Khabar Dabali Logo
  April 23, Tue

विद्यार्थीको ग्रेड घटे शिक्षक कारबाहीमा

प्रतिवेदनमा एसईई परीक्षामा तीन वर्षसम्म एकै विषयमा ५० प्रतिशतभन्दा बढी विद्यार्थीको ग्रेड ‘डी’ र ‘ई’ आएमा सम्बन्धित विषय शिक्षकलाई सेवाबाट मुक्त गर्ने प्रस्ताव गरिएको छ ।

काठमाडौं । विद्यार्थीले कम ग्रेड ल्याए शिक्षकलाई नै कारबाही गर्ने गरि शिक्षा नीति बन्न लागेको छ । सार्वजनिक शिक्षाको गुणस्तर घटिरहेको जनगुनासो बढिरहेको बेला विद्यार्थीले कम ग्रेड ल्याएमा विषय शिक्षकलाई नै कारबाही गर्ने गरि प्रस्ताव तयार भएको हो ।

प्रस्तावमा माध्यमिक शिक्षा परीक्षा (एसईई)मा विद्यार्थीको कम ग्रेड आएमा प्रधानाध्यापकको ग्रेड रोक्का र विद्यालयको अनुदान समेत कटौटी गर्ने व्यवस्था छ । सांसद उमेश श्रेष्ठको नेतृत्वमा शिक्षा नीति परिमार्जन गर्न बनेको प्रतिवेदनमा परीक्षाको नतिजाको आधारमा विद्यालयलाई पुरस्कार र दण्डको व्यवस्था गर्न प्रस्ताव गरिएको छ ।

प्रतिवेदनमा एसईई परीक्षामा तीन वर्षसम्म एकै विषयमा ५० प्रतिशतभन्दा बढी विद्यार्थीको ग्रेड ‘डी’ र ‘ई’ आएमा सम्बन्धित विषय शिक्षकलाई सेवाबाट मुक्त गर्ने प्रस्ताव गरिएको छ । साथै ५० प्रतिशतभन्दा धेरै विद्यार्थीले डी र ई ग्रेड ल्याएमा विद्यालयको प्रधानाध्यापकको समेत ग्रेड रोक्का गर्नुपर्ने र विद्यालयले पाउँदै आएको सरकारी अनुदान घटाउने प्रूताव समेत छ ।

मंगलबार शिक्षा समितिमा पेश गरिएको प्रस्तावित प्रतिवेदनअनुसार एसईई परीक्षामा ९० प्रतिशतभन्दा बढी विद्यार्थीले जीपीए ३.८ ल्याउने विद्यालयले कुल बजेट निकासाको ५ देखि १० प्रतिशत प्रोत्साहन रकम प्राप्त गर्ने छन् । हिमाली र उच्च पहाडी क्षेत्रमा आवासीय विद्यालय स्थापना गर्न सरकारलाई निर्देशन दिन पनि उपसमितिले समितिलाई सुझाव दिएको छ ।

चैत १२ गते, २०७५ - १६:२१ मा प्रकाशित
Tags:
एसईई

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शेयरबजार ओरालो लाग्दा लगानीकर्ताले गुमाए १ अर्ब

काठमाडौं । एक वर्षको अवधिमा सेयर बजारमा १३१ अंकको गिरावट आएको छ । गत आर्थिक वर्षको ८ महिनाको अवधिको...   

सरकारसँग वार्ता गर्न राप्रपाको वार्ता समिति

काठमाडौं । सरकारले वार्तामा बोलाएपछि आन्दोलनरत राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारसँग वार्ता गर्न...   
यस्तो छ आजको विनिमयदर

यस्तो छ आजको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ ६८ पैसा तोकेको छ । यसैगरी...   

गणपतिको आइपीओ खुल्यो, हजार रुपैयाँदेखि आवेदन दिन सकिने

काठमाडौं । गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले आजदेखि आइपीओ बिक्री खुला गरेको छ । प्रतिसेयर १००...   
किन आउन छोड्यो ‘हेलो सिएम’मा गुनासो ?

किन आउन छोड्यो ‘हेलो सिएम’मा गुनासो ?

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले गत वर्ष जेठ महिनामा सञ्चालन गरेको ‘हेलो सिएम‘ (हेलो मुख्यमन्त्री)...   
रोटी सेक्ने चाहिँ यिनीहरु होइनन्, यी त मधेसीको नाममा स्वार्थ सिद्ध गर्ने हुन्

रोटी सेक्ने चाहिँ यिनीहरु होइनन्, यी त मधेसीको नाममा स्वार्थ सिद्ध गर्ने हुन्

डा. राजेश अहिराज मधेस विज्ञ हुन् । उनि मधेसको राजनीतिको विषयमा तिखो आलोचना गर्छन् अनि सत्य बोल्छन्...   
धेरै दबाबमा काम गरे मानसिक फाइदा

धेरै दबाबमा काम गरे मानसिक फाइदा

एजेन्सी । धेरै दबाबमा काम गर्दा स्वास्थ्यमा असर गर्छ भन्ने गरिन्छ । धेरै दबाब सहन नसकेर मानसिक समस्या...   
राप्रपालाई वार्तामा आउन पत्र

राप्रपालाई वार्तामा आउन पत्र

काठमाडौं । हिन्दू राष्ट्र पुनर्स्थापनालगायतका २२ बुँदे माग राख्दै आन्दोलनरत राष्ट्रिय प्रजातन्त्र...   

एग्रो लघुवित्तको आईपिओमा आवेदन खुल्यो

काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले आजदेखि सर्वसाधारणमा सार्वजनिक निष्काशन साधारण...   
यी हुन् पटक–पटक जानकारी गराउँदा पनि कर नतिर्ने व्यवसायी

यी हुन् पटक–पटक जानकारी गराउँदा पनि कर नतिर्ने व्यवसायी

काठमाडौं । पटक–पटक जानकारी गराउँद पनि कर तिर्न अटेर गर्ने बाँकेका व्यवसायीको लिस्ट सार्वजनिक भएको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top