Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

किन आउन छोड्यो 'हेलो सिएम'मा गुनासो ?

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले गत वर्ष जेठ महिनामा सञ्चालन गरेको ‘हेलो सिएम‘ (हेलो मुख्यमन्त्री) कार्यक्रममा पछिल्लो समय जनगुनासो आउन छाडेको छ। जनगुनासोको सुनुवाइ गर्दै जनतालाई सरकारसँग जोडेर सुशासनको अनुभूति गराउने सोचअनुरुप मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हेलो सिएम कार्यक्रम सञ्चालनको व्यवस्था गरिएको थियो।

पछिल्लो समय गुनासो आउन छाडे पनि यो अवधिमा आएका जम्मा १ सय ६९ वटा गुनासोमध्ये १ सय ५२ गुनासाको फर्छ्यौट गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। सबैभन्दा बढी सडक पूर्वाधार र विद्युत्सम्बन्धी ६७ वटा गुनासो आएका थिए। सुशासन, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, अख्तियार दुरुपयोग, कृषि, खानेपानी, वन पर्यटन, मूल्य वृद्धि नियन्त्रण, आर्थिक कारोबार र ट्राफिक व्यवस्थापनसम्बन्धी गुनासो पनि बढी संख्यामा आएका थिए।

आउने गुनासाको सम्बोधनका लागि सम्बन्धित निकायमा लेखी पठाउने गरेका छौं,\'मन्त्रिपरिषद् कार्यालयका सूचना अधिकारी हरिदत्त भट्टले भने, \'आएका गुनासोको सुनुवाइ कार्यान्वयन गर्ने सम्बन्धित निकायले गम्भीर रुपमा नलिएको कारण हेलो सिएम कक्षमा गुनासो आउन छाडेको हुन सक्छ।\'

आएको गुनासो सम्बोधन गर्ने क्रममा अनुगमनको व्यवस्था हुन नसक्दा यसबाट सम्बन्धित सेवाग्राहीको गुनासो सुनुवाइ भयो वा भएन भन्ने विषयमा भने जानकारी हुन नसकेको बताइएको छ। कार्यक्रम सुरु भएको जेठ महिनामा ८८ र असारमा ३१ वटा गुनासो आएकामा त्यसपछिका महिनामा भने गुनासो आउने क्रम घट्दै गएको थियो।

माघदेखि हालसम्म तीनरचारजनाले मात्र गुनासो गरेको बताइएको छ। \'यो अवधिमा आएका सबै गुनासा सम्बोधन गर्न सकिने अवस्था पनि थिएनन्\', मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता मानसिंह विष्टले भने, \'सम्बोधन गर्न सकिने खालका गुनासाको सम्बोधन गराउन प्रयास गर्ने गरिएको छ।\'

हेलो सिएम कक्ष सञ्चालनसँगै प्रदेशका राजधानी सहर धनगढीको ट्राफिक व्यवस्थापनको समस्यासम्बन्धी पहिलो गुनासो आएको थियो। गुनासो सम्बोधनको प्रयास हेलो सिएम कक्षबाट भएको थियो। तर, ट्राफिक व्यवस्थापनको अवस्थामा अझै सुधार नआएको गुनासो सर्वसाधारणको छ।

\'एक वर्षअघिको ट्राफिक व्यवस्थापन र अहिलेको ट्राफिक व्यवस्थापनमा सुधार भएको देखिँदैनु, स्थानीयवासी लेखराज ओझाले भने, \'बजारमा यातायातका साधन र मानिसको आवागमन बाक्लो हुँदै जाँदा दुर्घटनाको जोखिम पनि बढेको छ।\'

हेलो सिएम कार्यक्रम कायान्वयनका लागि स्थापना गरिएको कक्षमा जनगुनासो तथा सुझाव दिनका लागि पैसा नलाग्ने (टोल फ्री) टेलिफोन नं १६६०—९१५२७२३ को व्यवस्था गरिएको छ।

हेलो सिएम कक्षमा दुर्घटना, विपद्सम्बन्धी घटना र उद्धारबारे, सार्वजनिक निकायबाट हुने सेवासुविधामा भेदभाव गरिएको वा वञ्चित गरिएको, सेवासुविधा पाउनमा बाधा अवरोध पुर्याइएको, सार्वजनिक निकायको गैरकानूनी कार्य वा त्यस्तो कार्यावाट कसैलाई हानि–नोक्सानी पुगेको लगायतका गुनासाका साथै सुझावसमेत राख्न सकिने व्यवस्था गरिएको छ। रासस

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies