Khabar Dabali Logo
  July 18, Thu

चिन्नुभाे ? फोनमा ‘माफ गर्नुहोला’ भन्ने यिनै हुन्

काठमाडौं । फोन व्यस्त हुँदा, अरू कुनै कारणले सम्पर्क हुन नसक्दा वा अन्य जानकारी अथवा सेवा लिन खोज्दा फोनमा महिलाको स्वर बजेको त तपाईँ हामीले सुनेकै छौँ। उनीहरूले दिने रेकर्ड गरिएका सन्देश सुनेर केही प्रयोगकर्ताहरू झर्को पनि मान्छन्। तर केहीलाई भने ती महिला को हुन् भनेर जिज्ञासा पनि उत्पन्न हुन्छ।

‘तपाईँले डायल गर्नुभएको नम्बर अहिले व्यस्त छ। केही समयपछि पुनः डायल गर्नुहोला।’ नेपाल टेलिकममा सुनिने यो स्वर अनुपमा कर्माचार्यको हो। नेपाल टेलिकमले मोबाइल सेवाका लागि सन्देश रेकर्ड गराउन कलाकारको खोजी गरेको थाहा पाएपछि उनले आफ्नो स्वर रेकर्ड गरेर पठाइन्। अरू केही कलाकारसँगै उनको स्वर पनि छानियो।

उनै कर्माचार्यको स्वर अहिलेसम्म पनि बजिराखेको छ। त्यस्तै टेलिकममा बज्ने स्वरमध्ये भूमिका थापाको स्वर पनि हो। उनले रेकर्ड गराएको सन्देश अङ्ग्रेजी भाषामा बज्छ। पछि सुरु भएको अर्को निजी दूरसञ्चार कम्पनी एनसेलका लागि सुबानी मोक्तानले पनि आफ्नो स्वर दिएकी छन्।
अनुपमा कर्माचार्यले केही अन्य विज्ञापनमा पनि स्वर दिएकी छन्। हाल उनी नेपाल विद्युत् प्राधिकरणसँग आबद्ध छिन्। भूमिका थापा पहिला रेडियो तथा टेलिभिजनमा कार्यक्रम प्रस्तुत गर्थिन् भने सुबानी मोक्तान गायिका हुन्। बिबिसीबाट

बैशाख ७ गते, २०७६ - १७:४२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाढीले बिहार र आसाममा मात्रै ९४ को मृत्यु, एक करोडभन्दा बढि प्रभावित

बाढीले बिहार र आसाममा मात्रै ९४ को मृत्यु, एक करोडभन्दा बढि प्रभावित

काठमाडौं । आसाम र बिहार राज्यमा भारी वर्षाको कारण आएको बाढीले ठूलो जनधनको क्षति बनाएको छ । दुवै राज्यमा...   
अन्ततः मुम्बई हमलाका मुख्य योजनाकार हाजिफ पक्राउ परे

अन्ततः मुम्बई हमलाका मुख्य योजनाकार हाजिफ पक्राउ परे

एजेन्सी । पाकिस्तान प्रहरीले मुम्बई हमलाका योजनाकार हाफिज सईदलाई बुधबार गिरफ्तार गरेको छ । प्रहरीले...   
कालीप्रसाद बास्कोटालाई संगीत चोरीको आरोप (भिडियोसहित)

कालीप्रसाद बास्कोटालाई संगीत चोरीको आरोप (भिडियोसहित)

काठमाडौं । प्रसिद्ध गायक तथा संगीतकार कालीप्रसाद बास्कोटालाई संगीत चोरीको आरोप लागेको छ । भर्खरै...   

टेलिकमको फोन जडान शुल्क झनै घट्यो, पोष्टपेड सीमको मुल्य जम्मा ९ सय

काठमाडौं । नेपाल टेलिकमले ल्याण्डलाईन फोन जडानको शुल्क घटाएको छ । बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै...   

धुलो दुध आयातमाथिको प्रतिबन्ध हटाइन्न : कृषिमन्त्री खनाल

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले धुलो दुधको आयातमा लगाइएको प्रतिबन्ध नहटाईने...   
सरकार–विप्लव वार्ता : कामभन्दा हल्ला बढि, विपक्षीलाई टाल्ने मेसो

सरकार–विप्लव वार्ता : कामभन्दा हल्ला बढि, विपक्षीलाई टाल्ने मेसो

काठमाडौं । केहि दिनदेखि नेपाली सञ्चार माध्यममा सरकार र विप्लव नेतृत्वको नेकपाबीच वार्ताको विषय चर्चामा...   
वाइडबडी : पहिला खरिदमा घोटाला, अहिले किस्ता तिर्न नसकेर सरकारसँग भीख माग्दै !

वाइडबडी : पहिला खरिदमा घोटाला, अहिले किस्ता तिर्न नसकेर सरकारसँग भीख माग्दै !

काठमाडौँ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले निगमले वाइडबडीको किस्ता तिर्न नसकेको...   
इन्टरनेट शुल्कमा बढोत्तरी, उपभोक्तामा कति थपिन्छ भार ?

इन्टरनेट शुल्कमा बढोत्तरी, उपभोक्तामा कति थपिन्छ भार ?

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले इन्टरनेट शुल्कमा आजदेखि बढोत्तरी गराएका छन् । सेवा प्रदायक...   

पार्टी एकताका बाँकी काम आजै टुंगिन्छ : अध्यक्ष प्रचण्ड

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी...   
यसरी गरेकी हुन्छिन् आमाले संघर्ष

यसरी गरेकी हुन्छिन् आमाले संघर्ष

सबै कथाले सबैको मन नछुन सक्छ । तर, केही कथाले भने कसैको मन छोएको हुन्छ । सबैका आफ्ना आफ्ना कथा हुन्छन्...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top