Khabar Dabali Logo
  June 17, Mon

संसारको ‘सबैभन्दा ठूलो विमान’ को पहिलो उडान

पखेटाको फैलाइलाई आधार मान्दा संसारको सबैभन्दा ठूलो विमानले पहिलो चोटि उडान गरेको छ। यसको निर्माण स्ट्र्याटोलन्च कम्पनीले गरेको हो र यसबाट उड्दाउड्दै भू‍उपग्रह प्रक्षेपण गर्न सकिन्छ।

माइक्रोसफ्टका सहसंस्थापक पोल एलनले सन् २०११ मा स्ट्र्याटोलन्चको स्थापना गरेका थिए। पृथ्वीको अक्षमा भू-उपग्रह प्रक्षेपण गर्नुअघि यो विमानलाई १० किलोमिटर उडाइन्छ।

यसको विङ्स्प्यान अर्थात् एउटा पखेटाबाट अर्को पखेटाबीचको दुरी एक सय १७ मिटर छ। अर्थात् यो दुरी एउटा अमेरिकन फुटबल मैदानको लम्बाइजत्तिकै छ। यो प्रयोग सफल भयो भने अन्तरिक्षमा भू-उपग्रह पठाउन जमिनबाट रकेट प्रक्षेपण गर्नुभन्दा विमान नै सस्तो पर्नेछ।

आफ्नो पहिलो उडानमा सो ट्विन-फ्युजलाज अर्थात् दुईवटा विमान जोडेर एउटै बनाइएको विमान चार हजार पाँच सय ७२ मिटर उड्यो र यसको गति २७४ किलोमिटर प्रतिघण्टासम्म पुगेको थियो।

यसमा छवटा इन्जिन छन्। पहिलो उडानबाट फर्किएपछि विमानचालक एभन टामसले “अद्भुत” अनुभव भएको र अधिकांश समय विमान सोचेजसरी नै उडेको सञ्चारकर्मीहरूलाई बताए।

आफ्नो वेबसाइटमा स्ट्र्याटोलन्चले आफ्नो लक्ष्य “अक्षको पहुँच एउटा व्यावसायिक विमान चढेकोजस्तै सजिलो” बनाउने भएको बताएको छ।

ब्रिटिश अर्बपति रिचर्ड ब्र्यान्सनको कम्पनी भर्जिन गल्याक्टिकले पनि धेरै माथिबाट अक्षमा रकेट प्रक्षेपण गर्न मिल्ने विमान बनाएको छ।

स्ट्र्याटोलन्चले आफ्नो विमानलाई “संसारकै ठूलो विमान” भनेको छ। तर चुच्चोदेखि पुच्छरसम्मको लम्बाइलाई मान्दा योभन्दा ठूला विमानहरू पनि अस्तित्वमा छन्। बिबिसिबाट

बैशाख १ गते, २०७६ - २१:०७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन–२’ मा काेच फेरिए

रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन–२’ मा काेच फेरिए

काठमाडौं । लोकप्रिय रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन–२’ मा पहिलेका काेच फेरिने भएका छन् । सिजन २...   
हातखुट्टा बाँधेर नदीमा पसेका जादुगर बेपत्ता

हातखुट्टा बाँधेर नदीमा पसेका जादुगर बेपत्ता

भारतका एक प्रख्यात जादुगर हातखुट्टा बाँधेर जादु देखाउन नदीमा छिरेपछि बेपत्ता भएका छन्। उनको मृत्यु...   

अर्थतन्त्रमा छाडापन हाबी: नेता शर्मा

काठमाडौं, २ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता तथा सांसद जनार्दन...   

विवादित विधेयक फिर्ता लिन राप्रपाको माग

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विवादित विधेयक फिर्ता लिन सरकारलाई...   

खानेपानी विदेश निर्यातका लागि सरकारकाे गृहकार्य तीव्र

काठमाडौं । नेपालका एक दर्जनभन्दा बढी क्षेत्रबाट विदेशमा निर्यातयोग्य पानीको उत्पादन गर्न सकिने देखिएको...   
किन समायाे पुलिसले वैद्यका केन्द्रीय सदस्यसहित १७ जना कार्यकर्ता ?

किन समायाे पुलिसले वैद्यका केन्द्रीय सदस्यसहित १७ जना कार्यकर्ता ?

काठमाडौं । मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्यसहित...   
नेपाली स्याटेलाइटले पृथ्वीको परिक्रमा गर्न थाल्यो

नेपाली स्याटेलाइटले पृथ्वीको परिक्रमा गर्न थाल्यो

काठमाडौं । नेपालको पहिलो भूउपग्रह ‘नेपालीस्याट–वान’ सफलतापूर्वक पृथ्वीको परिक्रमा सुरु गरेको छ...   

अनर्गल प्रचारबाजीले जनतामा निराशा छायाेः मुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सञ्चारका विभिन्न माध्यमबाट भइरहेको...   
नेकपा नेताले भने, कार्यशैलीमा सुधार नल्याए अर्को चुनावमा भासिन्छाैं

नेकपा नेताले भने, कार्यशैलीमा सुधार नल्याए अर्को चुनावमा भासिन्छाैं

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा प्रभावशाली युवा नेता लेखनाथ न्यौपानेले...   
काठमाडौंमा पाकेट मार्ने ८२ जना पक्राउ

काठमाडौंमा पाकेट मार्ने ८२ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले सार्वजनिक सवारी साधनमा पाकेटमार तथा चोरी गर्ने ८२ व्यक्तिलाई पक्राउ गरेको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top