Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

मुलरको गोप्य प्रतिवेदनको पर्खाइमा सांसदहरु, प्रतिवेदनले ट्रम्पको पद नै धरापमा पार्ने खतरा

वासिङ्टन। अमेरिकी सांसदहरु आइतबार सन् २०१६ को अमेरिकी राष्ट्रपति चुनावमा रुसको साँठगाँठ बारे अनुसन्धान गर्न गठित छानबिन समितिको गोप्य प्रतिवेदनको पर्खाइमा थिए । यो प्रतिवेदनले राष्ट्रपति डोनाल्ड ट्रम्पको पद नै धरापमा पार्ने खतरा रहेको अनुमान पनि गरिएको छ ।

महान्यायाधीवक्ता विलियम बारले अमेरिकी कङ्ग्रेस र आमजनतालाई प्रतिवेदनको मुख्य अंश उपलब्ध गराउने अपेक्षा गरिएको छ । यो प्रतिवेदन २२ महिना लगाएर विशेष अनुसन्धाता रोबर्ट मुलरले तयार पारेको हो ।

बारले शनिबार प्रतिवेदन अध्ययन गर्न नौ घण्टा बिताएका थिए । उनले भनेबका थिए, प्रतिवेदनको मुख्य सार सप्ताहान्तमा सार्वजनिक गरिनेछ । ट्रम्प र उनको भित्री घेरामा रहेर कार्य गर्ने व्यक्तिहरुले प्रतिवेदन हस्तान्तरण गर्नुअघि मुख्य अनुसन्धाता मुलरले दोषारोपण नगरेकामा खुशी मनाएका छन् ।

अमेरिकी संविधानमा राष्ट्रपतिमाथिको छानबिन प्रतिवेदन महान्यायाधीवक्ताले अध्ययन गरेपछि मात्र सार्वजनिक गर्ने प्रावधान छ । महान्यायाधीवक्ता बारले प्रतिवेदनलाई जतिसक्दो चाँडो र पूर्ण पारदर्शिताका साथ सार्वजनिक गर्ने बताउका छन् ।

मुलर स्वयंले भने प्रतिवेदनका बारेमा केही बताएका छैन । अमेरिकी समाजमा मुलरको प्रतिवेदनलाई लिएर विभिन्न अडकलबाजी गरिएका छन् ।

केहीले मुलरको रहस्यमयी प्रतिवेदनले राष्ट्रपति ट्रम्पलाई सफाइ दिएको अनुमान गरेका छन् । तर कतिपयले सङ्घीय जाँच ब्यूरोका तत्कालीन निर्देशक जेम्स कोमेलाई सन् २०१७ मा एकाएक बर्खास्त गरी राष्ट्रपतिले सबैतिर हस्तक्षेप गरेको र न्यायमा अबरोध गरेको दाबी गरेका छन् । उनीहरुको विश्वास छ, छानबिन कार्य मुलरको प्रतिवेदनमा मात्र सीमित हुने छैन, थप अनुसन्धानको ढोका यस प्रतिवेदनले खोल्नेछ ।

मुलरले यसअघि ट्रम्पको चुनावी अभियानमा संलग्न ३४ जना र तीन वटा कम्पनीमाथि फौजदारी अभियोग दर्ता गरिसकेका छन् । ट्रम्पका पूर्व चुनाव प्रचार प्रमुख पल म्यानाफोर्ट र पूर्व निजी वकील माइकल कोहेनलाई जेल सजाय गरिएको छ ।

तर ट्रम्पको चुनावी अभियान र मस्कोबीच प्रत्यक्ष सहकार्य भए नभएको प्रश्नका बारेमा हालसम्म कसैलाई दोषी ठहर्याइएको छैन । सङ्घीय जाँच ब्यूरो ९एफबीआई० का पूर्व निर्देशक मुलरले अनुसन्धानका सिलसिलामा राष्ट्रपति ट्रम्पसँग अन्तरवार्ता लिएका थिएनन् । बरु, रुससँगको सम्बन्धका बारेमा ट्रम्पले केही प्रश्नको लिखित जवाफ दिएका थिए ।

जनवरी २०१७ मा राष्ट्रपति ट्रम्पले राष्ट्रपतिको पद सम्हाले लगत्तै अमेरिकी गुप्तचर निकायहरुले चुनावी अभियानका क्रममा इमेल ह्याकिङको कार्यमा रुसको संलग्नता रहेको निष्कर्ष निकालेका थिए । रुसीहरुले अनलाइन प्रचारबाजी गरी अमेरिकी समाजमा घृणा र द्वन्द्व फैल्याउन भूमिका खेलेको पनि दाबी गरिएको थियो । रुसीहरुको यस्तो कार्यले राष्ट्रपतिमा डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार भएकी हिलारी क्लिन्टनलाई ठूलो क्षति पुगको थियो ।

रुसले भने अमेरिकी चुनावमा कुनै हस्तक्षेप नगरेको दाबी गर्दै आएको छ ।

राष्ट्रपति ट्रम्पले यसअघि मुलरको छानबिन प्रति तिब्र रोश प्रकट गर्दै आएका थिए । ह्वाइट हाउसका एकजना प्रवक्ता होगान गिड्लेले संवाददाताहरुसँग कुरा गर्दै ह्वाइट हाउसले मुलरको प्रतिवेदन प्राप्त नगरेको वा प्रतिबेनमा समेटिएका विषयका बारेमा कुनै जानकारी नदिइएको बताए ।

अमेरिकी कङ्ग्रेसका डेमोक्र्याट सांसदहरुले मुलरको पूर्ण प्रतिवेदन र यससँग जोडिएका अन्य दस्तावेजहरु सार्वजनिक गर्न आग्रह गरेका छन् । डेमोक्र्याट पार्टीले मुलरको प्रतिवेदनमा जे भनिए पनि राष्ट्रपतिमाथिको छानबिनलाई निरन्तरता दिने बताएको छ । एपी

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies