Khabar Dabali Logo
  April 24, Wed

शेयर बजारमा सामान्य सुधार

काठमाडौँ। सोमबार सामान्य अङ्कले सुधार आएको शेयर बजारमा आज पनि सोही क्रम जारी रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २.०७ विन्दुले बढेर एक हजार १४०.७२ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.४२ ले वृद्धि भई २४२.६७ विन्दुमा पुगेको छ ।

कूल १७१ कम्पनीको आठ लाख ८२ हजार ८८५ कित्ता शेयर रु २१ करोड ५१ लाख २१ हजार ५८० मूल्यमा खरीद बिक्री भए । कारोवार भएका दश उपसमूहमध्ये लघुवित्त उपसमूहको शेयर ५.१२ विन्दुले घटेको छ । बैंकिङ १.१६, होटल १.९४, विकास बैंक ०.०२, जलविद्युत् ३.२२, वित्त ०।२८, निर्जीवन बीमा २४.१९, उत्पादन ११.०६, अन्य ५.४२ र जीवन बीमा ०.५८ विन्दुले बढेका छन ।

सामान्य बढेको बजारमा नेपाल बङ्गलादेश बैंकको संस्थापक शेयर बढी मूल्यमा कारोवार भई शीर्ष स्थानमा रह्यो । सो बैंकको रु एक करोड ५८ लाख ३१ हजार ४८० बराबरको कारोवार भयो । यस्तै एनएमबी बैंकको रु ९६ लाख ४४ हजार ७९४, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी रु ७४ लाख १७ हजार ५१४, प्राइम बैंक रु ६४ लाख ५३ हजार १५४ मा कारोवार भइ शीर्ष स्थानमा रह्यो ।

स्टकका अनुसार नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले पाँच प्रतिशतले कमाउँदा एनएमबी हाइब्रिड फण्ड ३.९५, पोखरा फाइनान्स ३.०८, भार्गव विकास बैंक २.८६ प्रतिशतले कमाएका छन् ।

यस्तै युनिभर्सल पावर कम्पनीका शेयरधनीले ९.८७ प्रतिशतले गुमाएका छन् । शिवम सिमेन्ट ९.८१, मिथिला लघुवित्त वित्तीय संस्था ५.५४, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ५.११ प्रतिशतले गुमाएका छन् ।

चैत १२ गते, २०७५ - १६:२० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धादिङ केन्द्रबिन्दु भएर फेरि अर्को भूकम्पको धक्का

काठमाडौं। धादिङ केन्द्रबिन्दु भएर आज दिउँसो ३ बजेर ५ मिनेट जाँदा फेरि अर्को भूकम्पको धक्का गएको छ । नौबिसे...   
भिषण बाढीमा परी ५१ जनाको मृत्यु

भिषण बाढीमा परी ५१ जनाको मृत्यु

जोहानसबर्ग । दक्षिण अफ्रिकाको पूर्वी क्षेत्रमा आएको बाढीमा परी कम्तीमा ५१ जनाको मृत्यु भएपछि राष्ट्रपति...   

सेनाले गरेको कारवाहीमा परि जिल्ला कमाण्डरसहित १७ जनाको मृत्यु

तालुकान। अफगानिस्तानको उत्तरी प्रान्त ताखरको दासत–ए–काला जिल्लामा सुरक्षा बलले तालिबान लडाकु विरुद्ध...   

कम्युनिष्ट पार्टी अवसरवादी होइन भनेर स्थापित गर्नुछ – अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले कम्युनिष्ट पार्टी जडसूत्रवादी र अवसरवादी...   

अब खुला दूध बेच्न नपाइने

हेटौँडा। मकवानपुर जिल्लामा खुलारुपमा बिक्री हुने अप्रशोधित दुग्ध बिक्री वितरणमा प्रतिबन्ध लगाइएको...   

नेपालद्वारा मलेशिया ३९ रनले पराजित

काठमाडौँ । थाइल्याण्डमा जारी एसिसी १६ वर्षमुनि(यु–१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत...   

प्रदेश नं ५ मा चार पटक प्रदेशसभा स्थगित

खस्यौली । प्रदेश नं ५ को प्रदेशसभामा एक वर्षको अवधिमा चार पटक प्रदेशसभा स्थगन भएको छ । खास गरेर विपक्षी...   

अवैध भरुवा बन्दुकसहित दुई थापा पक्राउ

स्याङ्जा। स्याङ्जामा नौ थान अवैध भरुवा बन्दुक प्रहरीले नियन्त्रणमा लिएको छ । गृह मन्त्रालयबाट अवैध...   

मकवानपुरमा सवारी दुर्घटना, एक सय ३३ जनाको मृत्यु

हेटौँडा । मकवानपुरमा विगत एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी ५१ को मृत्यु भएको छ । दुर्घटनाबाट ४३...   
सभामुख महराको निवास अगाडि आगलागी

सभामुख महराको निवास अगाडि आगलागी

काठमाडौं। बालुवाटारस्थित सभामुख कृष्ण बहादुर महराको निवास अगाडि आगलागी भएको छ । बिजुलीको पोलमा तार...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top