Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

आखाँ अस्पताल निर्माणको निम्ति जग्गा बेचेर डेढ करोडको दान

भरतपुर । भरतपुरका भीमराज पाठक दृष्टिविहीनको पीडा देख्दा निकै दुःखी थिए । दृष्टिविहीनलाई कसरी उज्यालो संसार देखाउने उपायको खोजीमा धेरैतिर भौंतारिए उनी । एक दिन साथीसँगको सल्लाहमा आँखाको नानी प्रत्यारोपण गर्न सकिने थाहा पाए । त्यसका लागि सुविधा सम्पन्न अस्पताल चाहिने भएपछि उनलाई केही गरौं भन्ने भावना जाग्यो । अनि आँखा बैंक स्थापनार्थ डेढ करोड रुपैयाँ दान गरे ।

आजको अन्नपुर्ण पोस्ट दैनिकमा खबर छ - भरतपुर आँखा अस्पतालमा नानी संकलन केन्द्र स्थापनाका लागि ७४ वर्षीय पाठकले पूर्वी चितवनको एक बिघा जग्गा बेचेर दान गरेका हुन् । ‘आँखा देखाउने काममा दान गर्न पाउँदा मन रमाएको छ’, पाठकले भने, ‘ आँखा नभएकाले संसार देखाउन पाएँ भने मेरो खुसी त्यही हो ।’

पाठक दम्पतीका नाममा भीमराज–उषामाया पाठक आँखा बैंक स्थापना गरिएको छ । पाठकले आँखा बैंक सञ्चालनका लागि अक्षय कोष स्थापना गरेका हुन् । अक्षय कोषबाट प्राप्त ब्याज रकमले बैंक सञ्चालन गरिनेछ । नानी संकलन केन्द्रमा आँखाको नानी दान गर्न चाहनेलाई परामर्श दिने गरिएको छ । परीक्षण गर्न आउनेलाई आँखादानबारे जानकारी गराइन्छ ।

पाठक धादिङ गजुरीबाट २०१७ सालमा बसाइँ सरी चितवन आएका थिए । उनको आँखामा जलविन्दुको समस्या छ । विज्ञबाट आँखा परीक्षण गर्न योग्य भए आफूले पनि आँखादान गर्ने उनले बताए । उनका एक्ला छोरा अंशबन्डा लिएर अलग्गै बस्छन् । पाठकको अब भरतपुरमा चार कट्ठा जग्गा र घर बाँकी छ । जीवनको बाँकी समय सामाजिक सेवाका लागि जीवनको खर्चिने उनले बताए ।

भरतपुरमा आँखाको नानी (कोर्निया) संकलन कार्य सुरु गरिएको छ । तिलगंगा आँखा अस्पतालको सहकार्यमा नानी संकलन सुरु गरिएको हो । आँखा बैंक पूर्ण रूपमा तयार नभएकाले अहिले आँखाको नानी संकलन गरेर तिलगंगा पठाउने गरिएको छ । नानी संकलनका लागि विशेष तालिम प्राप्त दुई कर्मचारी खटिएका छन् । नानी दान गर्न इच्छापत्र भरेका व्यक्तिको मृत्युपछि कोर्निया संकलन गरिन्छ ।

चिकित्सकका अनुसार आँखादान गर्ने व्यक्तिको मृत्यु भएको ६ घन्टाभित्र नानी निकालिसक्नुपर्छ । आफन्तले बेलैमा खबर गरेमा नानी संकलन गर्न मिल्ने कार्यविधिसमेत बनाइएको छ । चितवनमा संकलित कोर्निया प्रोसेसिङ गरी सुरक्षित राख्ने मेसिन नहुँदा अहिले काठमाडौं पठाउने गरिएको भरतपुर आँखा अस्पतालकी सहायक व्यवस्थापक छाया श्रेष्ठले बताइन् । ‘दान गरेपछि निकालिएको नानी प्रत्यारोपणका लागि ठिक भएनभएको परीक्षणका लागि मात्र काठमाडौं पठाउँछौं’, उनले भनिन्, ‘आर्थिक अभावमा उपकरण राख्न गाह्रो भएको हुँदा अब त्यसको पनि तयारी भएको छ ।’

एघार हजार रुपैयाँमा कोर्निया प्रत्यारोपण गर्न सकिने अस्पतालले जनाएको छ । अस्पतालमा चार जनाको सफल नानी प्रत्यारोपण भइसकेको छ । चोटपटक लागेर, दाग देखिएर, फुलो परेर र दृष्टि गुमेका व्यक्तिलाई नानी प्रत्यारोपण गर्न सकिन्ने कनिर्या विशेषज्ञ डा. पुष्पा गिरीले बताइन् । भरतपुर आँखा अस्पतालमा अहिलेसम्म दुई सय ६५ जनाले आँखा दान गरेका छन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies