Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

भिनाजुसँग ‘लभ’ परेपछि...

बुटवल । चैत १३ गते बुटवल–१ गढीटोलमा भारतीय नागरिक फिरोज खानको हत्या भयो । प्रहरीले हत्याराको खोजीलाई तिव्र रुपमा अगाडि बढायो । अनुसन्धानको छोटो समयले प्रहरीले अनौठो तथ्य फेला पारेको छ । अनुसन्धानको क्रममा प्रहरीले हत्या अरु कोहीले गरेको नभई आफ्नै पत्नीले गरेको तथ्य भेटाएको छ ।

मानिस माया प्रेमगर्दा दृष्टिविहिन बन्छ भन्ने उदाहरण यो घटनासँग जोडिन जान्छ । कारण पत्नी साइना खातुनले आफ्नै भिनाजुसँग गहिरो प्रेममा परेपछि आफ्नै पतिको गोली हानी हत्या गरिन् ।

भारतको बिहार प्रदेशको बेतिया पश्चिम घर भएका भेनाजु कादिर अन्सारीसँग केही समयदेखि सम्बन्ध राख्दै आएकी साइनले उनीसँग मिलेर पतिको हत्या गर्न लगाएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । फिरोज खान विगत १५ वर्षदेखि बुटवल मैनावगरस्थित ज्योति मोटर वर्कशप एण्ड इन्जिनियरिङमा काम गर्दै आएका थिए ।

कादिर (भिनाजु) सँग साइना लामो समयदेखि हप्ता–हप्तामा बुटवल आएर विभिन्न ठाउँमा बस्दै, भेटघाट गर्दै गरेका थिए । दुईबीचको सम्बन्ध बढ्दै जाँदा सम्बन्धमा पति अप्ठ्यारो भएपछि हत्या गर्ने अवस्था आयो । अन्सारी नवलपरासीको त्रिवेणी हुँदै बुटवल आएर फिरोज खानको हत्या गरि भारततर्फ भागेको अनुसन्धानमा भेटिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक हृदय थापाले जानकारी दिएका छन् ।

पतिको हत्या गर्न सफल भएपछि साइना पनि भाग्ने तयारीमा थिइन् । तर लगत्तै इलाका प्रहरी कार्यालयले बुटवलले पक्राउ गरेको थियो । ४३ वर्षीया फिरोजले कहिल्यै पनि मोबाइल फोन प्रयोग गर्ने गरेका थिएनन् । वर्कशपबाट काम सकेर कोठातर्फ आउँदै गर्दा डेरानजिकै खानलाई कादिरले गोली प्रहार गरेको अनुसन्धानमा खुलेकाे छ । गोली प्रहारबाट गम्भीर घाइते खानलाई बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको थियो ।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिलबहादुर मल्लले घटनाको प्रकृतिले साली भेनाको संलग्नतालाई पुष्टि गरेको बताए । मल्ले भने, ‘हामीले अनुसन्धान गर्दा पत्नी साइनामा कुनै पीडा बोध देखिएको थिएन । उनले हत्या हुँदा कोठाभित्र थिए भनेर बयान दिइन् । तर छोराहरूले पटका पड्किएजस्तै आवाज आएपछि मम्मी कोठामा आउनुभएको हो भने । यसले दुवै जनाले योजनाबद्ध रुपमा हत्या गरेको देखिन्छ ।’ मृतककी पत्नी साइना र अन्सारीबीचको निरन्तर फोन सम्पर्कबाट पटक–पटक भेट हुने गरेको प्रहरी अनुसन्धानमा देखिएकाे छ ।

खानका ९ र १० वर्षीया छोराहरू रेहान र ऐशन आफन्तको सहयोगमा भारत घर गइसकेका छन् । अन्सारी भारतमा पनि विभिन्न अपराधमा संलग्न भएको प्रहरीले जनाएकाे छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies