Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

श्रीलङ्कामा विस्फोटन हुनुभन्दा केही बेरअघि होटलबाट निस्किएका थिए यी भाग्यमानी नेपाली

श्रीलङ्काको राजधानी कोलम्बो र अन्य स्थानमा भएका शृङ्खलाबद्ध विस्फोटनमा विदेशी नागरिकहरू पनि परेको विवरण सार्वजनिक भएको छ।

कोलम्बो अस्पतालले नौ विदेशीको मृत्यु भएको पुष्टि गरेको छ। विभिन्न गिर्जाघर र होटलमा भएका विस्फोटनमा कम्तीमा १३७ जनाको मृत्यु भएको प्रहरी र अस्पतालस्रोतले जनाएका छन्।

तर श्रीलङ्कामा बसोबास गर्ने नेपाली समुदायका सदस्यबारे अहिलेसम्म कुनै अप्रिय जानकारी नआएको र सबै सुरक्षित भएको हुन सक्ने श्रीलङ्काका लागि नेपाली राजदूत विश्वम्भर प्याकुर्‍यालले बीबीसी नेपाली सेवालाई बताए।

दूतावासकी प्रथम सचिव धनकुमारी जोशीका अनुसार त्यहाँ बस्ने नेपालीहरूले सामाजिक सञ्जाल फेसबुकको एउटा समूहमा आफूहरू सुरक्षित भएको जानकारी दिएका छन्।

हताहत भएका विदेशी नागरिकहरूको राष्ट्रियता भने अझै स्पष्ट भइसकेको छैन।

श्रीलङ्का सरकारले विदेशी कूटनीतिज्ञहरूसँग भेटघाट गरेर औपचारिक जानकारी दिएपछि मात्र त्यो स्पष्ट हुन सक्ने राजदूत प्याकुर्‍यालको भनाइ छ।

कति नेपाली छन् ?
कोलम्बोमा बौद्ध भिक्षु, विद्यार्थी, व्यापारी र विभिन्न सेवाक्षेत्रमा काम गर्ने व्यक्तिहरू एवम् तिनका परिवारका सदस्यसमेत झन्डै चार सय नेपालीहरू भएको अनुमान नेपाली दूतावासको छ। श्रीलङ्काभरि भने झन्डै एक हजार नेपालीहरू भएको बताइन्छ।

यसैबीच नेपाल सरकारले श्रीलङ्कामा भएका विस्फोटनहरूको निन्दा गर्दै श्रीलङ्का सरकार र जनताप्रति सहानुभूति प्रकट गरेको छ।

श्रीलङ्कामा आइतवार साँझ छ बजेदेखि सोमवार बिहान छ बजेसम्म लागु हुनेगरी कर्फ्यू लगाइएको छ।

ब्रेकफास्ट खाएर निस्किएका थिए उनी...

गिर्जाघर र होटलहरूमा विस्फोटन भएको र धेरै मानिस हताहत भएको समाचारले श्रीलङ्कामा बस्ने नेपाली समुदाय पनि स्तब्ध भएको छ।त्यसमध्ये परशु गौतम चाहिँ झन् बढी छक्क परेका छन्।

किनभने आइतवार बिहानको खाना खाएर निस्किएको ठाउँमा आधा घण्टापछि विस्फोटन भएको खबर उनले पाए।

उनी डेढ महिना समयदेखि कोलम्बोस्थित साङ्ग्रिला होटलको अपार्टमन्टमा बस्दै आएका छन्।

बीबीसी नेपाली सेवासँग टेलिफोनमा कुरा गर्दै उनले भने, \'टीभीहरूले मैले ब्रेकफास्ट खाएको टेबल देखाइराखेका छन्।\' गौतम विगत १४ वर्षदेखि श्रीलङ्कामा व्यापार गर्दै आएका छन्।

घटनाबारे थाहा पाएपछि उनले नेपाली दूतावासलाई आफू सुरक्षित भएको जानकारी दिए।

भन्छन्, \'त्यहाँ स्थिति तनावपूर्ण रहेको र सुरक्षित पनि नलागेकोले म फर्केर होटल गएको छैन।\'

उनी अहिले पेलियागोडास्थित कार्यालयमा छन्।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies