Khabar Dabali Logo
  April 24, Wed

अन्डर १९ विश्वकप क्रिकेट छनोट, नेपालद्वारा मलेशिया आठ विकेटले पराजित

काठमाडौं । अन्डर १९ विश्वकप क्रिकेट प्रतियोगिताको एशिया छनोट प्रतियोगितामा नेपालले मलेशियालाई आठ विकेटले पराजित गरेको छ।

स्पिनरद्वय पवन सराफ र कुशल मल्लले तीन/तीन विकेट लिएपछि नेपालले आयोजक मलेशियालाई ३३.५ ओभरमा ९२ रनमा सीमित पार्‍यो।

दोस्रो इनिङ्समा ब्याटिङ गर्दा नेपालले १९ ओभरमै लक्ष्य पूरा गर्यो।प्रारम्भिक ब्याट्सम्यान रित गौतमले ३९ रन बनाए भने आसिफ शेख र सराफले क्रमशः २६ र १९ रन बनाए।

ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट खेल प्रदर्शन गरेका सराफ प्लेयर अफ द म्याच घोषित भए।उनले ८.५ ओभर बलिङ गर्दा १३ दिएर तीन विकेट लिएका थिए ।

टस जितेर फिल्डिङ रोजेको नेपालले सुरुदेखि नै मलेशियालाई दबावमा राखेको थियो।

पहिलो खेलमा सिंगापुरमाथि २१७ रनको जित निकालेको नेपाल दोस्रो खेलमा डीएल नियमका आधारमा यूएईसँग १ रनको हार व्यहोरेको थियो। वर्षाले खेल अवरुद्ध भएपछि नेपाललाई क्षति पुगेको हो । यूएईसँगको हारले विश्वकपमा छनोट हुने नेपालका लक्ष्य भने कठीन भएको छ। यस प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली मात्रै अर्को वर्ष दक्षिण अफ्रिकामा हुने विश्वकपकोमा छनोट हुनेछ।

अबका खेलमा नेपालले जिते मात्रै पुग्दैन नेपालले यूएईले कम्तिमा एक खेल गुमाउँनु पर्ने छ र त्यसमा नेट रन रेटमा समेत नेपालले उछिन्नु पर्ने छ। यूएई अहिसम्मका तीन खेलमा शतप्रतिशत जित निकाल्दै शीर्ष स्थान छ। आजै भएको कुवेतविरुद्धको खेलमा यूएईले ७ विकेटको जित निकाल्यो।

बैशाख २ गते, २०७६ - १२:१३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धादिङ केन्द्रबिन्दु भएर फेरि अर्को भूकम्पको धक्का

काठमाडौं। धादिङ केन्द्रबिन्दु भएर आज दिउँसो ३ बजेर ५ मिनेट जाँदा फेरि अर्को भूकम्पको धक्का गएको छ । नौबिसे...   
भिषण बाढीमा परी ५१ जनाको मृत्यु

भिषण बाढीमा परी ५१ जनाको मृत्यु

जोहानसबर्ग । दक्षिण अफ्रिकाको पूर्वी क्षेत्रमा आएको बाढीमा परी कम्तीमा ५१ जनाको मृत्यु भएपछि राष्ट्रपति...   

सेनाले गरेको कारवाहीमा परि जिल्ला कमाण्डरसहित १७ जनाको मृत्यु

तालुकान। अफगानिस्तानको उत्तरी प्रान्त ताखरको दासत–ए–काला जिल्लामा सुरक्षा बलले तालिबान लडाकु विरुद्ध...   

कम्युनिष्ट पार्टी अवसरवादी होइन भनेर स्थापित गर्नुछ – अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले कम्युनिष्ट पार्टी जडसूत्रवादी र अवसरवादी...   

अब खुला दूध बेच्न नपाइने

हेटौँडा। मकवानपुर जिल्लामा खुलारुपमा बिक्री हुने अप्रशोधित दुग्ध बिक्री वितरणमा प्रतिबन्ध लगाइएको...   

नेपालद्वारा मलेशिया ३९ रनले पराजित

काठमाडौँ । थाइल्याण्डमा जारी एसिसी १६ वर्षमुनि(यु–१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत...   

प्रदेश नं ५ मा चार पटक प्रदेशसभा स्थगित

खस्यौली । प्रदेश नं ५ को प्रदेशसभामा एक वर्षको अवधिमा चार पटक प्रदेशसभा स्थगन भएको छ । खास गरेर विपक्षी...   

अवैध भरुवा बन्दुकसहित दुई थापा पक्राउ

स्याङ्जा। स्याङ्जामा नौ थान अवैध भरुवा बन्दुक प्रहरीले नियन्त्रणमा लिएको छ । गृह मन्त्रालयबाट अवैध...   

मकवानपुरमा सवारी दुर्घटना, एक सय ३३ जनाको मृत्यु

हेटौँडा । मकवानपुरमा विगत एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी ५१ को मृत्यु भएको छ । दुर्घटनाबाट ४३...   
सभामुख महराको निवास अगाडि आगलागी

सभामुख महराको निवास अगाडि आगलागी

काठमाडौं। बालुवाटारस्थित सभामुख कृष्ण बहादुर महराको निवास अगाडि आगलागी भएको छ । बिजुलीको पोलमा तार...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top