Khabar Dabali Logo
  April 23, Tue

पाँचखालमा नयाँ पुस्ताका आलुको बीउ उत्पादन

काभ्रेपलाञ्चोक । पाँचखालस्थित मसला बाली विकास केन्द्रले विभिन्न जातका आलुको बीउ उत्पादन गरिरहेको छ ।

वर्षौंदेखि एउटै जात पुस्तान्तरण गरी आलुखेती गर्दा कम उत्पादन हुने भएपछि नयाँ पुस्ताका बीउ उत्पादन गरिएको केन्द्रप्रमुख युवराज पाण्डेले बताए । उनले केन्द्रमा आलुको पूर्व मूलबीउ र मूल बीउ उत्पादन गरिरहेको जानकारी दिए ।

आलुको बीउ उत्पादनका लागि कुनै प्रकारका किरा छिर्न नसक्ने दुईवटा ‘स्क्रिन हाउस’भित्र ल्याबमा टिस्यु कल्चर गरिएका बिरुवा रोपिएको छ । पाण्डेले भने, ‘रोपिएको बिरुवाबाट फलेको आलु पूर्व मूल बीउ बन्दछ, त्यसलाई पनि रोपेर फलाइएपछिको मूल बीउ हो ।’

यो मौसममा रोपिएको तीन हजार ४४० बिरुवाबाट करीब २५ हजार दाना आलुको बीउ उत्पादन गर्ने लक्ष्य लिइएको केन्द्रप्रमुख पाण्डेले बताए । उनका अनुसार अहिले जनकदेव र कार्डिनल जातको आलुको बीउ उत्पादन भइरहेको छ । एउटा बिरुवामा सातदेखि १० दानासम्म फल्ने गर्दछ ।

यहाँ उत्पादन गरिएको आलुको नयाँ बीउ किसान तथा बीउ बिक्रेतालाई दिइनेछ । उत्पादित प्रिबेसिक नयाँ आलुको बीउ दानाको गन्तीमा बिक्री गरिने पाण्डेले बताए । केन्द्रले पाँच खाल उपत्यकामा विस्तारै आलुको बीउ परिवर्तन गर्दै जाने योजना बनाएको छ ।

चैत ११ गते, २०७५ - १२:०४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देशैभर मौसममा आंशिक बदली, यी स्थानमा मेघ गर्जनसहित चट्याङ पर्ने सम्भावना

काठमाडौँ। देशभरको मौसममा आंशिकदेखि सामान्य बदली हुँदा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र हुरीबताससहित...   

विद्यार्थीको चाप बढेपछि भर्ना रोकियो

मुग्लिन। ‘विद्यार्थीको सङ्ख्या बढाउँछौँ अङ्ग्रेजी माध्यममा पढाइ शुरु गर्दैछौँ भन्दा कहाँबाट विद्यार्थी...   
भेरी बबई डाइभर्सन: दुई प्रदेशबीच मतभेद शुरु

भेरी बबई डाइभर्सन: दुई प्रदेशबीच मतभेद शुरु

‘प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएका छौँ, प्रदेश सरकारलाई पनि हाम्रो समस्या थाहै छ’, उनले भने,...   
असहाय देवीलाई स्थानीयवासीद्धारा नयाँ घर, घरमा प्रवेश गर्न पाउँदा देवीले खुशीका आँशु झारिन्

असहाय देवीलाई स्थानीयवासीद्धारा नयाँ घर, घरमा प्रवेश गर्न पाउँदा देवीले खुशीका आँशु झारिन्

छोरी जन्माएको पाँच दिनमा पतिको मृत्यु भएर असहाय बनेकी मेचीनगर नगरपालिका–१० की देवीमाया मेचेलाई स्थानीयवासीले...   
पतिपत्नी बीच जति धेरै झगडा, उति धेरै माया ! धेरै झगडा गर्ने जोडीको सम्वन्ध दिगो हुन्छ: एक अध्ययन

पतिपत्नी बीच जति धेरै झगडा, उति धेरै माया ! धेरै झगडा गर्ने जोडीको सम्वन्ध दिगो हुन्छ: एक अध्ययन

श्रीमान र श्रीमतीबीच ठाकठुक पर्नु र नोकझोक हुनु दाम्पत्य सम्वन्धकै एउटा हिस्सा हो । तर, यस्तो प्रकारको...   

अब देखि तलबको १० प्रतिशत रकम छोराछोरीले बाबुआमाको खातामा हाल्दिनु पर्ने

सरकारले वृद्धभत्ता हटाउने तयारी सुरु गरेको छ। हरेक निर्वाचनमा दलहरुको चुनावी अजेन्डा बन्दै आएको वृद्धभत्तालाई...   
सर्वोत्तम सिमेन्ट उद्योगद्वारा वन अतिक्रमण

सर्वोत्तम सिमेन्ट उद्योगद्वारा वन अतिक्रमण

पश्चिम नवलपरासीको सुनवल–११ जोडेनीस्थित सर्वोत्तम सिमेन्ट उद्योग प्रालिले वन क्षेत्र अतिक्रमण गरेको...   

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

तनहुँ बसको ठक्करबाट आज तनहुँमा एक मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा साविक कास्की पुम्दीभुम्दी–१...   
आठौँ राष्ट्रिय खेलकूद- तेक्वान्दो र कराँतेमा विभागीय टोलीको जीत

आठौँ राष्ट्रिय खेलकूद- तेक्वान्दो र कराँतेमा विभागीय टोलीको जीत

काठमाडौँ। प्रदेश नंं ५ मा जारी आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत तेक्वान्दो र कराँतेमा विभागीय टोलीले...   

बागलुङमा जलिरह्यो घर, सम्झी रहे दमकल

बागलुङ । शनिबार प्रायः मानिस आराम, घुमफिर र रमाइलोका लागि समय निकाल्छन् । गलकोट नगरपालिका–६ चरौँदीका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top