Khabar Dabali Logo
  July 21, Sun

रोयल च्यालेन्जर्सलाई मुम्बईको ५ विकेटले धक्का

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को ३१ औं खेलमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई ५ विकेटले पराजित गरेको छ । १ सय ७२ रनको लक्ष्य पछ्याएको मुम्बईले हार्दिक पान्ड्याको अल राउण्डर प्रर्दशनमा एक ओभरमा बाँकी छदै लक्ष्य भेटायो ।

मुम्बईलाई जितको लागि अन्तिम १२ बलमा २२ रन चाहिएको थियो । पान्ड्याले १९ औं ओभरमा २ छक्का र २ चौका सहित २२ रन जोड्दैपछि एक ओभर अगाबै मुम्बइले खेल आफ्नो कब्जामा पर्यो । हार्दिक १६ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ३७ रनमा नटआउट रहे ।

यस्तै मुम्बई ओपनर क्विन्टन डी ककले ४०, कप्तान रोहित शर्माले २८, ईशान किशानले २१ र क्रुनाल पान्ड्या ११ रन बनाएका थिए । रोहित डी ककले पहिलो विकेटका लागि ७‍.१ ओभरभित्र ७० रनको साझेदारी गर्दै राम्रो सुरुवात दिएका थिए । ८ औं ओभरको पहिलो बलमै मोईन अलीले रोहितलाई बोल्ड आउट गरे । त्यसको तीनबलपछि डी ककलाई अलीले नै एलवी डब्लू आउट गराएका थिए ।

बेंगलोरका लागि मोईन अलीले र युजवेन्द्र चाहलले समान दुई तथा मोहम्मद सिराजले १ विकेट हात पारे ।

त्यस अघि मुम्बईको घरेलु मैदान वानखडेमा टस हारेर पहिला ब्याटिङ थालेको बेंगलोरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७१ रन बनाएको थियो ‌। बेंगलोरका लागि एवी डी भिलियर्सले ५१ बलमा ६ चौका र ४ छक्का सहित ७५ रनमा रन आउट भए ।

त्यस्तै मोइन अली ३२ बलमा ५ छक्का र १ चौका प्रहार गर्दै ५० रनमा क्याच आउट भए । अलीलाई लाथिस मलिङ्गाले १८ ओभरको पहिलो बलमा हार्दिक पान्ड्याबाट क्याच आउट गराए । अली र डी भिलियर्सले तेस्रो विकेटका लागि ९५ रनको साझेदारी गर्दै बेंगलोरको इनिङ्स उकासे । बेंगलोरका अन्य ब्याट्सम्यानले भने राम्रो प्रर्दशन गर्न सकेनन् ।

तेस्रो ओभरको पहिलो बलमा जोसन बेहरनडोफले किकेटकीपर क्विन्टन डी ककबाट क्याच आउट गर्नु अघि कप्तान विराट कोहलीले ८ रन बनाए । मुम्बईका लागि लाथिस मलिङ्गाले ४ र हार्दिक पान्ड्या र जोसन बेहरनडोफले समान समान १ विकेट हात परे ।

यो जितसँगै मुम्बई ८ खेलमा ५ मा जित र ३ मा हारका साथ तेस्रो स्थानमा रहेको छ । बेंगलोरको भने अघिल्लो चरणको अव अंक गणीतिय संभावना मात्र बाँकी रहेको छ । बेंगलोर ८ खेलमा ७ मा हार १ मा जितका साथ अ‌ंक तालिकाको पुछारमा छ ।

बैशाख ३ गते, २०७६ - ०७:२७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ठूला आयोजनामा किन पटकौं पटक अवरोध खेप्नु पर्छ ?

काठमाडौं । सरकारले राष्ट्रिय गौरव र प्राथमिकतामा राखेका आयोजनाको संख्यामा पर्वतमा मात्रै दर्जनभन्दा...   

मेलम्ची खानेपानी उपत्यकामा आउन अझै डेढ वर्ष कुर्नुपर्ने

काठमाडौं । सिन्धुपाल्चोकस्थित मेलम्ची खोलाको पानी काठमाडौँ उपत्यकामा ल्याउने काम सुरु भएको तीन दसक...   

कसले बनाउने मेट्रो रेल ?

काठमाडौं । सरकारले संघीय राजधानीमा मेट्रो रेल्वे निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपीआर)...   

वृद्धभत्ता माग्न गएका जिवित व्यक्तिलाई गाउँपालिकाले मृत्युको प्रमाणपत्र थमाएपछि….

काठमाडौं । जिउँदो व्यक्तिलाई मृत्युको प्रमाणपत्र ! सुन्दा अनौठो लाग्न सक्छ । तर दैलेख भगवतीमाई गाउँपालिकामा...   

प्रभावकारी बन्दै सिसी क्यामेरा

काठमाडौं । काठमाडौं उपत्यकामा सिसी क्यामेराको प्रभावकारीता बढदै गएको छ । प्रविधिको बढदो प्रयोगसँगै...   

अब अधिकृतदेखि माथिका सबै कर्मचारीको कार्यसम्पादन मूल्यांकन हुने

काठमाडौं । केही संस्थान र आयोजना प्रमुखको मात्रै कार्यसम्पादन मूल्यांकन हुँदै आएकोमा सरकारले अब अधिकृतदेखि...   

बालुवाटार जग्गामा प्रमाण नमागी फैसला !

काठमाडौं । बालुवाटारस्थित ललित निवासको जग्गासम्बन्धी दुईवटा मुद्दामा जिल्ला अदालत काठमाडौँले प्रमाण...   

एकताले पूर्णता पाउने, प्रचण्डको भूमिका खोजिँदै

काठमाडौं । पार्टी एकीकरण भएको पन्ध्र महिनापछि नेपाल कम्युनिष्ट पार्टीले एकताको बाँकी कामलाई पूर्णता...   
इरानले गर्यो  ब्रिटिस ट्याङ्क कब्जा

इरानले गर्यो ब्रिटिस ट्याङ्क कब्जा

एजेन्सी। इरानले एउटा ब्रिटिस ट्याङ्कर आफ्नो कब्जामा लिएको भने अर्कोलाई रोकेको छ । इरानी रिभोलुस्नर...   
अफ्रिकन कप फुटबलको च्याम्पियन बन्न् सफल ‘अल्जेरिया’

अफ्रिकन कप फुटबलको च्याम्पियन बन्न् सफल ‘अल्जेरिया’

एजेन्सी । अल्जेरिया अफ्रिकन कप अफ नेसन्सको च्याम्पियन बनेको छ । इजिप्टमा शुक्रबार राति भएको फाइनल...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top