Khabar Dabali Logo
  July 21, Sun

यस्तो गाउँ, जहाँ पुरै परिवार लालपुर्जाविहीन

अछाम । मेल्लेख गाउँपालिका–३ ठाँटीका बासिन्दा लालपुर्जाविहीन छन्। तीन दशकमा तीनपटक जग्गाको नापजाँच हुँदा पनि स्थानीयले धनीपुर्जा पाउन सकेका छैनन्। ४ सय घरधुरीले कानुनी रूपमा जग्गा कारोबार गर्न पाएका छैनन्।

तत्कालीन ठाँटी गाविसमा २०४५र४६ मा पूरै जग्गा नापनक्सा कार्य सम्पन्न भएको थियो। तर, छिमेकी कुस्कोट गाविस–३ सँग सीमा विवाद हुँदा जग्गा दर्ता रोकिएको थियो। तत्कालीन दुई गाविसबीचको भेलाबाट ०५५ मा आधा–आधा जग्गा लिने सहमति भएको थियो। ०५५ मा सबै जग्गाको नाप, नक्साको काम सम्पन्न भएको ठाँटीका नरेन्द्र नेपालीले बताए।

मालपोत कार्यालयले जग्गा दर्ताका लागि सातदिने सूचना निकालेको थियो। मालपोत जाँदा कार्यालय प्रमुख नहुँदा दर्ता हुन नसकेको स्थानीय शंकर शाहले बताए। ‘देशमा सशस्त्र द्वन्द्व चल्यो। ०५८ मा सदरमुकाम ध्वस्त हुँदा भएभरका सबै प्रमाण नष्ट भए’, उनले भने, ‘लालपुर्जा नहँुदा समस्या भएको छ।’

माओवादीले आक्रमण गर्दा जिल्ला सदरमुकाममा रहेको नापी, मालपोत कार्यालय ध्वस्त भएको थियो। जग्गासम्बन्धी अभिलेख नष्ट हुँदा दर्ता प्रक्रिया अवरुद्ध बनेको थियो।

नापी टोलीले ०७२ मा जग्गाको पुनः नापजाँच गरी आफूसँग भएका प्रमाण ल्याएर जग्गा दर्ता गर्न आउन सूचना निकाल्यो। तर, प्रमाण नहुँदा जग्गाको पुर्जा लिन नसकिएको वडाध्यक्ष केशबहादुर शाहको भनाइ छ।

विभिन्न ठाउँमा पहल गर्दा पनि कुनै निर्णय हुन नसकेको स्थानीय हेमराज शाहले बताए। पछिल्लो समय जिल्लाभर नापी भए पनि कागज नभेटिएपछि लालपुर्जा वितरण गर्न नसकिएको नापी कार्यालयले जनाएको छ। जग्गा भोगचलन गर्दै आए पनि स्वामित्व आफूहरूसँग नहुँदा बेचबिखन गर्न र बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन नपाएको स्थानीय रामबहादुर शाहले बताएको खबर आजको अन्नपूर्णमा छ ।

बैशाख १ गते, २०७६ - १४:३४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यी हुन् नेकपाका जिल्ला इन्चार्ज र सह–इन्चार्ज (नामावलीसहित)

यी हुन् नेकपाका जिल्ला इन्चार्ज र सह–इन्चार्ज (नामावलीसहित)

काठमाडौं । पार्टी एकता भएको १४ महिनापश्चात नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जिल्ला इन्चार्ज र सह–इन्चार्जको...   

नेकपाका जिल्ला इन्चार्ज र सह–इन्चार्जको नामावली टुंगियो, आजै सार्वजनिक हुने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय वैठक सम्पन्न भएको छ । वैठकले इन्चार्ज...   

नेकपा सचिवालय वैठक सुरू, एकताका बाँकी कुरा टुंगीने सम्भावना

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटार...   
अख्तियारको कारबाही : एक वर्ष २ सय कर्मचारी घुससहित रंगेहात पक्राउ, नासु तहका कर्मचारी मात्रै ४७ जना

अख्तियारको कारबाही : एक वर्ष २ सय कर्मचारी घुससहित रंगेहात पक्राउ, नासु तहका कर्मचारी मात्रै ४७ जना

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षको अवधिमा २ सय जना कर्मचारीलाई घुससहित रंगेहात...   

राप्रपाको उत्पीडित उत्थान संगठनको केन्द्रिय संयोजकमा श्रवण कुमार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनको...   
केन्यामा पक्राउ परेका नेपाली महिला घर फर्किए

केन्यामा पक्राउ परेका नेपाली महिला घर फर्किए

काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा अफ्रिकी मुलुक केन्या पुगेका १२ नेपाली महिलाहरु आज आफन्तको...   
कैलाली घटनाको जिम्मा विप्लव नेकपाले लियो, आत्मसुरक्षाका लागि बोकेको बम बिस्फोट भएको भनाई (विज्ञप्तीसहित)

कैलाली घटनाको जिम्मा विप्लव नेकपाले लियो, आत्मसुरक्षाका लागि बोकेको बम बिस्फोट भएको भनाई (विज्ञप्तीसहित)

काठमाडौं । बिहीबार साँझ धनगढीको शहीद गेट नजिकै भएको शक्तिशाली विष्फोट घटनाको जिम्मा विप्लव नेतृत्वको...   
सावधान ! ‘फेसएप’ प्रयोग गर्नु खतरनाक छ

सावधान ! ‘फेसएप’ प्रयोग गर्नु खतरनाक छ

बिबिसी । अहिले सोसल मिडियामा एउटा एपको प्रयोग गरी आफुलाई बुढो देखाउने होडबाजी नै चलिरहेको छ । विश्वभर...   
कसरी सम्भव भयो भारतीय खसीबोका आयातमा प्रतिबन्ध ? यस्ताे छ कारण

कसरी सम्भव भयो भारतीय खसीबोका आयातमा प्रतिबन्ध ? यस्ताे छ कारण

काठमाडौं । गत चैत्रदेखि भारतीय खसीबोकाको आयात रोकिएको छ । सरकारले खसीबोका आयातमा क्वारेन्टिनमा स्वास्थ्य...   
किन पक्राउ परे पाकिस्तानका पूर्वप्रधानमन्त्री अब्बासी ? यस्तो छ कारण

किन पक्राउ परे पाकिस्तानका पूर्वप्रधानमन्त्री अब्बासी ? यस्तो छ कारण

बीबीसी। पाकिस्तानका पूर्वप्रधानमन्त्री शाहिद खकान अब्बासीलाई नेशनल एकाउन्टिबिलिटी व्यूरोले पक्राउ...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top