Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

हेर्दाहेर्दै साथीलाई विमानले किच्यो तर मैले भने नयाँ जीवन पाएँ- प्रहरी निरीक्षक लिम्बू

सोलुखुम्बु । नयाँ वर्ष २०७६ को पहिलो दिन वैशाख १ गते बिहानैदेखि अधिकांशको मोबाइलमा शुभकामना आदनप्रदानको कार्यक्रम चलिरहेको थियो तर त्यही बेला पर्यटकीय क्षेत्र लुक्लामा समिट एयरको बिमान दुर्घटको खबरले अधिकांश दुखित भए ।

पर्यटक आउने याम भएकाले तेञ्जिङ हिलारी विमानस्थल लुक्ला यति बेला निक्कै व्यस्त रहन्छ । आइतबार पनि बिहानैदेखि उडान तथा अवतरण चलिरहेका बेला ९.२० मा समिट एयरकोे ९ एन–एएमएच विमान दुर्घटनामा पर्योे । प्रत्यक्षदर्शी प्रहरी निरीक्षक देउप्रसाद लिम्बूका अनुसार धावनमार्गको दायाँ भागमा रहेको हेलिकोप्टर पार्किङस्थलमा मनाङ एयरको हेलिकोप्टर अवतरण भएको केही मिनेटमै एउटा विमान उडेको थियो । त्यतिबेलासम्म समिट एयर रनवेको बायाँपट्टी रहेको पार्किङस्थलमा नै उड्नका लागि तयार भएको थियो ।

लुक्लाबाट पर्यटक लिन रामेछापको मन्थली विमानस्थल उड्न लागेको विमान धावन मार्गको दुईसय मिटर पर पुगी एक्कासि दायाँतिर मोडियो र पार्किङ गरी राखिएको मनाङ र श्रीएयरको हेलिकोप्टरमा ठोक्किन पुग्दा दुर्घटना भएको प्रहरी निरीक्षक लिम्बूले बताए ।

“बिहानैदेखि हामीसँगै थियाैं ।” उनले भने, प्रहरी नायब निरीक्षकद्वय रामबहादुर खड्का र रुद्र श्रेष्ठ केहीमिटर तल थिए, हामी पनि त्यतै जाँदै थियौं, विमानको आवाज अलि फरक खालको सुनियो र फर्केर हेर्दा हामीतिरै विमान आउँदै गरेकाले माथिल्लो कुनातिर लाग्याैं, तर उहाँहरू पछाडि नफर्किएकाले हुनसक्छ दुबैलाई किच्दै हेलिप्याडमा पुगेर त्यहाँ रेहेको हेलिकोप्टरलाई समेत क्षति पुर्यायो, हामी तत्काल उद्धारमा जुट्यौ ।” प्रहरी निरीक्षक लिम्बूले भने, “दुई प्रहरी नायब निरीक्षकलाई हेर्दाहेर्दै विमानले किच्यो, खड्काको तत्काल मृत्यु भयो, श्रेष्ठ भने सख्त घाइते भए ।”

भावुक बनेको उनले बताए,“केही मिटरको दूरीमा रहेका सहकर्मीको एकसेकेण्डमै मृत्यु भयो तत्काल खटियौँ, घाइतेलाई पाँच मिनेटमै काठमाडौँ पठायौं, अनि मृतकलाई केही समयपछि ।” दुर्घटनामा समिट एयरका सहचालक काठमाडौँको चावहिलका ३४ वर्षीया सुजित ढुङगाना, दोलखा घर भई लुक्लास्थित पर्यटन प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक ३९ वर्षीय रामबहादुर खड्काको घटनास्थलमै मृत्यु भयो ।

भोजपुर जिल्ला घर भएका प्रहरी नायब निरीक्षक ४२ वर्षीय रुद्र श्रेष्ठको काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक लिम्बूले बताए । प्रहरी सहायक निरीक्षक रामबहादुर खड्का पर्यटक प्रहरी कार्यालय लुक्लाका प्रमुख थिए भने रुद्र श्रेष्ठले विमानस्थल सुरक्षा गार्ड प्रमुख थिए । उनीहरू बिहानैदेखि विमानस्थलको सुरक्षाको लागि अन्य सहकर्मीसहित खटिएको प्रहरी निरीक्षक लिम्बूले बताए ।

आफू नाम्चे इलाका प्रहरी कार्यालयका प्रमुख भएपनि वसन्त ऋतुको यो याममा पर्यटकको चाप अत्याधिक हुनेभएपछि लुक्ला विमानस्थलमै खटिने गरेको उनको भनाइ थियो ।

विमानस्थलमा खटिएका प्रहरीले बिहानैदेखि खानासमेत नखाइकन दिउँसो उडान तथा अवतरण बन्द नभएसम्म बस्नुपर्ने हुन्छ त्यसैले आइतबार बिहान पनि सबैजना भोकै रहेको लिम्बूले सुनाए । चियासमेत नखाइकन सुरक्षामा बसेको साथीको ज्यान गयो । उनले भने, “भाग्यले बाँचियो, मेरै आखाँ अगाडि केही मिटरको फरकमा दुई सहकर्मी गुमाउनुपर्दा ज्यादै दुःख लागेको छ ।” लिम्बू भने, “तत्काल उद्धारमा लागिएकाले त्यसबेला केही महसुस भएन तर अहले नयाँ जिन्दगी पाएछु जस्तो लागिरहेको छ ।”

“मैले नयाँजीवन पाएँ ।” उनले बताए, “घाइतेले पनि नयाँ जीवन पाए भन्दा फरक पर्दैन ।” घाइते हुनेमा काठमाडाैं कालिमाटीटोल घर भएका समिट एयरका चालक रविनाथ रोकाय, ललितपुर उपमहानगरपालिका भैैसेपाटी निवासी मनाङ एयरका चालक ४८ वर्षीय चेतबहादुर गुरुङ, मनाङ एयर लुक्लाका स्टेशन म्यानेजर खुम्बुपासाङ ल्हामु गाउँपालिका २ का ४३ वर्षीय लाक्पा छिरिङ शेर्पा र मनाङ एयरकै कर्मचारी खुम्बुपासाङ ल्हामु गाउँपालिका २ का ५५ वर्षीय स्याङबुचे कार्की रहेको प्रहरीले जनाएको छ ।

जोखिमपूर्ण विमानस्थलमध्ये एक मानिने लुक्ला विमानस्थलको रनवेको लम्बाइ सामान्य विमानस्थलको भन्दा निकै कम (५२७ मिटर) मात्र रहेको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies