Khabar Dabali Logo
  April 24, Wed

गर्भनिरोधक औषधिसँग जोडिएका भ्रम, के साँच्चै यसको प्रयोगले बाँझोपन हुन्छ त ?

एजेन्सी । असुरक्षित शारीरिक सम्बन्ध राखिसकेपछि बच्चा जन्माउन नचाहाने महिलाहरु गर्भनिरोधक औषधिको प्रयोग गर्ने गर्छन् । गर्भवती हुनबाट बच्नको लागि प्रयोग गरिने विभिन्न औषधिमध्ये गर्भनिरोधक चक्की निकै प्रचलनमा छ । यस्तै, धेरै महिलाहरु गर्भनिरोधक चक्कीको सेवन गर्न डराउँछन् । यो औषधिसम्बन्धी समाजमा व्याप्त विभिन्न प्रकारका भ्रमका कारण महिलाहरु यसको प्रयोग गर्न चाहादैनन् ।

समाजमा यस्ता औषधिलाई लिएर फरक –फरक धारणा पाइन्छ । जस्तै, गर्भनिरोधक औषधिको प्रयोग गरेमा मोटोपना, हर्मोनसम्बन्धी समस्या, महिनावारीसम्बन्धी गडबडी जस्ता समस्याहरु आउँछ भन्ने सोचका कारण महिलाहरु यसको सेवन गर्न इन्कार गर्छन् ।

गलत धारणास् हरेक चीजको फाइदा र नोक्सान दुवै हुन्छ । यस्ता औषधिहरुसँग जोडिएका फरक–फरक धारणाहरु हुन्छन् । स्वास्थको दृष्टिले सही वा गलत भन्ने कुरा व्यक्तिमा भर पर्ने भएकाले तपाईंको यस्ता औषधिको प्रयोग गर्नुभन्दा पहिले चिकित्सकको सल्लाह लिनु आवश्यक छ ।

मोटोपनस् गर्भनिरोधक औषधि वा अन्य औषधिहरुले मोटोपन बढाउने वा नबढाउने भन्ने कुरा यसमा भएको हर्मोनमा निर्भर गर्छ । हरेक मानिसको शारीरिक बनावट फरक–फरक भएजस्तै हर्मोनको मात्रा पनि फरक–फरक हुन्छ । त्यसैले यसको सेवनले शरीरमा तौल बढ्ने वा नबढ्ने पनि मानिसको शारीरिक बनावटमा निर्भर गर्ने भएकाले यसको सेवन गर्नुपूर्व डाक्टरको सल्लाह लिनु आवश्यक छ ।

बाँझोपन स् हरेक महिलाको एउटै चिन्ताको विषय हो बाँझोपन । धेरैमा यहि विश्वास छ कि गर्भनिरोधक औषधिको सेवनले बाँझोपन निम्तिन्छ । तर, ३० वर्षभन्दा कम उमेरका महिलामा बाँझोपन आउनुमा गर्भनिरोधक औषधिको प्रयोग भन्दा पनि अन्य शारीरिक समस्या हो । उमेर बढ्दै जाँदा गर्भधारण गर्न समस्या आउँने डाक्टरहरु बताउँछन् ।

क्यान्सर स् गर्भनिरोधक औषधिको प्रयोगले क्यान्सर हुन्छ र यसले भविष्यमा गर्भधारण गर्न समस्या गर्छ । यो मानिसमा फैलिएको भ्रम मात्र भएको डाक्टरहरु बताउँछन् ।

गर्भपतनस् गर्भधारण गरिसकेका महिलाहरुले गर्भनिरोधक औषधिको सेवन गरेमा गर्भपतन हुन्छ भन्ने धारण रहेको छ । वास्तवमा गर्भवती भइसकेकी महिलाले यस्ता औषधिको सेवन गरेपनि यसले कुनै पनि प्रकारको असर गर्दैन ।

गर्भनिरोध औषधिको बारेमा जति भ्रम र यथार्थ भएपनि यसको सेवन गर्नुपूर्व हरेक महिलाले डाक्टरको सल्लाह लिन अत्यावश्यक छ ।

चैत ३० गते, २०७५ - १५:२५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धादिङ केन्द्रबिन्दु भएर फेरि अर्को भूकम्पको धक्का

काठमाडौं। धादिङ केन्द्रबिन्दु भएर आज दिउँसो ३ बजेर ५ मिनेट जाँदा फेरि अर्को भूकम्पको धक्का गएको छ । नौबिसे...   
भिषण बाढीमा परी ५१ जनाको मृत्यु

भिषण बाढीमा परी ५१ जनाको मृत्यु

जोहानसबर्ग । दक्षिण अफ्रिकाको पूर्वी क्षेत्रमा आएको बाढीमा परी कम्तीमा ५१ जनाको मृत्यु भएपछि राष्ट्रपति...   

सेनाले गरेको कारवाहीमा परि जिल्ला कमाण्डरसहित १७ जनाको मृत्यु

तालुकान। अफगानिस्तानको उत्तरी प्रान्त ताखरको दासत–ए–काला जिल्लामा सुरक्षा बलले तालिबान लडाकु विरुद्ध...   

कम्युनिष्ट पार्टी अवसरवादी होइन भनेर स्थापित गर्नुछ – अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले कम्युनिष्ट पार्टी जडसूत्रवादी र अवसरवादी...   

अब खुला दूध बेच्न नपाइने

हेटौँडा। मकवानपुर जिल्लामा खुलारुपमा बिक्री हुने अप्रशोधित दुग्ध बिक्री वितरणमा प्रतिबन्ध लगाइएको...   

नेपालद्वारा मलेशिया ३९ रनले पराजित

काठमाडौँ । थाइल्याण्डमा जारी एसिसी १६ वर्षमुनि(यु–१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत...   

प्रदेश नं ५ मा चार पटक प्रदेशसभा स्थगित

खस्यौली । प्रदेश नं ५ को प्रदेशसभामा एक वर्षको अवधिमा चार पटक प्रदेशसभा स्थगन भएको छ । खास गरेर विपक्षी...   

अवैध भरुवा बन्दुकसहित दुई थापा पक्राउ

स्याङ्जा। स्याङ्जामा नौ थान अवैध भरुवा बन्दुक प्रहरीले नियन्त्रणमा लिएको छ । गृह मन्त्रालयबाट अवैध...   

मकवानपुरमा सवारी दुर्घटना, एक सय ३३ जनाको मृत्यु

हेटौँडा । मकवानपुरमा विगत एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी ५१ को मृत्यु भएको छ । दुर्घटनाबाट ४३...   
सभामुख महराको निवास अगाडि आगलागी

सभामुख महराको निवास अगाडि आगलागी

काठमाडौं। बालुवाटारस्थित सभामुख कृष्ण बहादुर महराको निवास अगाडि आगलागी भएको छ । बिजुलीको पोलमा तार...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top