Khabar Dabali Logo
  July 21, Sun

प्रम ओलीले यसाे भन्दा काँग्रेसकाे आपत्ति

काठमाडौं, २ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिमाथि आपत्ति जनाएको छ । सोमबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर सरकाले एक वर्षमा वुद्धिजीवि, पत्रकार र विपक्षीलाई धम्की दिने काम गरेको बताएको हो ।

साथै काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिलाई आपत्तिजनक रहेको ठहर गरेको छ । पत्रकार सम्मेलनमा उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्रीले केटाकेटीलाई ढुंगा हान्न उक्साएको आरोप समेत लगाए । उनले अघि भने,‘बुढाबुढीको छेउमा गएर नभन्नुहोला, ढुंगा हान्छन् । केटाकेटीले सुन्ने गरी नभन्नुहोला लखेट्छन् भन्नुभयो,’ उपसभापति निधिले भने, ‘प्रधानमन्त्रीको यो अभिव्यक्ति आपत्तिजनक छ, हामी यसको घोर भर्त्सना गर्दछौँ ।’

२०७६ सालको पहिलो दिनको अवसर पारेर सुरु गरिएको ‘खोलौं बैंक खाता अभियान’ शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले, ‘बुढाबुढीको छेउमा गएर नभन्नुहोला, ढुंगा हान्छन्, परपर भन्नुस् । केटाकेटीले सुन्ने गरी नभन्नुहोला’ भनेका थिए ।

त्यस्तै, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रवक्ता शर्माले बालुवाटारको ललिता निवासको जग्गा काण्डमा मुछिएका सत्तारुढ पार्टीका महासचिव विष्णु पौडेलमाथि प्रधानमन्त्री कस्तो कदम चाल्छन् हेर्न बाँकी रहेको टिप्पणी गरे । उनले प्रधानमन्त्री ओलीलाई जिम्मेवार भएर देशको नेतृत्व गर्न आग्रह गरे । उनले भने, ‘अघिल्लो वर्ष जे जस्तो भए पनि नयाँ वर्षमा जिम्मेवार अभिव्यक्ति, जिम्मेवार व्यवहार गर्न प्रधानमन्त्रीलाई हाम्रो आग्रह छ ।’

बैशाख २ गते, २०७६ - २०:५३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वडा कार्यालयमा विप्लवले गरे तोडफोड

वडा कार्यालयमा विप्लवले गरे तोडफोड

दुल्लु, साउन ४ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेकपाका कार्यकर्ताले दैलेखको आठवीस नगरपालिका–१ को वडा...   
सरकारको काम-कारबाही प्रभावकारी नभएकाे नेकपा नेताकाे भनार्इ

सरकारको काम-कारबाही प्रभावकारी नभएकाे नेकपा नेताकाे भनार्इ

बुटवल। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एक स्थायी समिति सदस्यले नै सरकारकाे काम प्रभावकारी नभएकाे...   

पन्ध्र लाख घुससहित तीन इञ्जिनीयर पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन इञ्जिनीयरलाई पक्राउ गरेको छ ।  उनीहरूलार्इ रु १५...   
भ्रष्टाचार मुद्दा लागेका त्रिविका पूर्व कर्मचारीले गरे आत्महत्या

भ्रष्टाचार मुद्दा लागेका त्रिविका पूर्व कर्मचारीले गरे आत्महत्या

काठमाडौं । कर्मचारी भर्नाका लागि लिइएको परीक्षाको उत्तरपुस्तिका परीक्षणमा अनियमितता गरेको आरोपमा...   

रेमिट्यान्स्ले धानेकाे देश, कति भित्रियाे एक वर्षमा रेमिट्यान्स् ?

काठमाडौं । आर्थिक वर्ष २०७५/७६ को एघार महिनाको अवधिमा आठ खर्ब रुपैयाँ बराबरको विप्रेषण भित्रिएको छ...   

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सप्तरी । रुपनी गाउँपालिकामा टिपरको ठक्करले मोटरसाइकल चालकको मृत्यु भएको छ । वडा नम्बर १ स्थित रुपनी–राजविराज...   
घरको ओछ्यानमा आराम गर्न जब बाघ आइपुग्यो

घरको ओछ्यानमा आराम गर्न जब बाघ आइपुग्यो

भारतको बाढीग्रस्त आसाम राज्यको एउटा राष्ट्रिय निकुञ्जबाट भागेको बाघ एउटा व्यापारीको पसल रहेको घरभित्र...   
धनगढी बिस्फाेटकाे जिम्मा लियाे विप्लव समुहले (विज्ञप्ति सहित)

धनगढी बिस्फाेटकाे जिम्मा लियाे विप्लव समुहले (विज्ञप्ति सहित)

काठमाडौं ।  बिहीबार साँझ धनगढीकाे सहिद गेटमा भएको बम विस्फोटको जिम्मेवारी विप्लव नेतृत्वको नेकपाले...   
एपलद्वारा अपाङ्गतासम्बन्धी नयाँ इमोजीहरू जारी

एपलद्वारा अपाङ्गतासम्बन्धी नयाँ इमोजीहरू जारी

एपलले केही नयाँ इमोजीहरूको घोषणा गरेको छ जसमा ह्वीलचेयरमा बसेको व्यक्ति, छडीको सहारामा हिँडिरहेका...   

नगर विकास कोषको सञ्चालक समिति सदस्यमा मेयर दाहाल मनोनयन

भरतपुर । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल नगर विकास कोषको सञ्चालक समितिको सदस्यमा मनोनयन भएकी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top