Khabar Dabali Logo
  May 22, Wed

गुगलको एउटा असफल सामाजिक सञ्जाल बन्द

संसारको दोस्रो सबैभन्दा मूल्यवान ब्रान्डको असफल सामाजिक सञ्जाल गुगल प्लस मङ्गलवार बिहानदेखि बन्द गरिएको छ।

सन् २०११ मा फेसबुक र ट्विटरलाई चुनौती दिन खोलिएको यो सर्च इञ्जिन गुगलको सामाजिक सञ्जालमा हात हाल्ने चौथो प्रयास थियो।

तर गुगल प्लसलाई भिडिओका लागि चर्चित युट्युबमा जोड्ने प्रयास गरिए पनि प्रयोगकर्ताले यसलाई रुचाएनन्।

सन् २०११ को अन्त्यतिरै यसका आलोचकहरूले यसको ‘मृत्यु’को घोषणा गरिसकेका थिए, तर गुगलले सन् २०१८ मा यसका तथ्याङ्क चोरी भएको सार्वजनिक भएपछि मात्रै यसलाई बन्द गर्ने निर्णय गरेको थियो।

के हो गुगल प्लस?

सन् २०११ मा आमन्त्रणबाट मात्रै खाता खोल्न सकिने गरि गुगल प्लस शुरू भएको थियो। वर्षको अन्त्यमा यो सबैका लागि खुला गरिएको थियो।

सामाजिक सञ्जालमा जस्तो लेख्न र तस्बिरहरू सेअर गर्न मिल्ने सुविधा यसमा थियो। तर गुगलले यसलाई ‘सामाजिक तह’को रूपमा परिभाषित गरेको थियो, जुन यसका अन्य सबै उत्पादनहरूसँग जोडिएको थियो।

साथीहरूलाई ‘सर्कल’को आधारमा समूह विभाजन गर्न मिल्ने र ‘ह्याङ्गआउट’ भनिने समूहगत भिडिओ कल गर्न मिल्ने यसका मुख्य सुविधाहरू थिए।

सार्वजनिक गरिएको केही हप्तामै यसमा लाखौं प्रयोगकर्ताहरू जोडिएका थिए। तर तीमध्ये एकदमै कम प्रयोगकर्ताले मात्रै यसलाई प्रयोग गर्नु नै यसको समस्या बन्यो। “मैले खोल्थेँ र खालि पाना मात्रै देख्थेँ,” पाउल टस्सीले फोर्ब्समा एक हप्तापछि नै लेखेका थिए। “यो ठूलो र खाली उजाड स्थान थियो, जहाँ धेरै मानिसहरूले पाइला टेके तर के रहेछ भनेर बुझ्ने प्रयास गरेनन्।”

“गुगल प्लस पहिलो दिनदेखि नै असफल हुने खालको थियो,,” सामाजिक सञ्जाल सल्लाहकार म्याट नाभारा भन्छन्। “यसको अनुहार, फेसबुक चर्चित भइसकेको अवस्थामा यसको आगमन, बुझ्न गार्हो अनुभव र गुगलभित्रै यसलाई कसरी व्यवस्थापन गर्ने भन्नेको असहमतिले यसलाई असर गर्‍यो।”

गुगल प्लसमा उपनाम प्रयोग गर्न नपाइने कडा नीति थियो र कसैले आफ्नो नाम प्रयोग नगरेमा जीमेल समेत निलम्बन हुने व्यवस्था थियो।

गुगलले यसलाई सफल बनाउन सन् २०१३ मा यसलाई युट्युबसँग जोड्यो र युट्युबको भिडिओमा प्रतिक्रिया लेख्न गुगल प्लस खाता अनिवार्य बनायो।

गुगल प्लेस्टोरमा मोबाइल एपहरूमा प्रतिक्रिया व्यक्त गर्न पनि गुगल प्लस खाता अनिवार्य थियो। यसपछि युट्युबमा गरिएका लाइकहरू गुगल प्लसमा देखिन थालेपछि यसमा क्रियाकलापहरू देखिन थाले। र गुगलले यसको प्रयोगकर्ता पचास करोड पुगेको दाबी ‍ गर्‍यो।

एप्रिल २०१४ मा गुगल प्लसका संस्थापक भिक गुन्ठोत्राले गुगल छोडे। त्यसपछि गुगल प्लसका सफल सुविधाहरू ह्याङ्गआउट र फोटोज छुट्टै प्रयोग गर्न मिल्नेगरी बनाइयो।

प्लेस्टोर र युट्युबबाट पनि यसलाई बिस्तारै छुट्टाइयो र त्यसपछि सन् २०१८ मा ठूलो मात्रामा यसका तथ्याङ्क चोरिएको पुष्टि भएपछि यसको अन्त्य हुने निश्चित भयो।

गुगलका प्रमुख असफल सेवाहरू

  1. गुगल बज (सामाजिक सञ्जाल), २०१०-२०११
  2. गुगल डिक्सनरी (अनलाइन शब्दकोश), २०१०-२०११
  3. गुगल ल्याब्स (नयाँ एप प्रयोगशाला), २००६-२०११
  4. पिकनिक (तस्बिर सम्पादन), २०१०-२०१२
  5. जाइकू (ट्वीटरजस्तै माइक्रो ब्लगिङ), २००७-२०१२
  6. गुगल रिडर (आरएसएस संग्रह), २०११-२०१३
  7. अर्कुट (सामाजिक सञ्जाल), २००४-२०१४
  8. पिकासा (तस्बिर संग्रह) २००२-२०१६
  9. क्रोमबुक पिक्सेल (ल्यापटप) २०१३-२०१७
  10. गुगल अल्लो (सन्देश आदान प्रदान) २०१६-२०१९
चैत १९ गते, २०७५ - २१:२६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्मलाकी आमा दुर्गाले बुझिन् सरकारले दिने सम्पूर्ण राहत

कञ्चनपुर, जेठ ८ । सरकारले दिने भनेको सम्पूर्ण राहत रकम निर्मला पन्तकी आमाले बुझेकी छिन् । बलात्कारपछि...   
गलेको अवस्थामा एक व्यक्तिको शव फेला

गलेको अवस्थामा एक व्यक्तिको शव फेला

चितवन । भरतपुर महानगरपालिका– ५ तोरीखेतमा एक व्यक्तिको शव भेटिएको छ । तोरीखेत स्कुल पछाडी मकै बारीमा...   
चर्चित भारतीय गायिका नेपाल आउँदै

चर्चित भारतीय गायिका नेपाल आउँदै

काठमाडौं । बलिउडकी चर्चित गायिका नेहा कक्कड पहिलो पटक काठमाडौं आउने भएकी छिन्। नेहा कक्कड पहिलो पटक...   
विप्लव समुहका भेरी व्यूरो ईन्चार्ज पक्राउ

विप्लव समुहका भेरी व्यूरो ईन्चार्ज पक्राउ

सुर्खेत । सरकारद्वारा प्रतिवन्धित नेत्रविक्रम चन्द विप्लव समुहका केन्द्रीय सदस्य भेरी व्यूरो ईन्चार्ज...   

मन्त्री बाँस्काेटाले भने, ‘सरकारको सम्पूर्ण कामकाज बुझेर मात्र कुर्लिने गर्दा ठिक हुन्छ’

काठमाडौं । संचार विधयेकका विषयमा अालाेचित रहेका सरकारका सूचना तथा संचार प्रविधि मन्त्री गोकुलप्रसाद...   

प्रचण्डकाे प्रतिवद्धता पुरा हुँदै, भरतपुर-ठाेरी हुलाकी सडककाे कालाेपत्रे सुरु

काठमाडौं, ६ जेठ । भरतपुर–माडी–ठोरी हुलाकी राजमार्ग विस्तारको कार्य शुरु भएको छ। प्रचण्डकै पहलमा उक्त...   

काम नगर्ने कर्मचारीलाई कडा कारबाही गर्छौं : लालबाबु पण्डित

काठमाण्डौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले काम नगर्ने कर्मचारीलाई कडा...   
प्रसिद्ध कान्स फिल्म फेस्टिवलमा नायिकाहरूकाे हट अवतार

प्रसिद्ध कान्स फिल्म फेस्टिवलमा नायिकाहरूकाे हट अवतार

विश्व प्रसिद्ध फिल्म फेस्टिवल ‘कान्स फिल्म फेष्टिवल’मा विश्वका विभिन्न देशका नायिकाहरूकाे हट...   

विप्लवलाई शान्तिपूर्ण राजनीतिमा आउन नेता नेपालको आग्रह

दाङ । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले विप्लवलाई वार्ता र संवादमार्फत् उत्पन्न समस्या समाधान...   

अधिकार मात्र हाेइन भ्रष्टाचार पनि गाउँगाउँमा पुग्यो : बिजुक्छे

भक्तपुर, ६ जेठ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सिंहदरबारको अधिकार मात्र...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top