Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

विश्वको दोस्रो टेलिफोन कम्पनि हुवावेको सफलता र आरोपका कथा

चिनियाँ कम्पनी हुवावे टेलिकम नेटवर्कको क्षेत्रमा विश्वकै सबैभन्दा ठूलो कम्पनीमध्ये एक हो । तर पछिल्लो समय हुवावेले निकै ठूलो चुनौतीको सामना गरिरहेको छ ।

पश्चिमा देशहरुले हुवावेमाथि जासूसी गरेको आरोप लगाएका छन् । के साच्चै हुवावे दोषी हो ? कि त हुवावेमाथि अनावश्यक आरोपहरु लगाइएका पो हुन् कि ? हुवावेको कहानी यस्तो छ ।

रहस्यमय ह्याकिङ्ग

यो कुनै रहस्यमयी फिल्मी कहानीभन्दा कम छैन । यसको सुरुवात हुन्छ, अफ्रिकी युनियनको मूख्यालयबाट ।

अदिस अबाबास्थित मूख्यालयको भवन कुनै अन्तरीक्षयान जस्तै देखिन्छ । जसको बाहिरी भित्तामा सूर्यको प्रकाशले निकै चम्किलो देखिन्छ । गगनचुम्बी त्यो भवन इथोयोपियाको राजधानीमा सबैभन्दा विशेष देखिन्छ ।

जब तपाइँ यो भवनको लिफ्टमा पस्नुहुन्छ, चिनिया मण्डारिन भाषामा आगन्तुकको स्वागत हुन्छ । प्लास्टिकका ताडवृक्षमा चिनिया विकास बैंकको लोगो देख्न सकिन्छ । सबै ठाउँमा यस्ता संकेतहरु छन् कि त्यसबाट त्यो भवन चीनको वित्तिय सहयोगमा बनेको हो भन्ने सहजै अनुमान गर्न सकिन्छ ।

सन् २००६ मा चीनले २० करोड अमेरिकी डलरमा उक्त भवन बनाइदिने बाचा गरेको थियो । सन्२०१२ मा त्यो भवनको निर्माण पूरा भैसकेको थियो । त्यो भवनका सबै चिजहरु चिनिया सामानहरु हुन् । भवन भित्रको कम्प्युटर सिस्टम पनि चिनिया नै थियो।

कैयन् वर्षसम्म यो भवन चीन र अफ्रिकाबीचको मजबूत सम्बन्धको साक्षीका रुपमा रह्यो । बितेका दुई दशकमा चीन र अफ्रिकाको बीचमा कारोबार लगातार बढिरहेको थियो । त्यो वृद्धिदर वार्षिक २० प्रतिशत थियो । चीन अफ्रिकाको सबैभन्दा ठूलो आर्थिक साझेदार पनि हो ।

जनवरी २०१८ मा फ्रेन्च पत्रिका ला मोन्डेले अफ्रिकामा ठूलो तरंग ल्याइदियो । अफ्रिकी युनियन कार्यालयको कम्प्युटर प्रणाली ह्याकिङ्ग हुने गरेको खुलासा त्यो पत्रिकाले गर्यो ।

उक्त पत्रिकाका अनुसार बितेका पाँच वर्षमा हरेक रात मध्यरातदेखि बिहान दुई बजेसम्मको समयमा अफ्रिकी युनियनका कम्प्युटर सर्भरका डाटा करीब ८ हजार किलोमिटर टाढा सांघाईस्थित सर्भर केन्द्रमा पठाइने गरिएको थियो ।

विना कुनै रोकतोक १८ सय २५ दिनसम्म यसरी डाटाको चोरी गरिएको पत्रिकाको दाबी छ ।

अफ्रिकी युनियनका लागि काम गरिरहेका एक इमान्दार वैज्ञानिकले कार्यालयको सर्भरमा असामान्य गतिविधि देखेपछि त्यसका बारेमा अनुसन्धान गर्दा त्यस्तो तथ्य पत्ता लागेको थियो ।

रिपोर्ट अनुसार माइक्रोफोन तथा सुन्नका लागि प्रयोग गरिने डिभाइसहरु पनि भित्ता र डेस्कहरुमा यत्रतत्र लगाइएका थिए । साथै अरु धेरै लुकाइएका माइक्रोफोनहरुले पनि काम गरिरहेका थिए ।

पत्रिकाको यस्तो समाचारले सनसनी मच्चायो । चीन र अफ्रिकी युनियनका अधिकारीहरुले त्यो खबरको खण्डन गर्दै झुटो भएको बताए । पश्चिमी मिडियाहरुले बलियो बन्दै गरेको चीन र आत्मनिर्भर बन्दै गरेको अफ्रिकाबीचको सम्बन्धमा भाँजो हाल्ने प्रयास गरेको आरोप उनीहरुले लगाए ।

यी सबै घटनाबीच एक तथ्यका विषयमा खासै चर्चा भएन । त्यो के भने अफ्रिकी युनियनको कार्यालयमा सूचना तथा सञ्चार प्रविधिको व्यवस्था गर्ने जिम्मा चिनिया कम्पनी हुवावेलाई दिइएको थियो ।

हुवावेले पनि त्यस्ता कथित आरोपका बारेमा आफ्नो कुनै लेनादेना नभएको र यस मामिलामा आफ्नो कुनै भूमिका नरहेको दाबी गर्यो ।

अष्ट्रेलियन स्ट्राटेजिक पोलिसी इन्स्टिच्यूटका डानियल केभका अनुसार डाटा चोरीमा हुवावेकै भूमिका रहेको ठोकुवा गर्न नसकिएपनि लगातार पाँच वर्षसम्म आफ्नो सिस्टमबाट भएको डाटा चोरीका विषयमा हुवावे अनभिज्ञ थियो भनेर पत्याउन गाह्रो हुन्छ ।

यद्यपि चीन सरकार वा अन्य कुनै कम्पनीले हुवावे टेलिकम नेटवर्कका उपकरणको प्रयोग गरी उपभोक्ताको डाटा चोरी गरेको कुनै सबूत प्राप्त भएको छैन ।

अफ्रिकी युनियनको मुख्यालयमा भएको भनिएको त्यो डाटा चोरी साँच्चीकै भएको थियो वा थिएन, त्यसको पुष्टि पनि हालसम्म हुन सकेको छैन ।

तर यो घटनाले हुवावेका बारेमा वर्षौँदेखि चल्दै आएको शंकालाई बल पुग्यो । हुवावेमाथि चीन सरकारको हस्तक्षेप रहेको शंका गरिँदै आएको छ ।

रेन र हुवावेको उडान

‘जब मैले ३० वर्षअघि काम सुरु गरेको थिएँ तब हामीसँग राम्रो खालका फोनपनि थिएनन् । एउटामात्र फोन थियो जसमा हातबाट घुमाएर नम्बर डायल गरिन्थ्यो । तपाइँले यस्ता फोन दोश्रो विश्वयुद्धमा आधारित फिल्महरुमा देख्नुभएको होला ।’

विश्वकै दोश्रो ठूलो स्मार्टफोन निर्माता कम्पनी हुवावेका संस्थापक तथा अध्यक्ष रेन चेंगफेई सेन्झेनस्थित आफ्नो मूख्यालयमा आफ्ना पूराना दिन सम्झिन्छन् ।

त्यो मूख्यालय पनि आफैमा त्यो सफलताको निशानी हो, जसका लागि रेनले आफ्ना पूरा जिवन लगाए । यो मूख्यालयको भित्री दृश्य झनै भव्य छ । मुख्यालयभन्दा केही किलोमिटर टाढा हुवावेको सबैभन्दा नयाँ क्याम्पस छ, जुन अझै आकर्षक छ । त्यो क्याम्पसमा हुवावेका रिसर्च एण्ड डेभलपमेन्ट शाखाका २५ हजार कर्मचारीले काम गर्दछन् ।

त्यो क्याम्पस १२ वटा गाउँमा फैलिएको छ । बनावटका हिसाबले हरेक गाउँहरु युरोपका फरक फरक चर्चित शहरको स्वरुपमा छन् ।

यो क्याम्पसको यात्रा गरिरहँदा यस्तो महसूस हुन्छ कि वाल्ड डिजनीले फेरि एकपटक सिलिकन भ्यालीको कल्पना गरेका छन् ।

रोमन शैलीका महलबीच लामा लामो करिडोर तथा मनमोहक फ्रेन्च क्याफेले आगन्तुकलाई केहीबेर सुस्ताउन बाध्य पार्दछन् ।

रेनले सन् १९८७ मा हुवावे कम्पनीको सुरुवात गरेका हुन् । यो ३२ वर्षमा दुनिया धेरै बदलिसकेको छ ।

रेनको जन्म सन् १९४४ मा दक्षिणी चीनमा भएको हो । उथलपुथल र भिडभाड युक्त त्यो क्षेत्र चीनको सबैभन्दा गरीबी भएको क्षेत्रमध्ये एक थियो । उनले जिवनको पूर्वार्ध लामो समयसम्म अभावमै बिताए । युवा अवस्थामा उनी चिनिया सेनामा भर्ति भए ।

उनी चीनको जनमुक्ति सेनाको तल्लो पदमा थिए । उनी सामान्य निर्माण परियोजनामा सैनिक मजदुरको रुपमा काम गर्दथे । समयसँगै उनी सेनाको एक कम्पनीमा टेक्निसियन बने र पछि इन्जिनियर बने ।

सन् १९८३ मा उनले सेनाको जागिर छाडे । त्यसपछि उनी विद्युतिय उपकरणको कारोबारमा लागे ।

चेन पश्चिमी जगतको व्यापारको चलन तथा युरोपेली इतिहासको जागरुक विद्यार्थी पनि थिए । बजार अर्थशास्त्रका बारेमा उनको गहिरो रुची थियो । उनी अर्थशास्त्र, कानून तथा विश्व इतिहासका बारेमा गहन अध्ययन पनि गरे ।

अन्ततः सन् १९८७ मा उनले हुवावेको स्थापना गरे । हुवावेको अर्थ हुन्छ बेजोड सफलता र चीन सक्षम छ ।

सुरुवाती दिनमा यो कम्पनीले ग्रामीण इलाकामा सस्तो मूल्यका टेलिकम उपकरण बेच्दथ्यो । केही वर्षमै हुवावेले सामान बेच्ने मात्र होइन इलेक्ट्रोनिक्स सामान उत्पादन गर्ने काम पनि सुरु गर्यो ।

९० को दशकमा हुवावेले चिनिया जनमुक्ति सेनाका लागि टेलिकम उपकरण आपूर्ति गर्ने सरकारी ठेक्का हात पार्यो ।

सन् १९९५ सम्ममा त हुवावेले आफ्ना उत्पादन बिक्रिबाटै २ लाख २० हजार अमेरिकी डलर आम्दानी गर्न थालेको थियो ।

अर्को वर्षनै हुवावेले चीनमा नेसनल च्याम्पियनको उपाधि हासिल गर्यो । त्यो उपाधिको अर्थ के थियो भने हुवावेले गर्ने उत्पादनको क्षेत्रमा विदेशी कम्पनीहरुमाथि रोक लगाइयो ।

जब चीनको अथव्यवस्था वार्षिक १० प्रतिशतले बढेको थियो, त्यस समय उसका लागि ठूलो मुनाफाको चरण थियो । तर कम्पनीको बिक्रिमा खास वृद्धि तब देखिन थाल्यो जब सन् २००० मा हुवावेले विश्वका अन्य देशमा पनि आफ्नो कारोबार सुरु गर्यो ।

सन् २००२ मा हुवावेले आफ्नो विदेशी बजारमा उत्पादनको बिक्रिबाट ५५.२ करोड डलर कमाउन सफल भयो । सन्२००५ मा त हुवावेले चिनिया बजारमा गर्ने कमाई भन्दा विदेशी बजारमा गर्ने कमाईको हिस्सा धेरै भयो ।

सुरुवाती दिनबाटै हुवावे शेयर बजारबाट टाढै रह्यो । हुवावे निजी नियन्त्रण तथा कर्मचारीको स्वामित्ववाला कम्पनी हो ।

जसका कारण कम्पनीको आम्दानीको ठूलो हिस्सा अनुसन्धान तथा विकासमा लगाउन सम्भव भयो । कम्पनीले रिसर्च एण्ड डेभलपमेन्टमा वार्षिक २० अर्ब डलर खर्च गर्दछ । यो विश्वमा यो क्षेत्रमा खर्चिएको बजेटमध्ये सबैभन्दा धेरै हो ।

हुवावेको सुरुवाती चरणमा एउटा भनाई निकै चर्चित थियो । एकदिन संस्थापक रेनले आफ्ना कर्मचारीहरुका लागि खाना बनाइरहेका थिए । उनी खाना बनाउने कामका पारखी नै हुन् । त्यहीँ समयमा उनी अकस्मात किचनबाट बाहिर आए र चिच्याउँदै भने, ‘अबको २० वर्षपछि हुवावे विश्वको शीर्ष तीन सञ्चार कम्पनीमा सामेल हुनेछ ।’

रोचक त के भने उनको त्यो भविष्यवाणी पूरा भएको छ । अझ विश्वको दोश्रो ठूलो स्मार्टफोन कम्पनी बनेर हुवावे लक्ष्यभन्दा पनि अगाडि बढिसकेको छ ।

अहिले हुवावे दूरसञ्चार नेटवर्क उपकरणको बिक्रि गर्ने विश्वको सबैभन्दा ठूलो कम्पनी हो । कुनै समय एप्पलजस्तो बन्ने लक्ष्य लिएको हुवावे अहिले एप्पल भन्दा विशाल बनिसकेको छ ।

तर हुवावेको अन्तराष्ट्रिय सफलतामा सधै संशयको बादल मडारिरह्यो । रेन र हुवावेको सम्बन्ध चिनिया कम्युनिष्ट पार्टीसँग रहँदै आएको छ । जसका कारण हुवावेमाथि पनि शंकाको सुई घुमेको हो । चीन सरकारसँग मजबूत सम्बन्ध भएकैले हुवावे सफल भएको कतिपयको दाबी छ । अमेरिकाले त हुवावे चीन सरकारको एउटा साधन नै भएको आरोप लगएको छ । रेन चाहीँ यस्ता आरोप अस्विकार गर्दछन् । उनका अनुसार सरकारसँग सम्बन्ध भएकैले हुवावे सफल भयो भन्नु गलत हो । किनकी शत प्रतिशत सरकारी स्वामित्व भएका कम्पनीहरु पनि असफल भएका छन् ।

हुवावे विरुद्ध मुद्दा

१ डिसेम्बर २०१८ को दिन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनिया राष्ट्रपति सि जिनपिङ्ग ब्युनस आयर्समा जी ट्वान्टी बैठकका क्रममा डिनरमा सँगै बसेका थिए । डिनरमा विशेष खालको गाईको मासुको परिकार पनि थियो । त्यसपछि सख्खरमा बेरिएको विशेष पेनकेक । तर दुवैलाई केही विषयमा कुराकानी गर्नु पनि थियो ।

त्यस समय अमेरिका र चीनबीच व्यापार युद्ध चर्किएको थियो । दुबै देशले एक अर्काका उत्पादनमा चर्को शुल्क लगाइरहेका थिए र दुई देशबीचको व्यापारमा गिरावट आएको थियो । यसले विश्व अर्थव्यवस्थाको गति पनि सुस्त हुने अनुमान गर्न थालिएको थियो ।

सोही डिनरका क्रममा दुई नेता आपसमा सम्झौताको लागि तयार भए । त्यसपछि डोनाल्ड ट्रम्पले ट्वीट गर्दै भने ‘चीन–अमेरिका सम्बन्धले एक नयाँ छलाङ्ग मारेको छ ।’

तर त्यो डिनरस्थल भन्दा केही हजार किलोमिटर टाढाको दूरीमा रहेको क्यानडामा भएको एउटा गिरफ्तारीले त्यो सम्झौतामाथि सन्देह पैदा गरिदियो ।

रेन चेंगफेईकी जेठी छोरी समेत रहेकी हुवावेकी प्रमुख वित्तिय अधिकृत मेंग वानजाओलाई क्यानडाको भ्यानकुभर विमानस्थलबाट पक्राउ गरियो । उनी ट्रान्जिटमा रहेको बेला सुरक्षा अधिकारीहरुले उनलाई नियन्त्रणमा लिएका थिए ।

उनको गिरफ्तारी अमेरिकाको अनुरोधमा भएको थियो । इरानमाथि लगाइएको प्रतिबन्धको हुवावेले उल्लंघन गरेको आरोप उनीमाथि थियो ।

त्यो घटना हुवावेका लागि समस्याको सुरुवात थियो । दुई महिनापछि अमेरिकी कानून मन्त्रालयले हुवावे र मेंग विरुद्ध दुईवटा मुद्दा दर्ता गर्यो ।

हुवावे तथा मेंगले इरानमा रहेको आफ्नो व्यापारका बारेमा अमेरिकी सरकार तथा बैंकलाई जानकारी नगराएर धोका दिएको पहिलो अभियोग छ । दोश्रोमा कम्पनीले न्यायको मार्गमा बाधा पूराउनुका साथै कारोबारसँग सम्बन्धित गोपनीय जानकारीहरु चोर्ने कोसिस गरेको गम्भीर अभियोग लगाइएको छ ।

यद्यपि हुवावे र मेंग दुबैले यो आरोप अस्विकार गरिसकेका छन् ।

कारोबार सँग सम्बन्धित गोपनीय जानकारीहरु चोरीको आरोप हुवावेमाथि लागेको यो पहिलोपल्ट होइन ।

गतवर्ष सिस्को, नोर्टल तथा मोटोरोला लगायतका कम्पनीहरुले पनि यस्तै आरोप लगाएका थिए ।

तर अमेरिकाले चाहीँ हुवावेले केवल कारोबार सँग सम्बन्धित जासूसी मात्र नगरी चीनका लागि राजनीतिक जासूसी पनि गरिरहेको आरोप लगाउने गरेको छ । हुवावे चिनिया कम्युनिष्ट पार्टीको सहयोगीको भूमिकामा रहेको अमेरिकाको आरोप छ ।

बीबीसी

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies