Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

महाथिर मोहम्मद : आधुनिक मलेसियाका निर्माता, जसले यसरी बनाए देश

आधुनिक मलेसियाका निर्माता महाथिर मोहम्मदको जन्म सन् १९२५ डिसेम्बर २५ का दिन उत्तरी मलेसियाको केदा राज्यमा भएको थियो। उनी सामान्य परिवारमा जन्मिएका थिए। तर, उनका पिता मलेसियाको एक अंग्रेजी विद्यालयका प्रतिष्ठित शिक्षक थिए। बुवा शिक्षक भएका कारण उनको आर्थिक अवस्था र बाल्यकाल मध्यमस्तरमा नै बित्यो। उनी मलेसियाका चौंथो प्रधानमन्त्री थिए।

मलेसियाको स्थानीय कलेजमा स्नातकसम्मको अध्ययन पूरा गरेपछि महाथिर मेडिकल शिक्षाका लागि सिङ्गापुरको मेला विश्वविद्यालयमा भर्ना भए। चिकित्सा शिक्षा पूरा गरेपछि उनले लामो समय मलेसियाको शैन्य क्षेत्रमा चिकित्सकको भूमिका निर्वाह गरेका थिए। त्यस क्रममा पनि उनी पेशागत क्षेत्रमा प्रतिष्ठित मानिन्थे।

महाथिर चिकित्सक सेवाबाट राजनीतिमा प्रवेश गरे। चिकित्सा पेशामा क्रियाशील रहँदा पनि उनी पार्टीको स्थानीय कमिटीमा संगठित थिए। सक्रिय राजनीतिमा आउने लक्ष्यसहित उनी संयुक्त मलाय राष्टिय संगठनमा सक्रिय भए, जुन पार्टी मलेसियाको सबैभन्दा ठूलो र शक्तिशाली पार्टी थियो। त्यसपछि उनलाई पार्टीको नीति निर्माण गर्ने कमिटीको जिम्मेवारी दिइयो, जसलाई सर्वोच्च परिषद भनिन्थ्यो।

सन् १९६४ मा उनले एउटा पुस्तक लेखे। जुन पुस्तक मलेसियाको अर्थतन्त्रको शल्यक्रिया थियो। ‘मलायको दुविधा’ नामक उनको पुस्तकमा मलायका आदिबासी र चीनसँग सहकार्य गर्न मलेसियाको अर्थतन्त्र असफल भएको निष्कर्ष निकालिएको थियो, त्यसै कारण कट्टरपन्थी विचारका प्रधानमन्त्री अब्दुल रहमानले महाथिरको पुस्तकलाई प्रतिबन्ध लगाए र महाथिर पार्टीबाट निश्कासनमा परे। सन् १९७२ मा महाथिरलाई पार्टीमा पूनर्स्थापित गरियो। त्यसपछि सन् १९७३ मा महाथिर सांसद, १९७४ मा मन्त्री र १९७६ मा उपप्रधानमन्त्रीमा निर्वाचित भए। त्यसको पाँच वर्षपछि सन् १९८१ मा महाथिर मलेसियाको चौंथो प्रधानमन्त्रीमा निर्वाचित भए।

महाथिर प्रधानमन्त्रीमा निर्वाचित भएपछि मलेसियाको अर्थव्यवस्था, संस्कृति र राज्यका नीतिहरुमा परिवर्तन आयो। उनले लगातार पाँचपटक निर्वाचन जिते, लगातार २२ वर्ष मलेसियाको प्रधानमन्त्री भए, त्यो उनका आर्थिक गतिविधि र विकासको यात्रामा अघि सारिएको नयाँ सोचको परिणाम थियो। उनी प्रधानमन्त्रीमा निर्वाचित भएपछि आर्थिक सूचाकांकहरु सकारात्मक बन्दै गए। राज्यमा ‘थिति’ बसाउन उनको कार्यकाल एकदमै महत्वपूर्ण रह्यो, राज्यमा जवाफदेहिताको अभ्यास हुन थाल्यो।

महाथिर नीजिकरणका पक्षपाती थिए। उनी प्रधानमन्त्रीमा आउनुपूर्व सरकारी संरचना अस्तव्यस्त थिए। उनले ती संरचनाहरुमा नीजिकरणको प्रारम्भ गरे। उनले एयरलाइन्स, सेवा क्षेत्र, दुरसञ्चार लगायतका क्षेत्रको जनशक्ति कटौति गरे, जहाँ काम कम र साधन स्रोतको दोहन बढी हुन्थ्यो। उनले अनावश्यक कर्मचारीलाई बिदा गरे, जहाँ उनकै पार्टीका कार्यकर्ता सबैभन्दा धेरै थिए। उनकै कार्यकालमा पूर्वाधार विकासमा ठूलठूला उपलब्धि हासिल भए। उत्तर–दक्षिण यातायात उनकै कार्यकालमा निर्माण भयो, जुन राजमार्ग थाइल्याण्डको सीमाबाट सिङ्गापुरसम्म पुग्दछ।

सन् १९८८ देखि १९९६ सम्मको अवधि मलेसियामा आर्थिक क्रान्तिको अवधि मानिन्छ। यस अवधिमा मलेसियाको आर्थिक वृद्धिदर ८ प्रतिशतभन्दा उच्च रह्यो। महाथिरले २५ वर्ष लामो गुरुयोजना अघि सारे। गुरुयोजना सार्वजनिक गर्दै उनले भने, ‘सन् २०२० सम्म मलेसियालाई विश्वकै विकसित राष्ट्रका रुपमा उभ्याउँछु।’ त्यसका लागि उनले कृषि, प्राकृतिक संशाधन, निर्यात र पूर्वाधार विकासमा जोड दिए। त्यसपछि मलेसियाको आर्थिक विकास निरन्तर सकारात्मक रह्यो।

देशको आर्थिक विकासका लागि उनले केही कठोर कदम चालेका थिए। उनले सन् १९८० को दशकमा आर्थिक विकासका लागि राष्ट्रिय सुरक्षा महत्वपूर्ण हुने उनले निष्कर्ष निकाले । सन् १९८७ मा महाथिरले आन्तरिक सुरक्षा ऐन अघि सारे, जुन ऐनमा राष्ट्रिय संकल्पसामू अरु सबै कुरा गौण भएको मान्यता उल्लेख थियो। उक्त ऐन लागू भएपछि देशका चार प्रतिष्ठित पत्रिकामाथि प्रतिबन्ध लगाइयो। उनले आफ्नो नीतिको विरोध गर्नेहरुलाई पनि नियन्त्रणमा लिए। पूर्वउपप्रधानमन्त्री अनवर इब्राहिमसहित थुप्रै नेता र धर्मगुरुहरु गिरफ्तार गरिए। संविधानको व्याख्या सर्वोच्च अदालतले गर्ने व्यवस्थासमेत महाथिरले बदलिदिए। उक्त कार्यलाई महाथिरका विरोधीहरु लोकतन्त्रमाथिको प्रहार ठान्थे। तर, आर्थिक विकासका क्षेत्रमा उनले गरेको योगदानका कारण नागरिकमाझ उनी लोकप्रिय भए।

चिकित्सा शिक्षा अध्ययन गरेका महाथिर मोहम्मद सन् १९८१ देखि सन् २००३ सम्म मलेसियाका प्रधानमन्त्री रहेका थिए । उनको त्यो कार्यकाललाई एकदम सफल मानिन्छ। आफ्नो २२ वर्षे शासनकालमा उनले आफ्नो दरिलो दृष्टिकोणबाट मलेसियामा यस्तो भौतिक र समाजिक परिवर्तन ल्याए कि मलेसिया विश्वमञ्चमा आर्थिक शक्तिको रूपमा उदायो।

उनले सुरु गरेको आर्थिक उदारीकरणका कारण मलेसियाले विश्वको सबैभन्दा तीव्र गतिको विकास दर हासिल गर्‍यो। उनले मलेसियाका जनताहरूलाई बढी उत्पादनशील बनाए, तिनलाई उच्च प्रविधि अपनाउन प्रेरित गरे र संसारभर महत्वपूर्ण लगानी गर्न थाले। उनकै कार्यकालमा शक्ति राष्ट्रहरुसँग दरिलो कुटनीतिक सम्बन्ध स्थापित भयो।

उनले सुरु गरेको राष्ट्रिय मेलमिलापको सकारात्मक कार्यहरूले मलेसियाका तीन मुख्य जातिहरू मलेय, चिनियाँ र भारतीयहरू सबैमा मेलमिलापको वृद्धि भयो, समावेशिता बढ्यो, समान रूपमा समृृद्धि हासिल भयो। त्यसका अतिरिक्त मेलेसियाली परिचय र आत्मसम्मान निर्माण भयो। महाथिर मोहम्मदले आफ्नो राजनीतिक जीवनको अधिकांश समय छ दशक मलेसियामा शासन गरेको युनाइटेड मलाय नेसनल अर्गनाइजेसनमा खर्च गरे।

चिकित्सकीय अभ्यास गर्दा नै सन् १९५६ देखिबाट उनी सो पार्टीको स्थानीय कमिटीमा सक्रिय थिए। स्थानीय तहबाट उठ्दै उनी सन् १९८१ मा मलेसियाको प्रधानमन्त्री भए। उनले सन् १९९१ मा उदाउँदा युवा नेता अन्वर इब्राहिमलाई उप–प्रधानमन्त्रीका रूपमा चुने। अनवरलाई महाथिरले आफ्नो उत्तराधिकारीका रूपमा समेत प्रस्तुत गरिरहेका थिए। तर, उनीहरूको यो सुमधुर सम्बन्ध सात वर्षपछि तिक्ततामा बदलियो।

महाथिरले अन्बरलाई बर्खास्त गरे र भ्रष्टाचार एवं अनैतिक यौन क्रियाको आरोपमा जेल हाले। धेरैले उनीहरूको सम्बन्धमा फाटो सन् १९९७ मा मलेसियालाई आइपरेको आर्थिक सङ्कटलाई कसरी सम्बोधन गर्ने भन्नेमा दुईबीचमा फरक धारणा जिम्मेवार रहेको बताउँछन्। सन् २००४ मा विभिन्न अन्तर्रा्ष्ट्रिय समुदायहरूको दबाब र आलोचनापछि अन्वर जेलमुक्त भए। जेलमुक्त भएपछि अन्वरले अलग पार्टी गठन गरे र सन् २००८ देखि पकातन रक्यात नामक गठबन्धन बनाएर त्यसको नेता पनि भए।

अनवर भने पहिले महाथिर आफैले नै लगाएको आरोपहरू पुनः उल्टाएर सन् २०१४ मार्चदेखि जेलमा छन्। त्यही कारण उनी निर्वाचनमा सहभागी भएका थिएनन्। तर अदालतमै भएको महाथिर र अन्वरको सम्झौतामा चुनाव जितेमा पहिलो दुई वर्ष महाथिर प्रधानमन्त्री हुने र त्यो क्रममा अनवरको मुद्दा सल्टाएर उनलाई प्रधानमन्त्री हुने बाटो खोल्ने भन्ने छ। महाथिरले नौ वर्षदेखि प्रधानमन्त्री भएका नाजिर रजाकलाई हराएका हुन्। नाजिर कुनै समय महाथिर आफैले राजनीति सिकाएका नेता हुन्।

तर, सन् २०१६ मा रजक जोडिएको भ्रष्टाचार काण्डका कारण उनले आफ्नो पार्टी छाडे। पार्टी छाडेपछि पत्रकारलाई उनले ‘म यूएमएनओ छोड्न चाहन्छु किनकि यो अब यूमएएनओ रहे’ भनेका थिए। उनले थप भनेका थिए, ‘यो पार्टी अब नजिबको प्रतिरक्षा गर्ने पार्टीमा बदलिएको छ। म यस्तो पार्टीमा रहन सक्दिनँ।’

उनले खासमा अघिल्लो वर्षको जुलाईदेखि नजिबको व्यक्तिगत खातामा आएको ७० करोड डलरबारेमा सरकार र पार्टीले नजिबको पक्षमा लागेको कुराको विरोध गरेका थिए। त्यो काण्डको मलेसियामा सार्वजनिक रूपमै ठूलो विरोध भएको थियो। महाथिर पहिलो प्रधानमन्त्री पद छाडेको १५ वर्षपछि र आफूले रगत पसिना बगाएर निर्माण गरेको पार्टी छाडेको दुई वर्षपछि पुनः सत्तामा आएका छन्।

मलेसिया सन् १९५७ मा बेलायतबाट स्वतन्त्र भएको नयाँ राष्ट्र हो। मलेसियाको स्वतन्त्र इतिहास जम्मा ६२ वर्ष लामो इतिहास छ। नयाँ राष्ट्र निर्माण भएको यति छोटो अवधिमा मलेसियाले आफूलाई विकसित राष्ट्रको दर्जामा उभ्याएको छ, जसको श्रेय महाथिरलाई नै जान्छ। उनको त्यही योगदानका कारण महाथिर ९२ वर्षको उमेरमा मलेसियामा फेरि प्रधानमन्त्रीमा निर्वाचित भएका छन्।

९२ वर्षको उमेरमा बसिरन गठबन्धनलाई हराएर मलेसियाको प्रधानमन्त्री चुनिएका महाथिर मोहम्मद शासनमा आउने विश्वको सबैभन्दा वृद्ध नेता भएका छन्। आज मलेसिया जे–जति विकास र प्रगति भएको छ, त्यसको महत्वपूर्ण श्रेय महाथिरलाई नै जान्छ। महाथिरले आफ्नो शासनकालबाट यो पुष्टि गरेका छन्, ‘व्यवस्था मात्र असल भएर पुग्दैन, नेतृत्व पनि असल र राष्ट्रप्रति प्रतिवद्ध हुनुपर्छ।’

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies