Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

नेपाली कांग्रेसले थाल्याे चुनाव जित्ने अभियान, काे नेता कहाँ खट्ने ?

काठमाडौं ।गत चुनावमा नराम्ररी हार ब्यहाेरेकाे प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले देश व्यापी अभियान थाल्ने भएकाे छ । ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान’ नाम दिएकाे उक्त अभियानमा कांग्रेसले पार्टीका जिम्मेवार नेताहरु खटाएको छ ।
काँग्रेसले वैशाख ११ बाट शुरु भई १६ गतेसम्म चल्ने उक्त अभियानका लागि सबै जिल्लामा केन्द्रीय नेताहरु खटाएको हो । पार्टी कार्यालले औपचारिक रुपमा जिल्लामा खटाउने नेताहरुको नामावली सार्वजनिक गरेको छ । जसमा पार्टीका पदाधिकारीलाई कुनै निश्चित जिल्ला तोकेको छैन ।

कुन नेता कहाँ ?

प्रदेश १ का जिल्ला 
तापप्लेजुङ– सरिता प्रसाई 
पाँचथरमा– लक्ष्मी परियार
इलामा – अमृत अर्याल 
संखुवासभा– सिता गुरुङ
तेह्रथुम– सहन अन्सारी
धनकुटा– डां नारायण खड्का
भोजपुर– रामहरी खतिवडा 
 खोटाङ-उदयशमशेर राणा
 सोलुखुम्बु – लक्ष्मी राई 
ओखलढुङ – मिनाक्षी झा
उदयपुर– प्रदिप गिरी
झापा – ज्ञनेन्द्र कार्की
मोरङ –कृष्णप्रसाद सिटौला
सुनसरी – महेस आचार्य 
 प्रदेश २ का ८ जिल्लामा
सप्तरी – आनन्दप्रसाद ढुङगाना
सिरहा –महेन्द्र यादव
 धनुषा – बलबहादुर केसी
 मोहत्तरी – चित्रलेखा यादव 
सर्लाही– महालक्ष्मी उपाध्याय (डिना)
रौतहट – रमेश रिजाल
बारा – प्रकाशमान सिंह
पर्सा – फरमूल्लाह मन्सुर
 प्रदेश ३ का १३ जिल्लामा 
दोलखा– रामकृष्ण यादव
रामेछाप – किरण यादव
सन्धुली– डा. रामशरण महत
काभ्रेपलाञ्चोक – डा. शेखर कोइराला
रसुवा– जीवन परियार 
सिन्धुपाल्चोक– अम्बिका बस्नेत
नुवाकोट – मीन विश्वकर्मा 
धादिङ –प्रदिप पौडेल
चितवन – रमेश लेखक
मकवानपुर – अर्जननरसिंह केसी 
भक्तपुर– डा. मिनेन्द्र रिजाल 
ललितपुर – सुरेन्द्रराज पाण्डे
काठमाडौं – बालकृष्ण खाँण
 गण्डकी प्रदेशका ११ जिल्ला 
गोरखा– ध्यानगोविन्द रञ्जित
लम्जुङ– कमला पन्त
तनहँु –नविन्द्रराज जोशी
कास्की–अर्जुनप्रसाद जोशी
मनाङ –कृष्णप्रसाद नेपाली 
मुस्ताङ– बहादुरसिंह (लामा) तामाङ
पर्वत– चिनकाजी श्रेष्ठ
स्याङजा– गोविन्द्र भट्टराई 
म्याग्दी– शुक्रराज शर्मा 
बाग्लङ –शंकर भण्डारी
नवलपुर – दिपक गिरी
नवलपरासी– राधेचन्द्र यादव 
रुपन्देही – पुष्पा भुसाल
कपिलवस्तु –हरिप्रसाद नेपाल
पाल्पा– बालकृष्ण पाण्डे 
अर्घाखाँची– दिपककुरमार उपाध्याय 
गुल्मी – अजयकुमार चौरसिया 
रुकुम (पूर्वी भाग)–  रत्न शेरचन 
रोल्पा – मानबहादुर विश्वकर्मा 
प्युठान– शिवराज जोशी 
दाङ – मोहनबहादुर बस्नेत 
बाँके– श्यामकुरमार घिमिरे 
बर्दिया– डा. डिला संग्रौला
 कर्णाली प्रदेशका १० जिल्ला 
रुकुम ( पश्चिम भाग)– राजनप्रसाद पन्त
सल्यान – पार्वता डीसी चौधरी
डोल्पा– कुमार खड्का 
जुम्ला– रमा पौडेल
मुगु– दिनबुन्धु श्रेष्ठ
हुम्ला– हृदयराम थानी
कालिकोट– डा. चन्द्र भण्डारी 
जाजरकोट–हसन अन्सारी 
दैलेख– दिलबहादुर घर्ती
सुर्खेत– जीनबहादुर शाही 
 सुदूरपश्चिम प्रदेशका ९ जिल्ला 
बाजुरा – दिलेन्द्रप्रसाद बडू 
बझाङ – मनमोहन भट्टराई 
डोटी–  शिवप्रसाद हुमागाई
अछाम– गगनकुमार थापा 
दार्चल्ला– अतर कमाल मसल्मान 
बैतडी –किरणराज शर्मा 
डडेल्धुरा– बीरबहादुर बलायर 
कञ्चनपुर – गुरुराज घिमिरे 
कैलाली – एनपी साउँद

हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियानबारे प्रेस विज्ञप्ती

आदरणीय पत्रकार साथीहरू, नेपाली कांग्रेसले निर्णय गरे बमोजिम जागरण अभियान घोषणागरिएको छ । यस सम्बन्धी विस्तृत जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा म यहाँहरुलाई हार्दिक स्वागत गर्दछु ।

सबै जिल्ला, क्षेत्र, गाउँ-नगर, वडा र टोलसम्म विस्तारित हुने जागरण अभियान २०७६ सालभरी तीन चरणमा सम्पन्न हुनेछ ।

अभियानको नाम, उद्देश्य, कार्यक्रम, शैली र समयावधी निम्नानुसार निश्चित गरिएको छ ।

अभियानको नामः

(१) हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान
(संक्षिप्तमा नेपाली कांग्रेसको ‘हिपतम अभियान’ भन्न सकिनेछ)

राष्ट्रिय जागरण अभियानको उद्देश्यः
(१) नेपाली कांग्रेस पार्टीको महासमिति वैठकवाट पारित निति, कार्यक्रम र संशोधित विधान बारे पार्टीको स्थानिय तहसम्म साथीहरु एवं आम शुभचिन्तकलाई ब्यापक ढंगले सूसुचित गर्न ।
(२) राष्ट्रव्यापी रुपमा पार्टी पक्तिमा नविन ढंगको एकता, समन्वय, हार्दिकता बढोत्तरी गर्न पार्टी सुदृढिकरणका विविध गतिविधि अघि बढाउदै पार्टी पंक्तिमा जागरण अभिवृद्धि गर्न ।
(३) नेपाली कांग्रेसको नेतृत्वमा मुलुकले विगतमा हासिल गरेको राजनैतिक उपलव्धी एवं समृद्धिको दिशामा गरिएका काम नागरिक पंक्तिमा ब्यापक ढंगले सम्प्रेषण गर्न ।
(४) वर्तमान सरकारका अनेक भ्रष्टाचार लगायत विसँगतिपूर्ण जनविरोधि कृयाकलाप बारे सविस्तार विवरण आम नागरिकमा व्यापक ढंगले प्रष्ट्याउन । (बुढी गण्डकी, वाइड वडी लगायतका)
(५) नेपाली समाजमा रहेका अनेक फरक मत, संविधान या राज्यप्रणाली बारेकै विमतिहरु समेतलाई राष्ट्रिय एकताको सुत्रमा गाँस्न आवश्यक छलफल र बहष विभिन्न स्तरमा अघि वढाउन ।
(६) जनता, मतदाता र नेपाली कांग्रेस पार्टीको विभिन्न तहको नेतृत्व र सदस्यहरुबीचको सम्बन्धलाई जीवन्त र घनिष्ट बनाउन जनसंवाद मार्फत् जनताका अनेक मुद्दामा अग्रसरता लिएर जनताको हितमा पार्टीलाई थप समर्पित गराउन । 
(७) तराई–मधेश लगायत मुलुकको कतिपय भू–भागमा रहेका असन्तुष्टिहरुको समाधान सूत्र विगतमा नेपाली कांग्रेसको नेतृत्वको सरकारले अघि बढाएको संविधान संशोधनको प्रस्ताव नै हो, भन्ने तथ्यलाई आम नागरिकबीचमा प्रस्ट्याउँदै त्यसका लागि आवश्यक जनमत र वातावरण निर्माण गर्न ।
(८) कम्युनिष्ट पार्टीको सरकार बनेपछि कुटनैतिक क्षेत्रमा प्रस्तुत अपरिपक्वता, शेयर बजारप्रतिको नकरात्मक व्यवहार र उव्जिएको प्रतिकुल परिणाम, वौद्धिक समुदायप्रतिका अवौद्धिक टिप्पणीहरु र कतिपय अपमानजनक घटना, चिकित्सा शिक्षा क्षेत्रमा बढेको राज्य संरक्षीत वेथीति, आदि सन्दर्भले मुलुकको छविलाई पारिरहेको असर बारे नेपाली बौद्धिक क्षेत्रसँग विशेष अन्तरक्रिया र सैद्धान्तिक सहकार्य अघि बढाउन ।
(९) तिनै तहका सरकारलाई नागरिक हित र मुलुकको समृद्धि सम्वन्धमा निर्वाचनमा मतदातालाई दिलाएको विश्वास बमोजिम कार्य गर्न अपिल गर्दै आवश्यक दबाव बढाउन ।
(१०) नेपाली समाजमा केही समय यता भइरहेका “निर्मला पन्त” प्रकरण झै महिला हिंसाका अनेक घटना र प्रवृतिका विरुद्ध जनचेतना अभिवृद्धि गरी महिला सम्मान र सुरक्षा अभिवृद्धि गर्न÷गराउन ।
(११) भुकम्प, हावाहुरी, आगलागी, बाढी र अनेक विपदमा भएको धनजनको क्षतिमा प्रभावकारी उद्धार र पुनस्र्थापना अभियानलाई सघाउन तथा यस्तो सम्भावित विपद सामना गर्ने सर्तकता साथ काम गर्ने “स्वयंसेवी समुह” निर्णण गर्न । 
(१२) स्वदेशसँगै विदेशमा रहेका पचास लाखभन्दा बढी नेपालीसँग आफ्नो मातृभूमिमा लोकतन्त्रको रक्षा, संघीयताको सम्बद्र्धन र समृद्धिमा सहभागीताका लागि विशेष संवाद र जागरुकता अभिवृद्धि गर्न तथा तिनको मताधिकार प्रवन्ध गर्न सर्वोच्च अदालतले सरकारलाई गरेको आदेश कार्यान्वयनका लागि दवाव बढाउन । 
(१३) वैदेशिक रोजगारीका क्रममा पछिल्लो समय बढेका बेथितीहरु अन्त्यका लागि दबाब बढाउँदै र श्रमिक नेपाली युवाहरुको पीडामा मल्हम लगाउन ।
(१४) कम्युनिष्ट पार्टीको सरकार बनेयता प्रेस स्वतन्त्रता माथि बढेको हस्तक्षेप, अभिव्यक्ति स्वतन्त्रता कुण्ठीत गर्ने अनेक प्रयत्न आदिका विरुद्ध नेपाली प्रेस जगतसंग सहकार्य गर्दै प्रमुख प्रतिपक्षी दलका नाताले प्रेस स्वतन्त्रताको रक्षाका लागि खबरदारी गर्न ।
(१५) नेपाली कांग्रेसको सदस्यता वितरण र विस्तार व्यापक ढंगले गर्दै पार्टीको केन्द्र, प्रदेश, जिल्ला, क्षेत्र, गाउँ÷नगर टोलसम्म व्यापक ढंगले प्रशिक्षणका कार्यक्रमहरु संचालन गर्न ।

समयावधी
क्र.सं. चरण प्रारम्भ र समापन समावधी
१ प्रथम चरण, बैशाख ११ (लोकतन्त्र दिवस) मा प्रारम्भ — जेठ ११ मा समापन। –एक महिना
२ दोस्रो चरण, भाद्र २४ वीपी जयन्तीका दिन प्रारम्भ —असोज ७ मा समापन। –१५ दिन
३ तेस्रो चरण, पौष ७ मा प्रारम्भ –पौष १६ मेलमिलाप दिवसमा समापन। -१० दिन

केन्द्रीय प्रतिनिधिहरु
क्र.सं. चरण 
१, प्रथम चरण: ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि पुग्नु हुनेछ । एक महिना बस्नु हुनेछ । निर्धारित कार्यक्रमहरु सम्पन्न गर्नु गराउनु हुनेछ। 
२, दोस्रो चरण: ३३० प्रदेश निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि पुग्नु हुनेछ। १५ दिन सम्बन्धित क्षेत्रमा बस्नु हुनेछ । निर्धारित कार्यक्रमहरु सम्पन्न गर्नु गराउनु हुनेछ।
३, तेस्रो चरण: ७५३ स्थानीय तहमा केन्द्रीय प्रतिनिधि पुग्नु हुनेछ। १० दिन सम्बन्धित क्षेत्रमा बस्नु हुनेछ । निर्धारित कार्यक्रमहरु सम्पन्न गर्नु गराउनु हुनेछ।

सहभागिता र स्वरुप
(१) अभियानको समयावधी भरी पार्टी केन्द्रीय समिति देखि सवै तहको नेतृत्व र सदस्यहरुको सम्पूर्ण रुपले सहभागिता र सकृयता रहनेछ ।
(२) पार्टीका सम्पूर्ण भातृ एवं शुभेच्छुक संस्था, जनसम्पर्क समितिहरु, काठमाण्डौ स्थित जिल्ला सम्पर्क समिति तथा शुभचिन्तक समेत सवैलाई जागरण अभियानमा ऐक्यवद्ध ढंगले सहभागी र कृयाशिल गराइनेछ । 
(३) अभियानका क्रममा सवै तहको नेतृत्व र सदस्यहरुको ‘साझा र सँगठित एउटै आवाज’ आम रुपमा अभिव्यक्त हुनेछ ।
(४) जागरण अभियानका लागि जिल्ला समिति र भ्रातृ संघ संस्थाहरुले विषय र परिस्थितिको आवश्यकता अनुरुप थप कार्यक्रमहरु संशोधन गर्न सक्नेछन् ।

अभियानको प्रारम्भ कार्यक्रम

अभियानको उद्घाटन ७७ स्थानमा एउटै समयमा गरिनेछ ।

(१) काठमाडौं जिल्लाका हकमा केन्द्रीय सभापतिले एक समारोह बीच उद्घाटन गर्नु 
हुनेछ ।
(२) अन्य ७६ जिल्लामा सोहि समयमा पार्टी केन्द्रबाट जिम्मेवारी प्राप्त केन्द्रीय नेतृत्व या प्रतिनिधिले उद्घाटन गर्नु हुनेछ ।
(३) भातृ सस्थाले दोश्रो दिन शुभेच्छुक संस्थाले तेश्रो दिन र विदेश स्थित जन सम्पर्क समितिले अभियान प्रारम्भपछिको प्रथम या द्वितीय आइतवार अथवा शुक्रवार आफ्नो अनुकुलतामा र काठमाडौं स्थित जिल्ला सम्पर्क समितिहरुले अभियान प्रारम्भ पछिको पहिलो र दोश्रो शनिवार मध्ये अनुकुल छनौट गरी अभियान प्रारम्भ गर्नेछन् ।

जागरण अभियान उद्घाटन कार्यक्रम

जागरण अभियानका सबै उद्घाटन कार्यक्रम छरितो ढंगले सम्पन्न हुनेछन् ।

(१) आसन ग्रहण (असिमित संख्याको आसन ग्रहणको परम्परा यो अभियानसँगै अन्त्य गरिनेछ ।) उद्घाटन समारोहमा आसन ग्रहण निम्नानुसार रहनेछ ।

(क) सभापति
(ख) प्रमुख अतिथि अथवा प्रमुख वक्ता
(ग) सामुहिक आसन ग्रहण

(२) उद्घाटन एउटै शैलीमा
दीर्घ जीवन रहने कुनै वृक्ष (वर, पिपल, स्वमी या यस्तै कुनै ......) मा जल सिंचन अथवा पानसमा दिप प्रज्ज्वलन गरेर । 
ड्ड कार्यक्रम पश्चात कुनै सुरक्षित स्थलमा त्यो विरुवाको वृक्षारोपण गर्ने । (पछिसम्म जागरण अभियानको स्मृति समेत रहने)

(३) उद्घाटन कार्यक्रम
(क) आसन ग्रहण
(ख) मौनधारण
(ग) राष्ट्रिय गान
(घ) माल्र्यापण
(ङ) उद्घाटन
(च) मन्तव्यहरु
(छ) सदस्यता वितरण प्रारम्भ 
(ज) विर्सजन ।

(४) मन्तव्य ः मन्तव्य व्यक्त गर्ने विगतको अधिक संख्याको परम्परा यो अभियानसँगै अन्त्य गरिनेछ ।

उद्घाटन समारोहमा वक्ता निम्नानुसार रहनुहुनेछ—
–स्वागत मन्तव्य
-विषय प्रवेश
-प्रमुख अतिथि अथवा प्रमुख वक्ता 
-संक्षिप्त मन्तव्य सहित सभापतिबाट उद्घाटन समारोह विषर्जन

(५) उद्घाटन समारोहको मुख्य व्यानर सबै ठाउँमा एउटै डिजाइनको रहनेछ ।
(डिजाइन इमेलमार्फत केन्द्रबाट उपलव्ध हुनेछ)

(६) मञ्चमा ब्याज वितरणको प्रचलन यो अभियानसँगै अन्त्य गरिनेछ ।

(७) उद्घाटनमा राष्ट्रिय गानको सामुहिक प्रस्तुति रहनेछ ।

(८) उद्घाटन समारोह विसर्जन अघि प्रमुख अतिथिबाट नेपाली कांग्रेसको सदस्यता विस्तार अभियान सदस्यता वितरण गरी शुभारम्भ गर्नु हुनेछ ।

(९) उद्घाटन समारोहको अन्त्यमा: जिल्ला समितिको बैठकबाट निर्धारित क्षेत्रीय एवं गाउँ–नगर स्तरीय जागरण भेलाको मिति घोषणा गर्ने ।

जागरण अभियानका कार्यक्रमहरू

(१) छरितो भेलाहरु मार्फत अभियानको माथि उल्लेखित उद्देश्य र संदेश सम्प्रेषण ।
(२) सदस्यता वितरण ब्यापक रुपले गर्ने ।
(३) स्वदेश र विदेशका सबै तहमा वृहत्तर रुपले प्रशिक्षण कार्यक्रम संचालन गर्ने । 
(४) केन्द्रीय कार्यसमितिले यस अघि नै गरिसकेको परिपत्र बमोजीम ‘अभिलेख संकलन’ कार्यक्रमलाई छरितो टिम मार्फत तिव्रता दिने ।
(५) संघर्षकालका ऐतिहासिक घटना स्थलहरुमा पुगेर ‘श्रद्धा र प्रेरणा’ कार्यक्रम गर्ने ।
(६) पार्टीका पुराना अग्रजहरुलाई घरमै पुगेर सम्मान गर्ने, स्वास्थ्य स्थिति, घरायसी स्थिति वुझ्नुका साथै पार्टीका लागि आवश्यक सल्लाह र सुझाव ग्रहण गर्ने ।
(७) संघर्षको अनेक कालखण्डमा जीवन गुमाएका शहिदहरुको घर परिवार भेट्न जाने । श्रद्धा प्रकट गर्ने तथा देश र कांग्रेसका लागि सुझाव लिने । 
(८) फरक–फरक भ्रातृ र शुभेच्छुक संस्थाका एकै स्वरुपका कार्यक्रमहरु बाहेक वर्ग र मुद्दागत रुपले भिन्न–भिन्न सन्दर्भमा भ्रातृ र शुभेच्छुक संस्थाहरुले सबैको अगुवाई र नेतृत्व गर्नेछन् ।

भ्रातृ संस्था विशेष

फरक संस्था फरक कार्यक्रम

पार्टीका भ्रातृ र शुभेच्छुक संस्थाहरु “हिमाल, पहाड, तराई–मधेश, नेपाली कांग्रेसको राष्ट्रिय अभियान” का पार्टी केन्द्रीत मुख्य कार्यक्रमहरुको मिति र समयलाई असर नपर्ने गरी अलग–अलग कार्यक्रमहरू तर्जुमा गर्नेछन् ।

सिंगो पार्टी पक्ति नेपाली समाजमा रहेका भिन्न मुद्दा, भिन्न विषय र भिन्न सन्दर्भहरुमा पार्टीका भ्रातृ र शुभेच्छुक संस्थाहरुको अगुवाईमा प्रवेश गर्नेछ र परिणामुखी ढंगले परिचालित हुनेछ । विषयगत रुपले सम्बन्धित वर्ग र क्षेत्रलाई भ्रातृ–शुभेच्छुक संस्थाले जागरण अभियानका समग्र विषय सुसूचित गर्नेछन् र आगामी दिनका लागि निरन्तर सम्बाद र सहकार्यलाई घनिष्ट तुल्याउनेछन् ।

१. नेपाल महिला संघ
हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियानका क्रममा “महिला जागरण” अन्तर्गत “नेपाली महिलाहरूको आत्मसम्मान, सुरक्षा र सशक्तिकरण” का लागि विविध कार्यक्रम ।
–सदस्यता विस्तार व्यवस्थापन र संगठन सुदृढीकरण

२. नेपाल तरुण दल
हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियानका क्रममा “भ्रष्टाचारका विरुद्ध तरुण जागरण” का लागि विविध कार्यक्रम ।

३. नेपाल विद्यार्थी संघ
हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियानका क्रममा “विद्यार्थी जागरण ‘प्लस टु प्लस’ अभियान” अघि बढाउने ।
(प्लस टु अध्ययनरत उमेर समुहको पुस्तामा जागरण अभियानका समग्र मुद्दा संचार गर्ने र सो पुस्ता सम्बन्धित सम्पूर्ण प्रतिष्ठानहरुमा देशव्यापी रुपमा सदस्यता विस्तार, संगठन निर्माण र व्यवस्थापन गर्ने) ।

४. नेपाल ट्रेड यूनियन कांग्रेस
ट्रेड यूनियन कांग्रेसले आफ्नो जागरण अभियानको प्रारम्भ वैशाख १८ गते मे दिवसका दिन देशव्यापी रुपमा एकसाथ गर्नेछ ।

हिमाल, पहाड, तराई–मधेश राष्ट्रिय जागरण अभियानका क्रममा “श्रमिक जागरण” अन्तर्गत नेपाल ट्रेड यूनियन कांग्रेसकै परिकल्पना र नेपाली कांग्रेसको नेतृत्वको सरकारको पालामा २०७४ श्रावण ९ मा प्रतिनिधिसभामा प्रस्तुत भई पारित भएर श्रावण २९, २०७४ मा राष्ट्रपतिबाट प्रमाणीकरण भएको ‘योगदानमा आधारित सामाजिक सुरक्षा कोष’ निर्माण गर्ने ऐतिहासिक उपलव्धीलाई आम नेपाली श्रमिकका बीच प्रभावकारी ढंगले सुसूचित गर्ने तथा यसको सफल कार्यान्वयनका लागि सहयोग र दबाब भूमिका देशव्यापी रुपमा बढाउने ।

(ट्रेड युनियन कांग्रेसमा आवद्ध सबै संघहरुले पार्टीको मूल अभियान र टे«ड युनियन कांग्रेसको ‘श्रमिक जागरण’ अभियान सँगसँगै आफ्नो समुदायका लागि थप कार्यक्रम निर्माण र संचालन गर्नेछन् ।)

५. नेपाल दलित संघ
हिमाल, पहाड, तराई–मधेश राष्ट्रिय जागरण अभियानका क्रममा “दलित जागरण” अन्तर्गत नेपाली समाजमा रहेका सबै खाले विभेद निर्णायक ढंगले अन्त्य गराउन ‘समताका लागि सशक्तता’ अभियान चलाउने । सदस्यता विस्तार, संचारना व्यवस्थापन र महाधिवेशन ।

६. नेपाल किसान संघ
हिमाल, पहाड, तराई–मधेश राष्ट्रिय जागरण अभियानका क्रममा ‘किसान जागरण’ ।
सदस्यता विस्तार, संरचना व्यवस्थापन, महाधिवेशन एवं किसान हकहितका मुद्दा केन्द्रीत छलफल र वहस । नेपाली कांग्रेसले विगतमा किसानहरुको हितमा गरेका कार्यहरु मल, बीउविजन र सिंचाईको क्षेत्रमा गरेको प्रगतिको विवरण किसान संघले जागरण अभियानका क्रममा नागरिकपंक्तिमा सम्प्रेषण गर्नेछ ।

७. राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ
हिमाल, पहाड, तराई–मधेश राष्ट्रिय जागरण अभियानका क्रममा फरक शारीरिक क्षमता रहेका नागरिकहरुको ‘उच्च मनोबल र सम्मानित जीवन’ को अभियान अघि बढाउँदै राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघले वर्तमान सरकारले कटौती गरेका अपाङ्गता भएकाहरुको अधिकार पुनस्र्थापित गर्न आफ्नो समुदायलाई सुसूचित गर्दै दवावको भूमिका बढाउनेछ ।

८. नेपाल प्रजातन्त्र सेनानी संघ
नेपाली कांग्रेसमा समर्पित रहेर लामो सयम देखि योगदान गरिरहनु भएका प्रजातन्त्र सेनानीलाई संगठनात्मक संरचनामा प्रभावकारी ढंगले थप गाँस्दै सम्मान कार्यक्रम, पछिल्लो पुस्तालाई प्रेरक अनुभव सम्प्रेषण जस्ता कार्यक्रम, हिमाल, पहाड, तराई–मधेश राष्ट्रिय जागरण अभियानका क्रममा ‘सेनानी जागरण’ अन्तर्गत गरिनेछन् ।

९. नेपाल शिक्षक संघ 
आम नेपाली शिक्षकहरुका अनेक प्रकृतिका समस्याहरु समाधान गर्न छलफल, भेला, अन्तरक्रिया आयोजना गर्दै ‘शिक्षक जागरण अभियान’ मार्फत शैक्षिक क्षेत्रको अनेक विसंगति अन्त्य गर्न शिक्षक, विद्यार्थी र अभिभावक समेत सँग वृहत्तर ढंगले सहकार्य अघि बढाइनेछ । 
पार्टीको जागरण अभियानका मुद्दाहरुलाई गाउँ गाउँसम्म सम्प्रेषण गर्न शिक्षक संघको स्थानीय संरचनालाई पार्टीको स्थानीय समितिहसँग व्यवस्थित ढंगले सहकार्य गर्ने । पुराना अग्रज अवकास प्राप्त शिक्षकहरुलाई सबै स्थानीय तहमा सम्मान कार्यक्रम आयोजना गरिनेछ ।

१०. नेपाल भूतपूर्व सैनिक संघ
देशभरि छरिएर रहेका भूतपूर्व सैनिकलाई संघको संरचनामा थप गास्दै सदस्यता विस्तार र संगठन सुदृढीकरण गर्दै ‘भूपू सैनिक जागरण’ अघि बढाउने । यस क्रममा भूपू सैनिकहरुको तथ्याङ्क संकलन, भेला, गठन लगायतका कार्य हुनेछन् । संघको आयोजनामा पाका अग्रज भूपू सैनिकहरुलाई सम्मान कार्यक्रम आयोजना हुनेछ ।

११. नेपाल आदिवासी जनजाति संघ
हिमाल, पहाड, तराई–मधेश राष्ट्रिय जागरण अभियानका क्रममा ‘पहिचान भेटिने, द्वन्द मेटिने’ नेपाली कांग्रेसको अवधारणालाई व्यापक सम्प्रेषण गर्दै ‘आदिवासी जनजाति जागरण’ संक्षिप्तमा ‘आज जागरण’ अघि बढाइनेछ । सो अवधारणा अनुरुप आदिवासी जनजाति समुदायको पहुँच, प्रतिष्ठा र प्रतिनिधित्वको प्रश्नमा नेपाली कांग्रेसले विगतमा गरेका महत्वपूर्ण कार्यहरु आम नागरिकपंक्तिमा व्यापक ढंगले सम्प्रेषण गरिनेछ । 
जागरण अभियानका मुद्दाहरु आफ्नो समुदायमा व्यापक रुपले सम्प्रेषण गर्दै भेला, छलफल, गठन, पुनर्गठन गर्दै महाधिवेशन तर्फ संघ अघि बढनेछ ।

१२. मुस्लिम संघ, नेपाल 
हिमाल, पहाड, तराई–मधेश राष्ट्रिय जागरण अभियानका क्रममा मुस्लिम संघले सदस्यता, विस्तार, संरचनाहरुको सुदृढीकरण, भेला, छलफल र जागरणका मुद्दाहरु आफ्नो समुदायमा व्यापक रुपले सम्प्रेषण गर्न ‘मुस्लिम जागरण’ अघि बढाउनेछ ।

१३. नेपाल सांस्कृतिक संघ
हिमाल, पहाड, तराई–मधेश राष्ट्रिय जागरण अभियानका क्रममा नेपाल सांस्कृतिक संघले ‘सांस्कृतिक जागरण’ अघि बढाउनेछ । जागरणका मुद्दाहरु सम्प्रेषण गर्नुका अतिरिक्त संघले सांस्कृतिक क्षेत्रका पुराना अग्रज स्रष्टाहरुको सम्मान कार्यक्रम, संरचना विस्तार, सदस्यता विस्तार, सांस्कृतिक कर्मीहरुको हित केन्द्रीत छलफल र जागरण अभियानलाई बल पुग्ने गरी सांस्कृतिक प्रस्तुति विभिन्न तहमा प्रस्तुत गर्ने÷गराउनेछ ।

१४. विदेश स्थित नेपाली जनसम्पर्क समिति 
आन्तरिक व्यवस्थापन, सदस्यता विस्तार, जागरण सम्बन्धी मुद्दा केन्द्रीत प्रचार र मतदानको प्रबन्ध मिलाउन सर्वोच्च अदालतले गरेको फैसला कार्यान्वयन गर्न नेपाली नियोगहरु मार्फत नेपाल सरकारलाई दबाब दिन आम एक्यवद्धता निर्माण ।

१५. काठमाडौंमा रहेका जिल्ला सम्पर्क समितिहरु
काठमाडौंमा बसोबास गर्ने सम्बन्धित जिल्लाका नागरिकहरूका बीच सदस्यता विस्तार, भेला, आवश्यक संयन्त्रहरुको गठन । जागरणका मुद्दाहरूको प्रचार । सम्पर्क समितिको सम्मेलन ।

१६. समुदाय केन्द्रीत संघहरु 
हिमाल, पहाड, तराई–मधेश राष्ट्रिय जागरण अभियानका क्रममा नेपाल राष्ट्रिय मगर संघ, नेपाल तामाङ संघ, नेपाल ठाकुर समाज, नेपाल लोकतान्त्रिक शेर्पा संघ, लोकतान्त्रिक नेवाः खल, नेपाल कुमाल संघ जस्ता समुदाय केन्द्रीत संघ संस्थाले आफ्नो संस्थाको पहिचान झल्कने गरी जागरण अभियानको नामाकरण गर्नेछन् भने जागरण अभियानका मुख्य मुद्दाहरुका अतिक्ति आफ्नो समुदायको वृहत्तर हितका अवधारणाहरु समुदाय र आम नागरिकमा सम्प्रेषण गर्नेछन । सदस्यता विस्तार, संरचना व्यवस्थापन, भेला, छलफलका कार्यक्रम हुनेछन् ।

१७. पेशागत संघहरु
पार्टीको शुभचिन्तक पेशागत संघहरुले पार्टीका लागि विगत देखि नै महत्वपूर्ण वौद्धिक साथ र विविध सहजीकरणको कार्य गर्दै आएका छन् ।

हिमाल, पहाड, तराई–मधेश राष्ट्रिय जागरण अभियानका क्रममा ती संस्थाहरुले आफ्नो पंक्तिलाई जागरण अभियानमा वैचारिक ढंगले ऐक्यवद्ध गराउनुका साथै उपयुक्तता अनुरुप सम्मान, सदस्यता र व्यवस्थापनको कार्य गर्नेछन् । जागरण अभियानका मुद्दाहरुलाई प्रभावकारी सम्प्रेषण गर्न यी संस्थाहरुको महत्वपूर्ण भूमिका रहनेछ ।

स्थानीय तह विशेष

(१) पार्टीबाट उम्मेदवार भई स्थानीय तहमा विजयी साथीहरुसँग पार्टीको चुनावी घोषणापत्र र नागरिकको अपेक्षा अनुरूपका काम के–कस्तो रुपमा भएका छन् समिक्षा कार्यक्रम गर्ने ।
(२) परिमार्जित विधानमा उल्लेख भए वमोजिम पार्टीका तर्फबाट विभिन्न तहमा विजयी या उम्मेदवार र पार्टीको सम्वन्धित तहको कार्यसमितिका बीच मासिक नियमित वैठकको प्रारम्भका लागि प्रथम बैठक आयोजना गर्ने ।
(३) स्थानीय तहमा हाम्रा विजयी साथीहरुबाट यसबिचमा भएको प्रगति र कमजोरीको समिक्षा प्रतिवेदन गाउँ नगर, क्षेत्र, जिल्लामा राखी एकप्रति केन्द्रमा पठाउने ।
(४) पार्टी प्रतिपक्षमा रहेको स्थानीय तहमा उम्मेदवारहरूबाट प्रखर प्रतिपक्षी भूमिका निभाउन आवश्यक एकता र दृष्टिकोण निर्माण गर्ने ।
(५) स्थानीय तहको पार्टी र भातृ–शुभेच्छुक संस्थाको सम्वन्ध सुदृढ गर्दै आन्तरिक व्यवस्थापन गर्न आवश्यक दृष्टिकोण र कार्यक्रम तय गर्ने ।

आवश्यकता अनुरुप कार्यक्रमहरूमा थपघट र परिमार्जन पार्टी केन्द्रीय कार्यालयले गर्नेछ । केन्द्रीय प्रतिनिधिले पालना गर्ने आचार संहिता र निर्वाह गर्नु पर्ने दायित्व बारे अलग पत्र केन्द्रीय प्रतिनिधिलाई उपलब्ध गराइएको छ । केन्द्रीय प्रतिनिधिहरुलाई सहयोग गरेर जागरण अभियानका सम्पूर्ण कार्यक्रम सम्पन्न गर्नु पार्टीका सम्बन्धित समितिहरुको दायित्व हुनेछ । 
जय नेपाल!

विश्वप्रकाश शर्मा
प्रवक्ता, नेपाली कांग्रेस
वैशाख ३, ०७६

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies