Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

फरक क्षमता भएका ४० जनाले हेरे चलचित्र यात्रा, दिए यस्तो प्रतिक्रिया

काठमाडौं । सलिनमान बनिया स्टारर फिल्म ‘यात्रा स् अ म्युजिकल भ्लग’ लाई कपन स्थित नेत्रहिन छात्रावासमा रहेका आँखाको ज्योति गुमाएकाहरुल हेरेका छन् ।

आँखाको ज्योति गुमाएकासँगै फरक क्षमता भएका ४० भन्दा बढीले राजधानीको चाबहिल स्थित गोपीकृष्ण हलमा पुगेर फिल्म हेरेका हुन् । उनीहरुले फिल्म हेर्ने थाहा पाएपछि फिल्मकी डेब्यु गर्ल मलिका महत , सलोन बस्नेत र रेअर राई पनि हलमा पुगेर धन्यवाद दिए ।

कलाकारसंगै कार्यकारी निर्माता सर्जुमान लिगल , द्वन्द निर्देशक हिमाल केसी र निर्देशक सम्राट शाक्य पनि रहेका छन् ।छात्रावासमा पुगेर केहि समय मालिकाले फिल्मको क्यारेक्टरको लागि प्रशिक्षण पनि लिएकी थिइन् । फिल्म हेर्न आएका अधिकांसले आफुलाई कथावस्तु मन परेको बताए । फिल्ममा मनोरंजनसंगै दिइएको सोसल म्यासेज र फरक क्षमता भएकाले पनि केहि गर्न सक्ने प्रेरणाले आफुहरुलाई खुसि बनाएको अधिकांसको भनाइ रहेको थियो ।

फिल्मले पाएको प्रतिक्रियाले कार्यकारी निर्माता सर्जुमान उत्साहित थिए । ‘फिल्मलाई हेरेर निस्किनु भएका दर्शकले राम्रो प्रतिक्रिया दिईरहनु भएको छ’ उनि भन्छन् ‘पहिलो दिनको ब्यापार सुखद नै छ तर हाम्रो ब्यापार वर्ड अफ माउथले झनै बढ्छ ।’ डेब्यु फिल्म मार्फत पाएको प्रतिक्रियाले निर्देशक शाक्य पनि उत्साहित छन् । ‘हामीले देखाएको कन्टेनलाई दर्शकले रिलेट गर्नु भएको छ’ उनि भन्छन् ‘आउने दिनमा हामी झनै आशावादी छौ ।

हलमै दर्शकको प्रतिक्रिया लिन पुगेका द्वन्द निर्देशक हिमाल केसी पनि उत्साहित थिए । अधिकांसले फिल्मको एक्सनको तारिफ गरेका छन् , यसैले पनि उनि दंग थिए । ‘यसपटक हामीले एक्सनको ट्रेन्डलाई केहि फरक बनाउने कोसिस गरेका छौ’ हिमाल भन्छन् ‘फाइटका लागि गरिएको मेहनतलाई दर्शकले रुचाउदा साचै नै उत्साहित छु ।’ फिल्म गोपीकृष्णको गोपी , अष्टनारायणको क , गुणको क , बाराहीको क सहित ठुला हलमा प्रदर्शन भईरहेको छ । फिल्ममा सलिनले भ्लग मार्फत समाजमा ल्याउन सकिने परिवर्तनलाई चित्रण गरेका छन् ।

फिल्ममा सलिनसंगै सलोन बस्नेत , जान्वी बस्नेत , जय नन्द लामा , रेअर राई , प्रेक्षा बज्राचार्य , धिरेन शाक्य , राजाराम पौडेल , विशाल कटवाल , समृद्धि राई , योगेश जंग कुँवर , इश्वर पौडेल , नानीकाजी डंगोल , राजेश बिसुराल , इश्वर पौडेल , देशभक्त खनाल , कमल मैनाली , सौगात शर्मा लगायतको अभिनय रहनेछ । यसै फिल्म मार्फत मलिका महतले डेब्यु गर्दै्छिन् भने यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ ।

फिल्ममा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन् ।कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड , क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने फिल्ममा कलाकार केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेको फिल्ममा बिक्रम पराजुली , मुक्ति तिम्सिना र राम शरण घिमिरे सह( निर्माता रहेका छन् । फिल्मका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । फिल्ममा कथापनि सम्राटकै रहेको छ भने यसलाई उनिसँगै सुरेश न्यौपाने , प्रतिक पौडेल र शिशिर खातीले मिलेर लेखेका हुन् ।

फिल्मको मुख्य सहायक निर्देशक सुरेशनै रहेका छन् भने यसलाई संजय लामाले खिचेका हुन् । फिल्ममा प्रविन सिंहको कोरियोग्राफी , हिमाल केसीको द्वन्द , बनिश शाहको सम्पादन , आशिष पौडेलको कस्ट्युम डिजाइन , जटा शंकर गोसाईको आर्ट डिजाइन , निमा लामाको मेकअप र अरुण रेग्मीको प्रोडक्सन डिजाइन रहेकोछ । फिल्ममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाकोसँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत रहेकोछ । फिल्ममा श्रीधर पौडेलको फोटोग्राफी रहेको छ भने यसमा पब्लिसिटी डिजाइनरको भूमिका टौवा क्रिएसनले निर्वाह गरेका छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies