Ntc summer Offer
Khabar Dabali ४ बैशाख २०८१ मंगलवार | 16th April, 2024 Tue
NIMB

घरघरमा पानीको धारा आएपछि स्थानीयवासी खुशी

गोरखा । गोरखाको वारपाक सुलिकोट गाउँपालिका–४ स्थित भण्डारी गाउँमा घरघरमा खानेपानीको धारा पुगेपछि स्थानीयवासी खुशी भएका छन् ।

लामो समयदेखि खानेपानीका अभाव झेल्दै आएका त्यहाँका स्थानीयवासी अहिले घरमै पानीको धारा आएपछि दङ्ग परेका हुन् ।

विसं २०७२ साल बैशाख १२ को भूकम्पले पानीको मुहान सुकेपछि त्यहाँका ६८ घरधुरीलाई खानेपानीका लागि दुःख, पीडा र हैरानी खेप्नु परेको थियो । एक गाग्री पानीका लागि दैनिक घण्टौँसम्म समय खेर फाल्नुपर्ने बाध्यता रहेका स्थानीयवासीलाई अहिले घरको आँगानमै स्वच्छ पिउने पानी आएपछि सपना जस्तै लाग्न थालेको छ ।

“घरको आँगनमै पानीको धारा आउला भन्ने त लागेको थिएन”, स्थानीयवासी चन्द्रमाया गुरुङले भने, “अहिले एक गाग्री पानीका लागि ४ बजेदेखि नै धाउनुपर्ने बाध्यता हटेको छ ।” आँगनमै पानीको धारा आए पनि गाउँलेले सुखको अनुभूति गरेको उनले बताए ।

गाउँमै खानेपानीको अभाव हटेपछि मेलापात गर्नसमेत सजिलो हुन थालेको स्थानीयवासीको भनाइ छ । “पानी लिनका लागि घण्टौँ कुर्नुपर्दा बालबालिकालाई विद्यालय पठाउन, मेलापात गर्नसमेत गाह्रो भएको थियो”, उहाँले भन्नुभयो, “अहिले समयको पनि बचत भएको छ, बिहान घरधन्दा गरेर मेलापात गर्न पनि सजिलो हुन थालेको छ ।”

“धारामा पानी लिन एक घण्टासम्म लाइन बस्दा पनि पानी नपाएर रित्तै गाग्री लिएरसमेत फर्कनु पथ्र्यो, अर्का स्थानीयवासी सानुमाया गुरुङले भन्नुभयो, “पानीको अभाव हँुदा कहिले त गाउँ नै छोडर जाउँजस्तो पनि लाग्थ्यो, अहिले घरमै पानी आएपछि गाउँ नै स्वर्गजस्तो लाग्न थालेको छ ।”

भण्डारी गाउँका स्थानीय बासिन्दाले भूकम्पपछि खानेपानीको बढी हैरानी खेप्नु परेको उनले बताए । “गाउँभरिमा चार ओटा धारा थियो, त्यो पनि कहिले पानी आउने कहिले नआउने भएकाले धेरै दुःख खेप्नु परेको थियो, अहिले त सजिलो भएको छ,” उनले भने ।

हिउँदका बेला पानी सुक्ने बर्खाका बेला भेलले पानी ल्याएको पाइप बगाइदिने, ट्याङकी पुरिने जस्ता समस्याले पीडित त्यहाँका बासिन्दाले खानेपानीका लागि भौँतारिनुपर्ने बाध्यता थियो । अधिकांश गुरुङ समुदायको बसोबास रहेको उक्त गाउँमा युनिसेफ र नेपालस्थित फिनल्याण्ड दूतावासको सहयोगमा खानेपानी आयोजना निर्माण सम्पन्न गरिएको हो ।

कूल १० लाख ९१ हजार लागतमा सम्पन्न भएको उक्त आयोजनाले अहिले भण्डारी गाउँको सबै घरमा खानेपानी पुगेको छ । धारा बनाउन चार लाख ६२ हजार बराबरको श्रमदान र रु दुई लाख स्थानीयवासीले जुटाएर खर्च गरेका थिए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies