बीबीसी । मानव प्रजातिको सूचीमा अर्को एउटा नाम जोडिएको छ जसको अवशेष फिलिपिन्सको एक गुफामा भेटिएको छ । लोप भइसकेको यो नयाँ प्रजातिको अवशेष फिलिपिन्सको सबैभन्दा ठूलो द्वीप लूजोनमा भेटिएको छ । यो प्रजातिको नाम होमो लूजोनेसिस राखिएको छ । यो प्रजातिमा पाइने केही –केही भौतिक विशेषताहरु प्राचीन मानव प्रजाति र अहिलेका मानव प्रजातिसँग मिल्दोजुल्दो छ ।
यी प्राचीन मानवको सम्बन्ध अफ्रिकासँग जोडिएको हुनसक्ने जो पछि दक्षिण पूर्व एशियामा बसाईं सरेको हुनसक्ने अनुमान लगाइएको छ । यो अवशेष भेटिनुअघि यस्तो हुनु लगभग असम्भव मानिएको थियो ।
यो खोजपछि फिलिपिन्स र यो प्रान्तमा मानव प्रजातिको विकास निकै जटिल भएको हुनसक्ने अनुमान गरिएको छ किनभने यहाँ पहिलेदेखि नै तीन वा त्योभन्दा बढी मानव प्रजातिको बसोबास थियो । यीमध्ये एक थियो छोटो कद भएका ‘हबिट’ वा होमो फ्लोरेसिन्सिस जो इन्डोनेशियाको फ्लोर्स नामको द्वीपमा करिब ५० हजार वर्षसम्म रहेका थिए ।
नेचर पत्रिकाका अनुसार होमो लूजोनेसिसको अवशेष लूजोनको उत्तरमा भएको कैलाओ गुफामा भेटिएको हो । यो ६७ हजार देखि ६० हजार वर्ष पुरानो हुनसक्ने अनुमान गरिएको छ । गुवलामा भेटिएको अवशेषमा मानव शरिरका तीन हिस्सा भेटिएका छन् जसमा दाँत, हात र खुट्टाको हड्डी समावेश छ । यो अवशेष चार व्यक्तिका हुन् जसमध्ये एक युवाको अवशेष हो । यसलाई सन् २००७ मा गुफाको उत्खननका बेला निकालिएको थियो ।
होमो लूजोनेसिसका केही विशेषता आजका मानव प्रजातिसँग मिल्छ तर केही विशेषता २० देखि ४० लाख वर्षअघि अफ्रिकामा उभिएर हिँड्ने बाँदरजस्ता देखिने अस्ट्रलोपेथेसीन नामको मानव प्रजातिसँग मेल खान्छ ।
हात र खुट्टाका औंला भित्रतर्फ मोडिएको छ जसले उनीहरु रुख चढ्ने गर्दथे भनेर इशारा गर्छ । होमा इरेक्टस ती पहिलो प्रजाति थिए जो १९ लाख वर्ष अघि अफ्रिका छोडेर बाहिर आएको अनुमान गरिन्छ । लूजोन द्वीप चारैतर्फ पानीले घेरिएको छ र त्यसकारण यो नयाँ खोजले उनीहरु आखिर त्यहाँ कसरी पुगे भन्ने प्रश्न पैदा गर्छ ।
होमा लूजोनेसिसका साथै दक्षिण पूर्वी एशियामा डेनिसोवन्स नामको एक मानव प्रजाति पनि पाइएको थियो । यो इलाकामा आएपछि यो प्रजाति होमो सेपियन्ससँग घुलमिल भएको अनुमान गरिन्छ । यो डिएनए विश्लेषणको आधारमा मानिएको हो किनभने यो इलाकामा डेनिसोजन्सका कुनै पनि अवेशष पाइएका छैनन् ।
प्रतिकृया लेख्नुहोस्: