Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

पाकिस्तान र बंगलादेशका सभामुखसँग शिष्टाचार भेट, के छलफल भयो ?

दोहा । सभामुख कृष्णबहादुर महरा र पाकिस्तानको राष्ट्रिय सभाका सभामुख असद आइसरबीच शिष्टाचार भेटवार्ता भएको छ ।अन्तर व्यवस्थापिका संघ (आइपियू)को १४० औं सभामा सहभागी हुन कतार आएका पाकिस्तानका सभामुखसँग दोहास्थित होटल सेराटनमा शिष्टाचार भेटवार्ता गरेको हो ।

भेटवार्ताका क्रममा सभामुख महराले नेपाल–पाकिस्तानबीचको कूटनीतिक सम्बन्ध घनिष्ठ रहेको चर्चा गर्दै आगामी दिनमा पनि त्यसलाई थप बलियो बनाउँदै लैजानुपर्ने बताए ।

सो अवसरमा दुवै देशका सभामुखहरुले आ–आफ्नो देशको संसदीय अभ्यास, परम्परा र अनुभव आदानप्रदान गरेका थिए । साथै विश्व शान्ति र मानवअधिकारका लागि संसदको भूमिका महत्वपूर्ण हुनेमा दुवै देशका सभामुखको एक मत रहेको थियो ।

सो अवसरमा सभामुख महराले नेपालको संसदका तर्फबाट गठन गरिएको नेपाल–पाकिस्तान संसदीय मैत्री संघको नामावली पाकिस्तानका सभामुखलाई हस्तान्तरण गरेका थिए ।

जवाफमा पाकिस्तानका सभामुख असदले आफूहरुले पनि चाँडै पाकिस्तान–नेपाल संसदीय मैत्री संघको गठन गर्ने बताएका थिए । उनले नेपालसँगको सम्बन्ध बलियो रहेको भन्दै संसदीय मैत्री संघले कूटनीतिक मात्रै नभई राजनीतिक सम्बन्ध प्रगाढ बनाउन थप टेवा दिने विश्वास व्यक्त गरे ।

साथै नेपाल सरकारले भ्रमण वर्ष २०२० घोषणा गरेको जानकारी गराउँदै सभामुखसहितको टोलीलाई नेपाल भ्रमणका लागि आग्रह गरेका थिए ।

भेटमा आइपियूमा सहभागी पाकिस्तानका सभामुख असदसहितको संसदीय प्रतिनिधि मण्डल र नेपालका तर्फबाट आइपियूमा सहभागी नेपाली संसदीय प्रतिनिधि मण्डलका सदस्यहरुको पनि सहभागिता रहेको थियो ।

यसैबीच सभामुख कृष्णबहादुर महराले बंगलादेशको संसदका सभामुख डा. शिरिन शर्मिन चौधरीसँग शिष्टाचार भेटवार्ता गरेक छन् । अन्तर व्यवस्थापिका संघ (आइपियू)को १४० औं सभामा सहभागी हुन कतार आएका बंगलादेशका सभामुखसँग दोहास्थित होटल सेराटनमा शिष्टाचार भेटवाता गरेको हो ।

सो अवसरमा आ आफ्नो देशको संसदीय अभ्यास, परम्परा र अनुभव आदानप्रदान गरिएको थियो । सो अवसरमा सभामुख महराले नेपालको संसदका तर्फबाट गठन गरिएको नेपाल बंगलादेश संसदीय मैत्री संघको नामावली बंगलादेशका सभामुखलाई हस्तान्तरण गरेका थिए ।

साथै नेपाल सरकारले भ्रमण वर्ष २०२० घोषणा गरेको जानकारी गराउँदै सभामुखसहितको टोलीलाई नेपाल भ्रमणका लागि आग्रह गरेका थिए ।भेटमा आइपियूमा सहभागी बंगलादेशका सभामुखसहितको संसदीय प्रतिनिधि मण्डल र नेपालका तर्फबाट आइपियूमा सहभागी नेपाली संसदीय प्रतिनिधि मण्डलका सदस्यहरुको पनि सहभागिता रहेको थियो ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies