Khabar Dabali Logo
  April 23, Tue

सिता दाहालको स्वास्थ्यमा सुधार, प्रचण्ड परिवार खुशी

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको हाल अमेरिकामा उपचार भइरहेको छ। सीता दाहाल लामो समयदेखि पार्किन्सस् सहितको रोगबाट ग्रसित छन्।

अघिल्लो साता प्रचण्डले पत्नी सीता दाहाललाई अमेरिका लगेर जोन हप्किन्स र सीपीसी सेन्टरमा परीक्षण गराए। यसभन्दा अघि सिंगापुरमा गरिएको रोगको निदान नै सही रहेको भएतापनि उपचार पद्धति र औषधीय विधिमा गरिएको परिवर्तनले सीता दाहालको स्वास्थ्यमा सुधार देखिएको प्रचण्डले बताएका छन्।

सीता दाहाल एक्लै हिंडडुल गर्नसमेत नसक्ने अवस्था रहेकी थिइन्। तर, अमेरिकाको उपचारले उनी केही समयपछि विना सहारा हिंडडुल गर्नसक्ने आशा पलाएको प्रचण्डले बताएका छन्। उनको परीक्षण अमेरिकाको जोन हप्किङ्स अस्पतालको आउटडोर प्यासेन्ट भएको हो।

त्यहाँ पनि उनलाई प्रोग्रेसिभ सुपर न्यूक्लियर प्लासी नामक नै रोग लागेको समेत निश्चित भएको प्रचण्डले जानकारी दिएका छन्। यस सम्बन्धी रोगको अमेरिकामा रहेको अनुसन्धान केन्द्रमा समेत सीताको परीक्षण गरिएको हो। अनुसन्धान केन्द्रको उपचार पद्दतिबाट प्रचण्ड परिवारमा खुशी पलाएको छ। उनी अब आफै हिंडडुल गर्नसक्ने आशा पलाएको छ, प्रचण्डले भने ।

गत असोज १० मा प्रचण्डले सीतालाई उपचारका लागि सिंगापुर लगेका थिए भने त्यस अघि दिल्ली समेत लगिएको थियो । हट वाटर थेरापीका लागि प्रचण्डले गत कात्तिक २६ मा सीतालाई म्याग्दीको तातोपानीमा नुहाउन लगेका थिए।

भ्रमणका क्रममा अमेरिकी सरकारका अधिकारीहरुसँग औपचारिक अनौपचारिक रुपमा छलफल समेत भइरहेको प्रचण्डले बताएका छन्। प्रचण्ड अब छिटै स्वदेश फर्कने भएका छन्।

चैत १० गते, २०७५ - १५:३८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यी हुन् नेकपाका ८ ‘घटुवा प्रकरण’ ! कोको परे घटुवामा ?

काठमाडौं । लामो समयको विवादपछि गठन भएको नेपाल कम्युनिस्ट पार्टीको जिल्ला कमिटीमा ‘घटुवा’ प्रकरणुले...   
रामेछापमा तारा एयरको विमान रनवेमा चिप्लियो : सबै यात्री सकुशल

रामेछापमा तारा एयरको विमान रनवेमा चिप्लियो : सबै यात्री सकुशल

रामेछाप । तारा एयरको विमान सोमबार विहान रामेछाप विमानस्थलको रनवेमा चिप्लिएको छ । तर विमानका यात्रि...   
नेपाली कम्युनिष्ट आन्दोलनका ७० वर्ष : एक चर्चा

नेपाली कम्युनिष्ट आन्दोलनका ७० वर्ष : एक चर्चा

नेपाली कम्युनिष्ट आन्दोलनको इतिहास ७० वर्ष पुरानो छ। हाल दर्जनौं समूहमा रहेका कम्युनिष्ट घटकहरुको...   

नेकपामा प्रचण्डको समन्वयकारी भूमिका : यसरी टुंगियो जिल्ला नेतृत्वको विवाद

काठमाडौं । लामो समयसम्म प्रक्रियागत झन्झटमा अल्झेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जिल्ला तहको...   
रेनु दाहाल भेट्न किन पुगे विद्यासुन्दर भरतपुर ?

रेनु दाहाल भेट्न किन पुगे विद्यासुन्दर भरतपुर ?

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य भरतपुरकी मेयर रेनु दाहाल भेट्न भरतपुर...   

फेरी विप्लवका दुई केन्द्रिय नेता पक्राउ

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका २ केन्द्रीय सदस्य पक्राउ परेका छन् । प्रहरीले...   

कहाँ पर्‍यो नेकपाको एकतामा गाँठो ?

काठमाडौं । नेकपाले लेनिन जयन्ती तथा पार्टी स्थापना दिवसका दिन पारेर पार्टीको तल्लो तहको एकता प्रक्रिया...   
ओली गिरफ्तार परेपछि विप्लवका मध्यकमाण्ड इन्चार्जमा प्रकाण्ड

ओली गिरफ्तार परेपछि विप्लवका मध्यकमाण्ड इन्चार्जमा प्रकाण्ड

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका मध्यकमाण्ड इन्चार्ज फेरिएका छन् । अबको विप्लवको...   
जनार्दनको आक्रोस– उर्जामन्त्री वर्षमानले के गरे थाहा भएन

जनार्दनको आक्रोस– उर्जामन्त्री वर्षमानले के गरे थाहा भएन

काठमाडौं । नेकपाका नेता तथा ६ नं. प्रदेशका इन्चार्ज जनार्दन शर्मा प्रभाकरले उत्तरगंगा जलविद्युत परियोजनाको...   

नेकपामा तीन नेताको फरकफरक तीन प्रस्ताव : तर सबै लचिलो

काठमाडौं । नेकपाको एकता प्रक्रियालाई अन्तिम दिन बसिरहेका ३ नेताले तीनैथरीका प्रस्ताव छलफलमा राखेका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top