्प

लिमा । पेरुको लाम्पामा आइतबार ६ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top