Khabar Dabali Logo
  May 22, Wed

श्रीलङ्का आक्रमणः मृतकको सङ्ख्या २९० पुग्यो, प्रधानमन्त्रीद्वारा सुरक्षा निकाय माथि छानबिनको माग

श्रीलङ्का । आइतवार श्रीलङ्कामा भएको शृङ्खलाबद्ध विस्फोटनमा मारिनेहरूको सङ्ख्या २९० पुगेको छ। प्रहरीले २४ जनालाई गिरफ्तार गरे पनि सरकारले आक्रमणकारीको पहिचान गरेको छैन । आक्रमणमा ५०० जना घाइते भएको र दर्जनौं विदेशीहरू मारिएको बताइएको छ।

श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले आइतवारको आक्रमणका बारेमा प्राप्त पूर्व सूचनाका आधारमा सुरक्षा निकायले कारबाही अगाडि नबढाएको विषयमा छानबिन हुनुपर्ने बताएका छन्।

टेलिभिजन सम्बोधनमा उनले उक्त आक्रमणका बारेमा प्राप्त सूचनाबारे आफूलगायत अन्य मन्त्रीहरूलाई समेत जानकारी नदिइएको बताएका थिए।

तर उनले अबको प्राथमिकता दोषीलाई कारबाही गर्ने रहेको उल्लेख गरेका छन्।

उक्त आक्रमणमा ३५ जना विदेशीको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

घटना पछि श्रीलङ्कामा मिथ्या सूचनाहरू फैलिएको भन्दै सामाजिक सञ्जालको प्रयोगमा समेत रोक लगाइएको छ।

श्रीलङ्कामा सरकारले लगाएको कर्फ्यु सोमबार बिहान ६ बजेबाट हटाइएको छ।

यस अधि श्रीलङ्काका एक जना मन्त्री हरिन फर्नानडोले नाम नखुलाइकन एउटा समूहले १० दिन अगाडि आक्रमण गर्न सक्ने सूचना दिएपनि सम्भावित घटना बारे राष्ट्रपति मैत्रीपाला सिरिसेनाले सरकारलाई जानकारी दिन नसकेको बताएका थिए। बीबीसी

बैशाख ९ गते, २०७६ - १०:५५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तपाईंले बिक्री गरेको सवारी साधनको नामसारी गर्नु भयो ? नत्र यो लफडामा फस्नुहोला !

धादिङ । गीतानगरका उपेन्द्र पण्डितको मोबाइलमा धादिङका प्रहरी हबल्दारले टेलिफोन गरेर उहाँको नामको...   

नाबालिकालाई जबर्जस्ती यौन व्यवसायमा लगाउने होटेल सञ्चालक पक्राउ

कपिलबस्तु । झाडुपोछाको काम गर्न होटेलमा राखेकी कपिलवस्तुकी १५ वर्षीया नाबालिकालाई जबर्जस्ती यौन...   

हत्याको आरोपमा चार युवा पक्राउ

रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिका–१० स्थित शीतलापुर जङ्गलमा एक युवकको हत्या गरेको आरोपमा...   

अब औषधिजन्य सामग्रीको विज्ञापन गर्न नपाइने

काठमाडौं । प्रतिनिधिसभाको बैठकले ‘विज्ञापन (नियमन गर्ने) विधेयक २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई...   

कार्यकक्षमै सहकर्मीमाथि कुटपिट भएपछि नगरपालिको काम ठप्प

सिराहा । सहकर्मीमाथि हातपात भएको विरोधमा सिरहाको कल्याणपुर नगरपालिकाका कर्मचारीले आज बिहानदेखि...   

पाँचथर हत्याकाण्डबारे के भन्छन् गृहमन्त्री थापा ?

काठमाडौँ। गृहमन्त्री रामबहादुर थापाले पाँचथरमा भएको सामूहिक हत्याकाण्डको सूक्ष्म रुपमा छानबिन...   

विदेशमा मृत्यु भएका ६२५ कामदारको परिवारलाई आर्थिक सहायता

काठमाडौं । सरकारले चालू आर्थिक वर्षको पहिलो १० महीनामा वैदेशिक रोजारीका क्रममा मृत्यु भएका ६२५ कामदारको...   

विकास र समृद्धिको मार्गप्रशस्त गर्ने कानून आवश्यक छ – गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले विकास र समृद्धिको मार्गप्रशस्त गर्नका लागि उपयुक्त कानूनको...   

विद्युत् प्राधिकरणलाई निःशुल्क जग्गा

बाग्लुङ । नेपाल विद्युत् प्राधिकरणको जिल्लास्थित वितरण केन्द्रको शाखा कार्यालय भवन निर्माणका लागि...   
निर्वाचन परिणाम बाहिएलगत्तै झडप, छ जनाको मृत्यु

निर्वाचन परिणाम बाहिएलगत्तै झडप, छ जनाको मृत्यु

इन्डोनेसिया । इन्डोनेसियाका राजधानी जाकार्तामा राष्ट्रपतिको निर्वाचनको परिणाम बाहिएलगत्तै शुरु...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top