Khabar Dabali Logo
  August 18, Sun

यूक्रेनमा हास्य कलाकार जेलेन्स्की भारी मतका साथ राष्ट्रपति हुँदै

यूक्रेनमा राष्ट्रपति चुनाव लगत्तै गरिएको मत सर्वेक्षणका अनुसार हास्यकलाकार (कमेडियन)वोलोदीमीर जेलेन्स्की भारी मतका साथ राष्ट्रपति पदमा निर्वाचित हुँदै छन्।

चुनाव लगत्तै गरिएको मत सर्वेक्षण अनुसार उनले ७० प्रतिशत भन्दा बढी मत प्राप्त गरेका छन्। तीन हप्ता पहिले भएको पहिलो चरणको मतदानमा उनी सबैभन्दा अग्रस्थानमा थिए।

जेलेन्स्कीले यूक्रेनका राष्ट्रपति पेट्रो पोरोशेन्कोलाई चुनौती दिएका थिए।आफ्नो हार स्वीकार गरिसकेका पोरोशेन्कोले राजधानी कियभमा समर्थकहरूलाई सम्बोधन गर्दै राजनीति भने नछोड्ने बताएका छन्।

‘म तपाइँहरूलाई कहिल्यै निराश बनाउने छैन,’ जेलेन्स्कीले समर्थकहरूलाई भने। ‘म आधिकारिक रूपमा राष्ट्रपति भइसकेको छैन। तर यूक्रेनको नागरिकको हैसियतले म सोभियत संघ पछि स्थापना भएका सबै राष्ट्रलाई भन्न सक्छु – हामीलाई हेर। सबै कुरा सम्भव छ।’

पाँच वर्ष पदमा रहने

मत सर्वेक्षणले गरेको सङ्केत सही रहेमा उनी पाँच वर्षका लागी राष्ट्रपति निर्वाचित हुने छन्।यूक्रेनका राष्ट्रपतिको सुरक्षा, रक्षा र वैदेशिक मामिला जस्ता विषयमा निकै ठूलो प्रभाव रहन्छ।

सन् २०१४ देखि राष्ट्रपति रहेका पोरोशेन्कोले करिब २५ प्रतिशत मत प्राप्त गर्ने सम्भावना देखिन्छ।

यूक्रेनमा भएको प्रदर्शन पछि रुसलाई समर्थन गर्ने राष्ट्रपतिले पद छोड्नु परेको थियो। अर्बपति पोरोशेन्को त्यसपछि राष्ट्रपति चुनियका थिए।

चुनावको नतिजाले हामीलाई अनिश्चितता र अप्रत्याशित घटना तर्फ लानेछ,’चुनावपछि उनले भने।”मैले राष्ट्रपति पद त्याग गरे पनि म द्दढताका साथ भन्न चाहन्छु कि – मैले राजनीति छोड्ने छैन,’ उनले भने।

४१ वर्षीय जेलेन्स्की हास्य नाटक ‘सर्वेन्ट अफ द पीपल’ का कारण चर्चित छन्। उक्त नाटकमा उनले भूमिका निभाएको पात्र झुक्किएर यूक्रेनका राष्ट्रपति बन्न पुग्छन्। उक्त नाटककै नाममा रहेको राजनीतिक दलबाट उनी चुनाव लडेका थिए।

राजनीतिमा कुनै किसिमको अनुभव नरहेको जेलेन्सकीको चुनावी अभियान ठोस राजनीतिक मुद्दा भन्दा पनि विपक्षी दलका उम्मेदवार माथि उनको मतभेदमा केन्द्रित थियो।

३० प्रतिशत भन्दा बढी मत प्राप्त गर्दै उनले प्रथम चरणको चुनाव जितेका थिए। दोस्रो स्थानमा रहेका पोरोशेन्कोले १५.९५ मत प्राप्त गरेका थिए।

बैशाख ९ गते, २०७६ - १०:३७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बोक्सीको आरोप लगाउँदै महिलालाई मलमूत्र खुवाइयो

महोत्तरी । महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका– ४ मा बोक्सीको आरोप लगाउँदै एक महिलालाई अन्य पाँच÷छ...   

रवि लामिछानेविरुद्ध पुडासैनी पत्‍नीको किटानी जाहेरी

काठमाडौं । टेलिभिजन कार्यक्रमका प्रस्तोता रवि लामिछानेविरुद्ध पत्रकार सालिकराम पुडासैनीकी पत्नीले...   
भक्तपुरको अवैध घर टहरा भत्काइयो

भक्तपुरको अवैध घर टहरा भत्काइयो

भक्तपुर । चाँगुनारायण नगरपालिकाले नगरकोट सडकको दायाँबायाँ सामुदायिक वन क्षेत्र अतिक्रमण गरी बनाएको...   

कतै दोब्बर, कतै आधा पनि उठेन राजश्व

रसुवा । जिल्लास्थित स्थानीय तहले कतै लक्ष्यभन्दा दोब्बर राजश्व सङ्कलन गरेका छन् भने कतै लक्ष्यको...   
सुकुम्बासी बस्तीमा भिषण आगलागी, १० हजार घरबारविहीन

सुकुम्बासी बस्तीमा भिषण आगलागी, १० हजार घरबारविहीन

ढाका । बंगलादेशको राजधानी ढाकास्थित सुकुम्बासी बस्तीमा शुक्रबार रातिको भिषण आगलागीबाट १० हजारभन्दा...   

प्रतिनिधिसभाको आजको बैठकमा यी तीन प्रतिवेदन पेश

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा तीन वटा प्रतिवेदन पेश भएको छ । बैठकमा कृषि, सहकारी तथा प्राकृतिक...   

सडक छेउमा राखिएको बम बिस्फोट, नौ जनाको मृत्यु

मजार ए सरिफ । अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तमा सडक छेउमा राखिएको विद्युती धराप बिस्फोट हुँदा...   

यी स्थानहरुमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौं । आज देशभर आंसिक तथा सामान्य बदली रही देशको अधिकांस भागमा हल्का र मध्यम वर्षाको सम्भावना रहेको...   

मजदूर बोकेको भ्यान दुर्घटना, ११ जनाको मृत्यु

बैंकक । थाइल्यान्डमा एउटा मजदूर बोकेको भ्यान अर्को ट्रकसँग जुधेर भएको दुर्घटनामा ११ जना मजदूरको मृत्यु...   

गीत सङ्गीतले बागलुङलाई विश्वमै चिनाएको छ – मन्त्री बाँस्कोटा

गलकोट । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालको पहिचानका रुपमा रहेको ढोरपाटन...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top