Ntc summer Offer
Khabar Dabali ४ बैशाख २०८१ मंगलवार | 16th April, 2024 Tue
NIMB

पुडासैनीको ‘शहरभित्रको शहर’

बेइजिङ। कवि दामोदर पुडासैनीको कविता सङ्ग्रह ‘शहरभित्रको शहर’ चीनको राजधानी बेइजिङमा मङ्गलबार विमोचन गरिएको छ ।

चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले विमोचन गर्दै पुडासैनीको पछिल्लो कृतिले नेपाली भाषा र साहित्यमा सकारात्मक योगदान गर्ने बताउनुभयो । ‘भाषा कुनै पनि सार्वभौम देशको अभिन्न अङ्ग र साहित्य समाजको ऐना हो । भाषा र साहित्यको संरक्षण र संवद्र्धन गर्नु हरेक नागरिकको दायित्व हो”, राजदूत पौड्यालले भन्नुभयो ।

सो अवसरमा राजदूत पौड्यालले रञ्जना लिपि चीनका विभिन्न ऐतिहासिक स्थानमा पाइएको र नेपाली दूतावासले थप खोजी गर्दै त्यस्ता लिपिलाई अभिलेखीकरण गर्ने जानकारी दिए ।

नेपाल–चीनबीच कला, साहित्य, संस्कृति र अन्य विधाका पुस्तकहरु अनुवाद गर्ने कार्य भइरहेको भन्दै पौड्यालले यस्ता गतिविधिले दुई मुलुकको समाजलाई एकापसमा बुझ्न र संस्कृतिको सम्मान गर्दै सौहार्दता निर्माण गरेको धारणा व्यक्त गरे ।

कार्यक्रममा कवि पुडासैनीले आफ्नो कविता सङ्ग्रह मिथिला क्षेत्रको माटोको सुगन्धमा केन्द्रीत रहेको बताए । महालेखा परीक्षकको कार्यालयका वरिष्ठ अधिकारीसमेत रहेका कवि पुडासैनीले आफ्ना कविता स्थानीय सङ्ग्रहलाई केन्द्रित गरी सिर्जना गरिएको तथा कुनै आग्रह र पूर्वाग्रहबाट टाढा रहेको भनाइ राखे ।

सो अवसरमा नेपाली दूतावासका उपप्रमुख सुशीलकुमार लम्साल र साहित्यकार शङ्कर भारतीले पुडासैनीको लेखनमा मिठासपूर्ण भाषाशैली, सामाजिक दायित्व, सौन्र्दयता रहेको चर्चा गरे ।

समारोहमा कवि लक्ष्मी लम्साल, गोविन्दप्रसाद घिमिरे, अजय अलौकिक, ढुण्डीराज पोखरेल लगायतले आफ्ना कृतिहरु वाचन गरेका थिए । नेपाली साहित्यकारहरुको एक प्रमण्डल आफ्नो साहित्यिक भ्रमणका सिलसिलामा अहिले चीनमा छ ।

पछिल्लो समयमा बेइजिङस्थित नेपाली दूतावासले नेपाल–चीन सम्बन्धलाई प्रगाढ पार्न पुस्तक प्रदर्शनी, अनुवाद कार्य, साहित्यकारको भ्रमण आदानप्रदानलगायतका कार्यमा प्रगति भएको जानकारी दिएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies