Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

सन्दीप आबद्ध दिल्लीले हैदरावादलाई पराजित गरी अंक तालिकामा दोस्रो स्थानमा पुग्न सफल

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्स सनराईजर्स हैदरावादलाई ३९ रनले पराजित गर्दैं अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । आइतबार राती सम्पन्न प्रतियोगिताको ३० औं खेलमा १५ ओभर खेल्दा १०० रन बनाउँदै २ विकेटको अवस्थामा रहेको हैदरावादले अन्तिम १६ रन जोड्न ८ विकेट गुमाएपछि नाटकीय हार ब्यहोरेको हो ।

हैदरावादको घरेलु मैदान राजिभ गान्धी इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५५ रन बनाउन सफल भएको थियो ।

१ सय ५६ रनको लक्ष्यसहति जवाफी ब्याटिङमा उत्रिएको हैदरावाद १८।५ ओभरमा सबै विकेट गुमाएपछि १ सय १६ रनमा समेटियो । १५ ओभर खेल्दा १०० रन बनाउँदै २ विकेटको अवस्थामा रहेको हैदरावादले अन्तिम १६ रन जोड्न ८ विकेट गुमाएपछि नाटकीय हार ब्यहोर्यो ।

हैदरावादका लागि ओपनर डेविड वार्नरले ४७ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ५१ बनाए । हैदरावादका लागि ओपनर जोनी बेयरस्ट्रो र डेविड वार्नरले पहिलो विकेटका लागि ७२ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । तर १६ रन जोड्दा ८ विकेट गुमाउन पुग्यो । जसकारण उनीहरुको साझेदारी काम लागेन ।

यता दिल्लीका लागि कप्तान ऐयरले ४५ बलमा ५ चौका सहित सर्वाधिक ४५ रनको योगदान दिए । कोलिन मुनरोले २४ बलमा ३ छक्का र ४ चौका प्रहार गर्दै ४० र विकेटकीपर ऋषभ पन्तले २३ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । ओपनर पृथ्वी शा ४ र शिखर धवन ७ रनमा आउट भए ।

बलि हैदरावादका लागि खलिल अहमदले ३, भुवनेश्कर कुमारले २,राशिद खान र अभिषेक शर्माले समान १ विकेट हात पारे । यस्तै दिल्लीका लागि कागीसो रबाडाले ४ ,क्रिस मोरिस र किमो पलको नाममा समान ३ विकेट लिन सफल भए ।

यो जितसँगै दिल्ली ८ खेलमा ५ मा जित र ३ मा हारका साथ दोस्रो स्थानमा उक्लिएको छ । चेन्नई सुपर किंग्स ८ खेलमा ७ मा जित र १ मा हारका साथ १४ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies