Khabar Dabali Logo
  April 24, Wed

शेयर बजारमा सामान्य सुधार

काठमाडौं । शेयर बजार परिसूचक नेप्सेमा मंगलबार सामान्य सुधार आएको छ। सोमबार ३।८७ अंकले बढेको नेप्से परिसूचकले मंगलबार थप २.०७ अंकको भरोसा प्राप्त गरेको हो। सूचक सकारात्मक रहेपनि मंगलबार कारोबार रकम भने सोमबारको तुलनामा २ करोड ७६ लाखले घटेको छ।

मंगलबारको २.०७ अंकको वृद्धिसँगै नेप्से सूचक ११४०.७२ बिन्दुमा पुगेको छ । मंगलबार १७१ कम्पनीका ८ लाख ८२ हजार ८८५ कित्ता शेयर २१ करोड ५१ लाख रुपैयाँमा कारोबार भयो । सोमबार २४ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो।

कारोबार आएका १० उपसमुहमध्ये मंगलबार लघुवित्तको सूचक बाहेक सबैमा सुधार सहित कारोबार बन्द भएको छ । माइक्रोफाइनान्सको सूचक ५।१२ अंकले नकारात्मक बनेको छ । यसदिन निर्जीवन बीमाको सुचक सबैभन्दा धेरै २४.१९ अंकले बढेको छ । यस्तै उत्पादन तथा प्रशोधन ११.०६, अन्य ५.४२, हाइड्रोपावर ३.२२, होटल १.९४, बाणिज्य बैंक १.१६, जीवन बीमा ०.५८, फाइनान्स ०.२८ र विकास बैंक ०.०२ अंकले सुधारिएका छन् ।

यस दिन नेपाल बंगलादेश बैंकको संस्थापक शेयर सबैभन्दा धेरै रकमको कारोबार भएको छ । बैंकको संस्थापक शेयर एक करोड ५८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । बाँकी कुनैपनि कम्पनीको कारोबार रकम करोड नाघ्न सकेन ।

चैत १२ गते, २०७५ - १७:२३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वर्ल्डलिंक इन्टरनेट अब ‘सेफ नेट’

वर्ल्डलिंक इन्टरनेट अब ‘सेफ नेट’

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले आफ्ना कर्पोरेट ग्राहकहरुका लागि इन्टरनेट प्रयोगमा...   
ग्रेटर नेपालका अध्यक्ष नेपाल पक्राउ

ग्रेटर नेपालका अध्यक्ष नेपाल पक्राउ

काठमाडौं । ग्रेटर नेपालका अध्यक्ष फणीन्द्र नेपाल पक्राउ परेका छन्। उनलाई प्रहरीले आज गौशालाबाट पक्राउ...   

राजतन्त्र फर्किने सपना नदेखे हुन्छ : मन्त्री बास्कोटा

काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजतन्त्र फर्किने सपना नदेख्न...   
अभिनेताबाट राजनेता बने सनी देओल, बीजेपीको उम्मेदवार बन्दै

अभिनेताबाट राजनेता बने सनी देओल, बीजेपीको उम्मेदवार बन्दै

एजेन्सी । चर्चित फिल्म अभिनेता सनी देओल मंगलबार भारतीय जनता पार्टी बीजेपीमा प्रवेश गरेका छन् । उनले...   
आयो रितु कोईरालाको लच्किएको कम्मर (भिडियो सहित)

आयो रितु कोईरालाको लच्किएको कम्मर (भिडियो सहित)

काठमाडौं । गायिका तथा मोडलको रुपमा आफ्नो परिचय स्थापित गरेकी रितु कोईरालाले गाएको ‘लच्चक लच्चक लच्कियो’...   
पूर्वराजा र कमल थापाको गतिविधि प्रतिबन्ध लगाउनुपर्छ : मन्त्री राई

पूर्वराजा र कमल थापाको गतिविधि प्रतिबन्ध लगाउनुपर्छ : मन्त्री राई

काठमाडौं । शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले पूर्वराजा ज्ञानेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र...   
नयाँ उद्योगहरु सुरु हुन थाले, काठमाडौंमा मात्रै पाँच हजार उद्योग दर्ता

नयाँ उद्योगहरु सुरु हुन थाले, काठमाडौंमा मात्रै पाँच हजार उद्योग दर्ता

काठमाडौं । देशको आर्थिक समृद्धिको मेरुदण्डको रूपमा रहेको साना तथा घरेलु उद्योग दर्ताको क्रम बढ्दो...   
मस्कोमा नेपाली लघु चलचित्र ‘परिणाम’

मस्कोमा नेपाली लघु चलचित्र ‘परिणाम’

काठमाडौं । रुसको मस्कोमा अप्रिल २२ देखि २९ गतेसम्म हुने डिटेक्टीभफेस्ट इन्टरनेशनल फिल्म फेस्टिबलमा...   

फेरि बढ्यो विदेशी मुद्राको भाउ

काठमाडौं । मंगलबार कतारी रियाल बाहेक सबै विदेशी मुद्राको भाउ बढेको छ । आज मंगलबारका लागि नेपाल राष्ट्र...   
‘भारत’को ट्रेलर यसरी हुँदैछ भाइरल

‘भारत’को ट्रेलर यसरी हुँदैछ भाइरल

एजेन्सी । भारतीय सुपरस्टार सलमान खानको फिल्म ‘भारत’ को ट्रेलर सोमबार रिजिल भएको छ । ट्रेलर रिलिजको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top