Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

अब सार्वजनिक यातायातमा स्मार्ट कार्ड

काठमाडौँ । उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा स्मार्ट यात्रु कार्डमार्फत भाडा तिर्ने व्यवस्था गरिने भएको छ । काठमाडौं महानगरपालिकाले ऐन बनाएरै सार्वजनिक सवारीमा टिकट प्रणाली अनिवार्य गरेको छ । २४ चैतमा महानगरले पारित गरेको सवारी तथा यातायात व्यवस्थापन ऐनमा महानगर क्षेत्रभित्र सञ्चालन हुने सबै सार्वजनिक सवारीमा कागजी र विद्युतीय यात्रु टिकट अनिवार्य प्रयोग गर्नुपर्ने व्यवस्था छ । तर, ऐनले विद्युतीय टिकट लागू गर्न जोड दिएको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - ‘सार्वजनिक यातायात सञ्चालनमा कागजी र विद्युतीय गरी दुई प्रकारका यात्रु टिकट प्रयोग गर्न सकिनेछ,’ ऐनको दफा ३ मा भनिएको छ, ‘कागजी टिकटको प्रयोगलाई क्रमशः विद्युतीय टिकटले विस्थापित गर्नुपर्नेछ ।’ ऐन पारित भएको १६औँ दिनमा मेयरले प्रमाणीकरण गरेपछि लागू हुन्छ ।

पहिलो चरणमा महानगर क्षेत्रभित्र सञ्चालन हुने ठूला बसमा स्मार्ट यात्रु कार्डको व्यवस्था गर्न लागिएको महानगरका सूचना अधिकारी वसन्त आचार्यले बताए । ‘विद्युतीय टिकट (स्मार्ट कार्ड)ले कागजी टिकटलाई विस्थापित गराउने हाम्रो योजना छ,’ उनले भने, ‘पहिले ठूला बसबाट यसको सुरुवात हुन्छ ।’ अधिकांश सार्वजनिक यातायातमा टिकट प्रणाली प्रयोगमा छैन । यसले यात्रु र सवारी सञ्चालक दुवैलाई समस्या भइरहेको भन्दै महानगरले स्मार्ट कार्डको प्रयोगको तयारी गरेको हो । ‘स्मार्ट कार्डमार्फत भाडा तिर्दा यात्रु र सञ्चालक दुवैलाई फाइदा हुन्छ,’ आचार्यले भने ।

साझाले थाल्यो स्मार्ट कार्डको प्रयोग
साझा यातायातले स्मार्ट यात्रु कार्डमार्फत भाडा उठाउन थालेको छ । टिकट वितरण गरेर भाडा संकलन गर्दा चुहावट भएको भन्दै साझाले विद्युतीय टिकट प्रणाली सञ्चालनमा ल्याएको हो । १५ दिनयता साझाले यात्रु कार्ड वितरण गरिरहेको छ । साझा यातायातका कार्यकारी सञ्चालक भूषण तुलाधरका अनुसार साझाले परीक्षणका लागि पाँच सय कार्ड वितरण गरेको छ । ‘१५ दिनमै राम्रो प्रतिक्रिया पाएका छौँ,’ तुलाधरले भने । साझाले आर्थिक वर्ष ०७४÷०७५ मा एक करोड ७८ लाख रुपैयाँ घाटा भएको जनाएको थियो । २२ चैतमा सम्पन्न १२औँ वार्षिक साधारणसभामा घाटाको कारण चुहावट भएको भन्दै कार्ड प्रणालीबाट भाडा संकलन गर्नुपर्ने निष्कर्ष सञ्चालक समितिले निकालेको थियो । तर, साझाले त्यसअघि नै कार्डको परीक्षण प्रयोग भने सुरु गरिसकेको थियो । साझा यातायातले लामो तथा छोटो दूरीमा ५१ वटा बस सञ्चालन गरिरहेको छ ।

कार्ड प्रयोगका लागि साझाले समन्वय गर्ने
साझा यातायातले कार्ड सिस्टम प्रयोगमा ल्याउन उपत्यकामा सञ्चालन हुने अन्य ठूला बस कम्पनीसँग समन्वय गर्ने भएको छ । ‘साझा मात्रै होइन, सबै ठूला बसमा यो कार्ड प्रयोग गर्न सकिन्छ,’ तुलाधर भन्छन्, ‘यात्रुले कार्ड किनेर सबै बसमा प्रयोग गर्न सक्ने व्यवस्था गर्न हामी प्रयासरत छौँ ।’ यो प्रणाली लागू गर्न अन्य बस कम्पनीले कार्ड रिड गर्ने मेसिन राख्नुपर्नेछ । साझाको कार्ड प्रणाली अन्य बसमा लागू गराउन महानगरले प्रयास गर्ने सूचना अधिकृत आचार्यले बताए ।

सवारीचालक र सहचालकको न्यूनतम योग्यता १० कक्षा पास
ऐनमा बस सञ्चालक, चालक, सहचालक र यात्रुका लागि समेत आचारसंहिता बनाइएको छ । बसचालक र सहचालकले न्यूनतम १० कक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ । त्यस्तै, बसका चालक र सहचालक हुन कुनै फौजदारी अभियोगमा सजाय नपाएको व्यक्ति हुनुपर्नेछ । चालकले जथाभावी बस रोक्न नहुने, जेब्राक्रसिङमा पैदल यात्रुलाई प्राथमिकता दिने, यौनजन्य दुव्र्यवहार नगर्नेलगायत कर्तव्य पालना गर्नुपर्ने व्यवस्था ऐनमा छ । यस्तै, कम्पनीले चालक र सहचालकलाई पोसाकको व्यवस्था गर्ने, बसको नियमित सरसफाइ गराउने, प्राथमिक उपचारका सामग्री, अग्नि नियन्त्रण उपकरण र फोहोर राख्ने भाँडोको अनिवार्य व्यवस्था गर्नुपर्नेछ । कम्पनी, यात्रु, चालक र सहचालकले ऐनविपरीत कार्य गरे पाँच सयदेखि पाँच हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्थासमेत गरिएको छ ।

के हो स्मार्ट यात्रु कार्ड ?
अहिले साझा यातायातले सुरु गरेको स्मार्ट कार्ड चाँडै सबै सार्वजनिक यातायातमा लागू गर्ने महानगरको योजना छ । स्मार्ट यात्रु कार्ड डेबिट कार्डजस्तै हुन्छ । दुई सय रुपैयाँ तिरेर किन्न सकिने कार्डबाट दुई सय रुपैयाँबराबरकै भाडा तिर्न मिल्छ । कन्डक्टरसँग कार्ड रिड गर्ने मेसिन हुन्छ । यात्रु बस चढेपछि कन्डक्टरले कार्ड माग्छन् र ओर्लने स्थान सोध्छन् । यात्रुले आफ्नो गन्तव्य बताएपछि कन्डक्टरले कार्ड मेसिनमा घोट्छन् र भुक्तानी लिन्छन् । त्यो पैसा सीधै साझा यातायातको नेपाल बैंकमा रहेको खातामा जम्मा हुन्छ । कार्डमा कुनै व्यक्तिगत जानकारी हुँदैन, डेबिट कार्डको जस्तो पासवर्ड हुँदैन । फोनको रिजार्च कार्डजस्तै एक व्यक्तिले किनेको कार्ड उसको अनुमतिमा अर्को व्यक्तिले प्रयोग गर्न सक्छ । साझाले प्रयोगमा ल्याएको कार्ड एनक्लाउड नामक कम्पनीले डिजाइन गरेको हो ।

यसरी किन्ने कार्ड
साझा यातायातका कन्डक्टरले नै कार्ड बेच्दै आएका छन् । साझाको पुल्चोकस्थित कार्यालयमा समेत कार्ड किन्न पाइन्छ । कार्डमा रहेको रकम सकिएपछि रिचार्ज गर्न मिल्छ । कन्डक्टरले भाडा संकलन गर्ने मेसिनबाट रिचार्ज गरिदिन्छन् । कार्ड किन्दा रहेको दुई सय रुपैयाँ सकिएपछि प्रयोगकर्ताले ५० देखि पाँच सय रुपैयाँसम्म रिचार्ज गर्न सक्छन् । ‘रिचार्ज गर्न पनि सजिलो छ । पैसा बोक्नैपर्ने झन्झट यात्रुलाई हुँदैन,’ साझा यातायातका कार्यकारी सञ्चालक भूषण तुलाधर भन्छन्, ‘तोकिएको भाडा मात्र काट्छ ।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies