Khabar Dabali Logo
  April 23, Tue

एक हजार ४७६ घरधुरीमा उठिवासको चिन्ता

वीरगञ्ज। पुस्तौँदेखि उही थातथलोमा गुजारा गर्दै आए पनि इन्द्रदेव विश्वकर्माले अहिलेसम्म जग्गाको लालपुर्जा देख्नसमेत पाएका छैनन् । “आफ्नै जीवनमा लालपुर्जा बने हुन्थ्यो, छोरानातिले जग्गा नहुनाको भोग्न नपरोस् ” उनले भने।

बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका–१६टाँगियाबस्तीमा १४ हजार ७६ घरधुरीले घर कहाँ भन्दा ‘टाँगियाबस्ती’ भन्छन् तर त्यहाँ उनीहरुको नाममा जग्गा छैन । विश्वकर्मा, सुनार, तामाङ, मगर, कामी, दमाइँ, बाहुनक्षेत्री समुदायका एउटै थलोमा रहेका उनीहरु त्यहाँ विसं २०३० देखि बसोवास गर्दै आए पनि लालपुर्जा पाउन सकेका छैनन् ।

लालपुर्जाले हरेक चुनावमा माहौल तताउने गर्छ । नेताहरूले भोटमाग्न आउँदा जितेपछि लालपूर्जा उपलब्ध गराइदिन्छौ भने पनि अहिलेसम्म बेवास्था गरेको गुनासो गर्दै सोही ठाउँकी महिला अगुवा पवित्रा सुन्दारले भनिन्, “अब त दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बन्न थालेपछि हामीलाई उठिवास हुने पीडाले सताउन थालेको छ ।”

विमानस्थलको धावनमार्गको बिचमै टाँगियाबस्ती रहेकाले यसलाई अन्यत्र सार्न करीब रु चार अर्ब लाग्ने अनुमान गरिएको छ । सिमरास्थित विमानस्थल आयोजना कार्यालयका अनुसार मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निमार्णका लागि मुख्य समस्या भनेको सो बस्तीलाई स्थानान्तरण गर्न कठिन हुनु हो ।

जितपुर सिमरा उपमहानगरपालिकाका प्रमुख डा कृष्ण पौडेलले राससलाई भने, “बस्तीलाई अन्यत्र सार्नका लागि नजिकैको पसहा, हरैया र तामागढी गरी तीन ठाउँ हेरिएको र त्यसबारे अध्यान भइरहेको छ ।”

बयालिस वर्ष अघिदेखि पूर्व–पश्चिम राजमार्गको पथलैया निजगढ सडक खण्डको १६ किलोमिटर भन्ने ठाउँबाट चार किलोमिटर दक्षिणतर्फ ७३१ बिघा १४ कठ्ठा ऐलानी जङ्गल फँडानी गरेर उक्त बस्ती बसालिएको थियो । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ११ सय बिघा जग्गा छुट्याइएकामा ७३१ बिघा १४ कठ्ठा जमीन बस्तीको सो जग्गा धावन मार्गको मध्यभागमा परेकाले बस्ती हस्तान्तरण प्रमुख समस्याको विषय बनेको हो ।
सहजनाथ तथा तामागढी साझोदारी वनको बिचमा रहेको सो बस्तीका बासिन्दा बेरोजगार भएकाले घरेलु मदिरा उत्पादन तथा बिक्री नै उनीहरूको मुख्य पेशा बनेको छ । ती वासिन्दालाई उचित ठाउँमा पूर्वाधार सहितको बस्ती बसाल्न २०६४ सालदेखि सरकारसँग छलफल हुँदै आएको छ ।

लोकतन्त्र प्राप्तिपछि देशमा सबैले अधिकार पाए पनि बस्तीका सुकुम्बासी ४२ वर्षदेखि सुकुम्वासी नै रहनु परेको उनीहरुको गुनासो छ । बस्तीमा एक हजार ४७६ घरधुरीका करीब १० हजारमध्ये दुई हजार ६०० मतदाता छन् । शिक्षा, स्वास्थ्य, खानेपानीलगायत आधारभूत आवश्यकताबाट वञ्चित रहेका बस्तीका बासिन्दा अब विमानस्थल निर्माणसँगै विस्थापित हुनुपर्ने भएकामा खिन्न छन् ।
बस्ती अन्यत्र सारिदा प्रतिपरिवार दुई बिघा पाँच कठ्ठाको दरले जग्गा उपलब्ध गराउनुपर्ने, आयोजनास्थलको बाहिर तथा तीन किलोमिटरभित्र मुआब्जाको जग्गा उपलब्ध गराउनुपर्ने, एक घर एक रोजगारीको सुनिश्चिता हुनुपर्ने, १८ महीनासम्म रासनपानीको व्यवस्था लगायत पूर्वाधारको व्यवस्था गरिनुपर्ने माग अघि सारिएको टाँगियाबस्ती सरोकार समितिका अध्यक्ष रमेश सापकोटाले बताए ।

बारा जिल्लाको निर्वाचन क्षेत्र नं–३ मा पर्ने उक्त बस्तीका सुकुम्वासीको एउटै माग छ, “हामी त ४२ वर्षदेखि सुकुम्वासी भएर जीवन गुजा¥र्यौ तर आउने सन्तानले सुकुम्वासी भएर बाँच्नु नपरोस यसतर्फ सरकार गम्भीर हुनुपर्छ ।”

चैत ११ गते, २०७५ - १४:४९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

समृद्धिका लागि साहस र धैर्यता चाहिन्छः प्रधानमन्त्री

समृद्धिका लागि साहस र धैर्यता चाहिन्छः प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउन साहस र धैर्यताको खाँचो रहेको बताएका...   

कर्मचारी अभावले पूर्वाधार कार्यालय रित्तै

सुर्खेत । कर्णाली सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले कर्मचारी अभावकै कारण बजेट खर्च हुन सकेको...   
राष्ट्रिय खेलकूद प्रतियोगिता सकिन एक दिन बाँकी, आर्मीको अग्रता कायमै

राष्ट्रिय खेलकूद प्रतियोगिता सकिन एक दिन बाँकी, आर्मीको अग्रता कायमै

काठमाडौँ । प्रदेश नंं ५ मा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सकिन एक दिन बाँकी छँदा अङ्क तालिकामा...   

भारतमा तेस्रो चरणको चुनाव आज, बिहानैदेखि मतदान शुरु

नयाँदिल्ली । भारतको तल्लो सदन लोकसभाका लागि तेस्रो चरणको मतदान शुरु भएको छ । भारतीय निर्वाचन आयोगका...   

आज फेरि सुनको मुल्य ह्वात्तै घट्यो, तोलाको कति छ ?

काठमाडौं। साताको तेस्रो दिन अथवा मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन तोलामा रु तीन सय...   
इँटा उद्योग व्यवसायी सङ्घद्वारा शववाहन हस्तान्तरण

इँटा उद्योग व्यवसायी सङ्घद्वारा शववाहन हस्तान्तरण

चितवन । विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा गठित क्यान्सर सेवा समाजलाई चितवन इँटा उद्योग व्यवसायी...   

आगलागीबाट इलेक्ट्रोनिक्स पसल ध्वस्त, एक करोड बढीको क्षति

नेपालगञ्ज। नेपालगञ्ज उपमहानगरपालिका–२ घरबारीटोलस्थित एक इलेक्ट्रोनिक्स पसल गए राति आगलागीबाट ध्वस्त...   

मौसमको कारण बिरामीको संख्या ह्वात्तै बढे, औषधि अभाव

बैतडी। मौसममा आएको परिवर्तनसँगै बैतडीका विभिन्न स्वास्थ्य संस्थामा बिरामीको चाप बढ्न थालेको छ । जिल्ला...   

फेरि विप्वल समूहका जिल्ला इञ्चार्जसहित दुईजना पक्राउ

झापा। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहका जिल्ला इञ्चार्ज सौगात कटुवाल र सदस्य अर्जुन चौहानलाई...   

नेपाली कामदार तत्काल जापान जान नपाउने, यस्तो छ कारण

काठमाडौँ । नेपाली कामदार तत्काल जापानमा जान नपाउने भएका छन् । जापान रोजगारसम्बन्धी संयन्त्र तयार...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top