Khabar Dabali Logo
  July 18, Thu

प्रधानन्यायाधीशलाई यौन दुराचारको आरोप, को हुन् ती महिला ?

भारत । भारतका प्रधानन्यायाधीश रञ्जन गोगोईलाई त्यहाँको सर्वोच्च अदालतकी एक पूर्वकर्मचारीले यौन उत्पीडनको आरोप लगाएकी छन्।

पैँतीस वर्षीया ती महिलाको उजुरीमा गोगोईले प्रधानन्यायाधीश नियुक्त हुनेबित्तिकै गत अक्टोबरमा उनलाई दुई पटक यौन दुराचार गरेको आरोप लगाइएको छ।

उनले यौन उत्पीडन गरेको र त्यस्तो गर्न नमान्दा परिवारलाई विभिन्न किसिमले सताइएको दाबी गरेकी छन्।

एउटा वक्तव्यमा ६४ वर्षीय गोगोईले उनीमाथि लागेको आरोपलाई पूर्ण रूपमा अस्वीकार गर्दै त्यसलाई ूगलत र अपमानजनकू बताएका छन्।

उक्त आरोपलाई उनले ‘न्यायपालिकाको स्वतन्त्रतामाथिको गम्भीर खतराूको रूपमा अर्थ्याउँदै ‘न्यायपालिकालाई अस्थिर गर्ने ठूलो षड्यन्त्र’ भनेका छन्।

आरोप लगाउने महिला को हुन् ?
आरोप लगाउने महिलाले एउटा उजुरीपत्र सर्वोच्च अदालतका सबै २२ जना न्यायाधीशहरूलाई पठाएकी छन्।

ती महिला विवाहित हुन्। भारतीय कानुनअनुसार उनको नाम सार्वजनिक गर्न मिल्दैन।

उनले आरोपपत्रमा गत अक्टोबर १० र ११ तारिखमा गोगोईको निवासमा यौन दुराचार भएको उल्लेख गरेकी छन्।

ती महिलाले आरोप लगाएकी छन्, ‘उनले मेरो कम्मर समाते र हातले मेरो शरीरभरि सुम्सुम्याए।’ गोगोईले नछाडेपछि आफूले उनलाई धेकेलेर उनको कब्जाबाट छुटेको ती महिलाको आरोप छ।

उनका अनुसार गोगोईले उक्त घटनाबारे नबताउनु र बताए परिवारलाई धेरै दुस्ख दिने धम्की समेत दिएका थिए। ती महिलाले आफूलाई तीन ठाँउमा सरुवा गरिएको र गत डिसेम्बरमा जागिरबाट हटाइएको आरोप लगाएकी छन्।

उनले आफ्ना पति र भाइलाई पनि निलम्बन गरिएको बताएकी छन्।

गत मार्चमा हरियाणाको झज्जर सहरवासी एक जनाले ती महिलाले अदालतमा जागिर लगाइदिने आश्वासन दिएर घुसका रूपमा पैसा लिएको आरोप लगाएर उजुरी गरेका थिए।

उनले उक्त आरोपलाई अस्वीकार गर्दै र गत मार्चमा परिवारका सदस्यसहित प्रहरी चौकीमा उपस्थित हुँदा उनीहरूमाथि दुर्व्यवहार गरिएको बताएकी छन्।

उनले दिएको उजुरीमा भनिएको छ, ‘दुर्व्यवहारको उद्गम र उद्देश्यबारे नबोलुन्जेल दुर्व्यवहार, उत्पीडन र यातना रोकिने छनक देखिएन।’

गोगोई के भन्छन् ?
उक्त प्रकरणमा पहिलो प्रतिक्रिया प्रधानन्यायाधीशका तर्फबाट सर्वोच्च अदालतका महासचिवद्वारा जारी वक्तव्यमार्फत् बाहिर आएको छ।

उक्त वक्तव्यमा भनिएको छ, ‘यो पूर्णतस् गलत हो र अपमानजनक छ। यसलाई पूर्णरूपमा अस्वीकार गरिन्छ।’

उक्त वक्तव्यका अनुसार ‘कुनै पनि बेला ती महिलाको प्रधानन्यायाधीशसँग प्रत्यक्ष रूपमा कुराकानी समेत भएको थिएन।’

उक्त वक्तव्यमा ती महिलाविरुद्ध भ्रष्टाचारको आरोपमा लगाइएको मुद्दाको उल्लेख गर्दै ‘कानुनी कारबाहीबाट बच्न गरिएको एउटा दबावमूलक रणनीति’का रूपमा त्यसलाई अर्थ्याइएको छ।

त्यसमा ती कर्मचारीलाई ूप्रक्रियानुसारू नै उनको ‘गलत आचरणूका लागि बर्खास्त गरिएको उल्लेख छ।

शनिवार सर्वोच्च अदालनको विशेष इजलाससमक्ष गोगोईले आफैँले पनि उक्त प्रकरणलाई सम्बोधन गरेका थिए।

उनले भने, ‘म यी आरोपहरूको जबाफ दिनका लागि एकदमै अपमानित हुन चाहन्नँ। मैले सर्वोच्च अदालतका सबै कर्मचारीहरूलाई आदरपूर्वक व्यवहार गरेको छु।’

उनले उक्त प्रकरणको पछाडि ‘न्यायालयलाई अस्थिर बनाउने ठूला शक्तिहरू रहेको बताए ।बीबीसी

बैशाख ९ गते, २०७६ - ११:३२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खानेपानी मन्त्रालयको प्रगति विवरणः ५ सय ४५ वटा आयोजना सम्पन्न

काठमाडौं। खानेपानी मन्त्रालय मातहत रहेका विभिन्न निकायहरुले असार मसान्तसम्म देशैभरि साना ठूला गरी...   

अपडेटः बाढीपहिरोमा परि मृत्यु हुनेको संख्या ९० पुग्यो, २९ अझै बेपत्ता

काठमाडौं । असार अन्तिम साता वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परेर अहिलेसम्म ९० जनाको मृत्यु भएको...   

रक्षा मन्त्रालयद्वारा सीमामा थप २१ सय सैनिक परिचालन

वासिङ्टन । अमेरिकी रक्षा मन्त्रालयले मेक्सिकोसँगको सीमामा थप करिब दुई हजार १०० सेना परिचालन गर्न...   
भाइको दबाबमा आमाले पठाएको त्यो फोटो फेरिदिएकाे प्रियंका चोपडाको जीवन

भाइको दबाबमा आमाले पठाएको त्यो फोटो फेरिदिएकाे प्रियंका चोपडाको जीवन

एजेन्सी । बलिउडका साथै हलिउडकि चर्चित नायिक प्रियंका चोपडाको आज (१८ जुलाई) मा जन्मदिन हो । उनको जन्मदिनको...   

राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काठमाडौं । प्रतिपक्षी दलका सांसदहरुले बाढी, पहिरो र डुबानबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहतको...   

सुन र चाँदीको मुल्य फेरि ह्वात्तै बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । बिहिबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । सुन आज तोलामा रु ५०० रुपैंयाँले बढेको हो...   

एन आई सी एशिया बैंक र मेघा हस्पिटलबीच सम्झौता

ललितपुर । एन आई सी एशिया बैंक लिमिटेड र मेघा हस्पिटल प्रा.लि. धोबिघाट, ललितपुरबीच बैंकका कर्मचारी, बैंकका...   
५ वटा बुद्धमुर्ति तोडफोड

५ वटा बुद्धमुर्ति तोडफोड

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको ६ लेन सडकको मध्य भागमा राखिएका बुद्धका मुर्ति तोडफोड भएको...   
बाढीपीडित पशुपक्षीको उद्धार

बाढीपीडित पशुपक्षीको उद्धार

काठमाडौं । बाढीबाट प्रभावित तराईका रौतहट, बारा तथा सप्तरीका ५०० भन्दा बढी जनावरलाई उपचार गरिएको छ ।...   
गृहमन्त्रीद्वारा १५६ हजयात्रीलाई बिदाइ

गृहमन्त्रीद्वारा १५६ हजयात्रीलाई बिदाइ

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले साउदी अरबको मक्कामदिनामा हजयात्रा गर्न जाने हजयात्रीलाई...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top