Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

भुजेल समाज युएईले सातौं बर्ष पार गर्दै गर्दा...

भनिन्छ समय गतिशिल छ । हो यहि समयको गतिशिलतामा बहदै जाँदा प्रवासमा बसेर भएपनी आफ्नो जातिको पहिचानलाई स्थापित गर्न सहयोग पुर्‍याउने हुटहुटिले आज भन्दा सात वर्ष अघि आजकै दिन अर्थात ३० मार्च २०१२ का दिन समाजका संस्थापक अध्यक्ष श्री सुर्य बहादुर खवासको सकृयतामा युएईलाई कार्यक्षेत्र बनाएर श्रमशिल भुजेल दाजुभाईको प्रयासमा समाज स्थापना गरेको गरेको हिजो जस्तो जाग्छ ।

प्रवासमा बसेर समाजको लागि केही गर्छु भन्नू जति सजिलो छ, व्यवहारमा आकाश जमिनको अन्तर छ । सम्बन्धित मुलुकको कानुनी अडचन एकातिर छ भने परिवारको सुन्दर भविष्यको सपना सजाएर बिदेशिनेको कामको चाप, कम्पनिको नियमको पालना गर्दै समय निकाल्न सोचे जस्तो अवस्य छैन । तर पनि केही गर्छु भन्ने भावना अन्तर मन देखि आउने हो भने असम्भव भने छैन भन्ने उदाहरण आफ्नै समाजका आजसम्म गरिएका गतिविधी प्रमाणको रुपमा हाम्रो सामु छ ।

नेपालका विभिन्न जिल्लाबाट युएई आई श्रमशिल ८ जनाको भेलाले गठन गरेको समितिको अध्यक्ष मा सुर्य बहादुर खवास (झापा), उपाध्यक्षमा यम बहादुर घर्ती (रुपन्देही), सचिवमा रन्जन भुजेल (कास्की), कोषाध्यक्षमा यादव भुजेल ((मोरङ) र सदस्यहरुमा क्रमशः कमल भुजेल (झापा), रुद्र भुजेल (सर्लाही), बम बहादुर भुजेल (स्याङ्जा) र पर्वत भुजेल (स्याङ्जा) रहेका थिए । 

समाज स्थापनाको शुरुवाती दिनहरुमा आयोजना गरिएका भेलाहरुमा नगन्य मात्रामा उपस्थिती रहेपनी भेलाहरुलाई निरन्तरता दिन भने कहिल्यै छाडिएन । हरेक महिना कहिले दुबई त कहिले अबुधाबिमा सानो सख्यामा नै भएपनी भेलालाइ निरन्तरता दिदै जाँदा आजको अवस्था सम्म आइपुगेका छौ । यसै बिचमा हामीले नेपालमा रहेको भुजेलहरुको छाता संस्था \'भुजेल समाज सेवा समितीू बाट भगिनी संस्थाको रुपमा मान्यता पायौ भने \'नेपाल आदिवासी जनजाती महासं युएईूमा आवद्ध भई महासंघ संग संयुक्त रुपमा विभिन्न कृयाकलाप गर्दै आएका छौ । यसैगरी युएईमा कृयाशिल संस्थाहरु मध्ये पुरानो संस्था \'नेपाली समाज युएई\' सँग समेत आवद्ध भएका छौ ।

समाज स्थापनाको शुरुवाती दिनहरुमा खासै देखिने कुनै काम गर्न नसके पनि बिस्तारै समाजले सामाजिक कार्यहरुलाई समेत निरन्तरता दिदै आएको छ । समाजले २२ औं विश्व आदिवासी दिवस देखि आफ्नो छुट्टै स्टल राखी आफ्नो मौलिक भेषभुषाका साथ सहभागिता जनाउदै आएको छ । यसले गर्दा सामाजिक रुपमा आफ्नो उपस्थितीलाई मजबुत बनाउदै लगेको छ । यसै गरि विगत दुई वर्ष देखि हाम्रो मौलिक सांस्कृतिक पर्व ूभुजेली पर्वू विधिवत पुजा गरि मनाउन थालिएको छ । जसले विभिन्न ठाउँबाट आएर संस्थामा समेटिनु भएका तर आफ्नो संस्कृत, परम्परा सँग अनबिज्ञ रहनु भएका भुजेल बन्धु हरुमा आफ्नो संस्कृती प्रती चासो बढाएको छ जुन सकारात्मक कुरा हो ।

समाजले सामाजिक क्रियाकलाप अन्तरग स्वदेस तथा विदेशमा अफ्ट्यारोमा पर्नु भएका भुजेल तथा गैर भुजेल सबैलाई यथासक्दो सहयोग गर्दै आएको छ । जस अन्तरगत मुटुरोगबाट पिडित झापाकि दुर्गा खवास, मृगौला रोग पिडित सुनसरिकी बृन्दा बज्राचार्य, सवारी दुर्घटना परि घाईते सोलुखुम्बुका होम बहादुर भुजेल तथा विरगन्ज कि अनिता भुजेल, दुबै आमाबुबा गुमाएका कमजोर आर्थिक अवस्थाबाट गुज्रीरहेका गुल्मिका मिना, जमुना भुजेल दिदिबहिनी, गोरखाका अपाङ्ग भुजेल परिवारको घर निर्माण तथा झापाको भुजेली थानको निर्माणकोलागी आर्थिक सहयोग गरिसकेको छ । यसै गरि युएईमा संयुक्त रुपमा संचालन गरिएको बाडिपिडित राहत कार्यक्रम, टोप बहादुर घर फर्काउ अभियान लगाएतका संयुक्त रुपले आयोजना गरिएका कार्यक्रमहरुमा एक्यवद्धता जनाउदै सहयोग गर्दै आएको छ । त्यस्तै युएईमा अलपत्र परेको तनहुँको एकमाया थापालाई घर फर्काउन आर्थिक सहयोग गरेको थियो ।

आठ जनाबाट शुरु गरिएको समाजमा पछिल्लो समयमा प्रत्यक्ष अप्रत्यक्ष सयौको संख्यामा जोडिएका छन् । यसैगरि समाजको नाम अंकित टि सर्ट बनाएर सदस्यहरु बिचमा वितरण गर्न सफल भयौ भने समाजको तर्फबाट गैर आवासीय नेपाली संघ युएईले आयोजना गरेको फुटबल प्रतियोगितामा समेत सहभागी भै खेल क्षेत्रमा समेत आफ्नो उपस्थिती देखाउन सफल भएको छ । यसै बिचमा तीन वटा अधिवेशन सम्पन्न भैसकेको छ भने चौथो अधिबेशनको संघारमा उभिएका छौ । 

समाजले लिएको उद्देश्य सबै पूरा हुन नसकेपनी भुजेल जातिको उत्थान र विकासमा परेदेशबाट गरेको योगदान भविष्यमा कोषे ढुङ्गो सावित हुने छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies