Khabar Dabali Logo
  April 23, Tue

दिल्ली क्यापिटल्सको टोलीमा सन्दीप नहुदाँ पनि जितको सुरूवात

एजेन्सी । नेपालका लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग ९आईपीएल० को पहिलो खेलमा टोलीको प्लेइङ–११ मा परेनन् । विश्वभरका चर्चित टी–२० फ्रेन्चाइज लिग क्रिकेट खेलिरहेका सन्दीपले यसपटक पहिलो खेलमै मौका पाउने धेरैको अनुमान थियो ।

सन्दीप टोलीमा नपरेपनि उनको टोली दिल्ली क्यापिटल्सले विजयी सुरुवात गरेको छ । आइतबार राति भएको खेलमा दिल्लीले मुम्बई इन्डियनलाई ३७ रनले हरायो । दिल्लीले दिएको दुई सय १४ रनको लक्ष्य पछ्याएको मुम्बई १९।२ ओभरमा सवै विकेट गुमाएर एक सय ७६ रनमा समेटिएको थियो ।

मुम्बईका लागि युवराज सिंहले ५३ रन बनाए । हार्दिक पाण्डेयले ३२, क्विनटन डीककले २७ रन, किरण पोलार्डले २१ र रोहित शर्माले १४ रन बनाए । बलिङमा दिल्लीका इशान शर्मा र कागीसो राबडाले दुई दुई विकेट लिए । टे«न्ट बोल्ट, राहुल तवतिया, अक्षर पटेल र किमो पलले एक एक विकेट झारे ।

यसअघि वानखडे क्रिकेट स्टेडियमा टस हारेर पहिले ब्याटिङ गरे दिल्लीले २० ओभरमा ६ विकेटको क्षतिमा दुई सय १३ रन बनाएको थियो । दिल्लीका लागि ऋषव पन्तले अविजित ७८ रन बनाए । कोलिन इनग्रामले ४७, शिखर धवनले ४३ र कप्तान श्रेयर ऐरले १६ रन बनाएका थिए । बलिङमा मुम्बईका मिचेल म्याकक्लेनाघनले तीन विकेट लिए । हार्दिक पाण्डेय ,बेन कटिङ र जसप्रित बुमराहको एक एक विकेट लिएका थिए ।

दिल्लीले चारजन विदेशी खेलाडीको कोटा रहने प्लेइङ ११ मा सन्दीप अटाएनन् । दिल्लीले विदेशीमा दक्षिण अफ्रिकाका कोलिन इनग्राम र फास्ट बलर खगिसो र वाडा अनी किमो पल र अर्का फास्ट बलर ट्रेन्ट बोल्टलाई पहिलो रोजाईँमा राखेको थियो । गत सिजन पनि दिल्लीले सन्दीपलाई पछिल्लो तीन खेल मात्र खेलाएको थियो । सन्दीपले ३ खेलमा ५ विकेट लिएका थिए ।

चैत ११ गते, २०७५ - ०८:३९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

श्रीलंका बम विष्फोट आक्रमणमा एक अर्बपतिका तीन सन्तानको मृत्यु

एजेन्सी । श्रीलंकाको बम आक्रमणमा परेर एक अर्बपतिका तीन सन्तानको मृत्यु भएको छ । एन्डर होल्च पोभ्लसेन...   

वार्षिक व्यापार घाटा करिब ९ खर्ब

काठमाडौं । वैदेशिक व्यापारमा नेपालको सस्किँदो अवस्थाले एकपछि अर्को रेकर्ड राखिरहेको छ । चालू आर्थिक...   
जसले गरे तीन करोड दान

जसले गरे तीन करोड दान

चितवन । मेरुदण्डमा चोटपटक लागि पक्षाघात भएर जीवन कष्टप्रद हुने जोखिम रहन्छ । यस्तो चोटपटकको उचित...   

कालाेपत्रे गरेकाे एका सातामै घाँस उम्रियाे, अख्तियारद्वारा अनुसन्धान सुरू

काठमाडाैं ।निर्माण गरेको साता नपुग्दै धनगढी उपमहानगरपालिका–७ स्थित सद्भावना मार्गको कालोपत्रे सडकमा...   

सेवाग्राहीको भीड हुँदैमा कर्मचारी टाप

ललितपुर । कार्यलय समय बिहान १० देखि अपराह्न पाँच बजेसम्म हो । सेवाग्राहीको भीडभाड हुने कतिपय कार्यालयमा...   

आइपीएल रोयल च्यालेन्जर्ससंग चेन्नई सुपर किंग्सको हार

एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले शीर्ष टोली चेन्नई सुपर...   

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम–१० नदवामा गए राति भएको सवारी दुर्घटनामा परी मोटरसाइकल चालकको...   

विवाहमा छुवाछुत र भेदभावः अगुवाले दक्षिणा दिए, भोज खाएनन्

रुपन्देही । जातीय छुवाछुतलाई फौजदारी अपराध मानेर मुद्दा चलाइने कारबाही चलाइने कानुनी प्रावधान भए...   

सरकारी सवारीमा कर्मचारीको दाइँ, एक अधिकृतलाई दुई गाडी

काठमाडौं । गृह मन्त्रालयमा ९० जना अधिकृतस्तरका कर्मचारी छन् । तर उनीहरूको प्रयोजनका लागि ल्याइएका...   

नेकपा एकता प्रकृया : तत्कालीन जिल्ला अध्यक्षलाई नै जिम्मेवारी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले ७७ वटै जिल्ला कमिटिका अध्यक्ष र सचिवको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top