Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

जति हाँस्याे उति स्वस्थ भै बाँच्याे

हिन्दीमा एउटा उखान छ, \'हँसी त फँसी\' तर यथार्थ जीवनमा हाँस्नुका फाइदा धेरै छन् । हामी जति मुस्कानका साथ बाँच्दछाैं त्यति नै अानन्दका साथ बाँच्दछाैं । नेपाल मनोक्रान्ति योगका अगुवा डा. योगी विकासानन्द त झन् हाँसोलाई सर्वसुलभ प्राकृतिक औषधि मान्छन् । र, प्रायः उनी हाँसिरहन्छन् । यसैबीच उनले हाँस्नुका फाइदाबारे यस्ता टिप्स दिएका छन्ः

१ तनाव कम
हामी हाँस्दा हाम्रो शरीरमा एडोलसेन्स नामक हर्मोन उत्पन्न हुन्छ । यो हर्मोनको काम तनाव कम गर्ने हो । तसर्थ, दिल खोलेर हाँसेर तनाव व्यवस्थापन गर्न सकिन्छ । तनावकै कारण हुने विभिन्न शारीरिक तथा मानसिक समस्याबाट जोगिनसमेत हाँस्न जरुरी छ । कठिन परिस्थितिमा पनि हाँस्न सक्नु नै स्वस्थ रहने सरल उपाय हो ।

२ स्वस्थ जीवन
हाँस्दा शरीरका अंगहरू सक्रिय हुने गर्छन् । जसकारण हाम्रो शरीरमा स्वतः ऊर्जा आउँछ । खुलेर हाँस्दा रक्तप्रवाह राम्ररी हुन्छ । शरीरमा पर्याप्त अक्सिजन पुग्छ र मुटुको पम्प रेटलाई ठीक राख्न मद्दत हुन्छ । त्यस्तै, हाँसोले प्रतिरक्षा प्रणाली पनि बलियो बनाउने भएकाले शरीरलाई बाहिरी ब्याक्टेरियाबाट जोगाउँछ । साथै, अनिद्राको समस्या हटाउन पनि हाँस्न जरुरी छ ।

३ व्यवसायमा सफल
व्यवसाय गर्ने मानिस प्रायः सधैँ हँसिलो देखिन्छ । अरूको मन जित्नका लागि पनि मुस्कुराउन जरुरी छ । मुस्कुराउने वा नरम हुनाले एक–अर्कासँगको सम्बन्ध सुमधुर बनाइदिन्छ । जो व्यवसायीका लागि सकारात्मक पक्ष हो । हँसिला मानिस मात्र व्यवसायमा सफल छन् भन्ने प्रमाणित भइसकेको तथ्य हो ।

४ सकारात्मक ऊर्जा पैदा
जब हामी हाँस्छौँ, फोक्सोमा ताजा हावा पुग्छ । यसले शरीरमा अक्सिजनको आपूर्ति सहज बनाइदिन्छ । अनि, शरीरमा सकारात्मक ऊर्जा प्रदान हुन्छ । खुलेर हाँस्दा पीडा, चिन्ता दूर गराउँछ र नकारात्मक भावना पैदा हुन दिँदैन । बिहानको ताजा हावामा उन्मुक्त तरिकाले हाँस्नुपर्छ । अनि, बिहानैदेखि खुसी छाउँछ ।

५ सामाजिक सम्बन्ध विकास
अमेरिकामा भएको एक अध्ययनले हँसिला मानिसको परिवारमा सम्बन्धविच्छेद कम हुने देखाएको थियो । मुस्कुराएर बोल्दा परिवारमा झैझगडा कम हुने, सम्बन्ध सुमधुर रहने हुन्छ । यसले एक–अर्कामाथि द्वेषको भावना आउँदैन । फलस्वरूप सामाजिक सम्बन्धसमेत बलियो हुन्छ । - नयाँ पत्रिका

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies