Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

उपेन्द्रको एकछत्र राज, गुमनाम पहाडी नेता

काठमाडौं । राजनीतिक पार्टीमा एक विशेषको भूमिका महत्वमा रहने र अरु गौण रहने कुरा सामान्य नै हो । तर कतिपय महत्वपूर्ण सन्दर्भमा पार्टी कमिटी भित्र छलफल गर्ने र सबैको अभिमत पश्चात निर्णय लिने पद्धति हुन्छ । तर समाजवादी फोरम नेपाल त्यस्तो पार्टी हो जहाँ उपेन्द्र एक्लैले सबै निर्णय गर्दछन् र अरुलाई सुनाउँछन् ।

फोरमका एक उच्च नेता भन्छन्, –“राजनीतिक समिति भन्नुस या केन्द्रिय समिति जे सुकैको बैठक भने पनि मत राख्न नभई निर्णय सुन्न हुन्छ ।” वर्षमा एकदुई पटक हुने राजनीतिक समितिको वैठकबारे सम्झदैं उनले भने –“छलफलै भइहाल्यो भने पनि अरुको सुन्ने र उपेन्द्र जीले निर्णय गर्ने हुन्छ ।” राजनीतिक समितिको खासै काम नभएको उनले बताए । केन्द्रिय कमिटिको कार्यक्रम त परिचयात्मक मात्र हुने उनको भनाई छ । “कमिटि ठूलो छ । सबैको कुरा सुन्ने फुर्सद हुँदैन् । एक दिनको कार्यक्रममा ४/४ मिनेट बाँड्यो भने पनि समय जान्छ । सबैले आफ्नो–आफ्नो नाम र ठेगाना भन्छन् अनि सकिन्छ ।”

मुख्य राजनीतिक मुद्दामा डिल पनि उपेन्द्र एक्लैले गर्ने र अन्यलाई सहयोगीको रुपमा लैजाने गरेको उनी बताउँछन् । “अरुलाई देखाउन लैजाने हो ।” मुख्यमन्त्री बनाउँदा समेत पार्टीमा छलफल नभएको उनको भनाई छ ।

कारण आम निर्वाचन

पार्टी एकिकरण हुँदै गर्दा संघीय समाजवादी फोरम, राष्ट्रिय दल जस्तो देखिएको थियो । खस समावेशी पार्टीको संविधानसभामा प्रतिनिधित्व नभए पनि संघीय समाजवादीको प्रतिनिधित्व भने थियो । जसले पहाडतिरको मतको प्रतिनिधित्व गर्दथ्यो । राष्ट्रिय पार्टी बने पनि गत आम निर्वाचनमा पहाडबाट बडारिने र तराईमा थामिने स्थिति बन्यो । पार्टीले न त स्थानीय तहको निर्वाचनमा पहाडमा उम्मेदवार जिताउन सक्यो न त प्रतिनिधि सभा या राष्ट्रिय सभाको निर्वाचनमा ।

पहाडमा शुन्य मत परिणामसँगै पहाडिया नेता न चुनाव जिते न त भूमिकामा रहने अवस्थामा रहे । संघीय समाजवादी फोरममा मधेशी नेताहरुकै बोलावाला कायम हुने स्थिति बन्यो । पहाडिया मतको प्रतिनिधित्व गर्ने नेताहरु भूमिका बिहिन भए । केहि पदीय भूमिकामा रहेका नेता गुमनाम रहने स्थिति बन्यो । पार्टीमा भागवण्डा खोज्ने उच्च मानिएका केहि नेता मधेशी मतले समानुपातिक तर्फ कोटामा मौन बन्न पुगे ।

अशोक राई पछाडि पर्नुसँगै समस्या

कुनै समय देशकै ठूलो दल नेकपा एमालेको उपाध्यक्ष समेत रहेका अशोक राई गत निर्वाचनमा नराम्रैसँग पराजित भए । सुनसरी क्षेत्र नं. १ बाट निर्वाचनमा उठेका उनी आफ्नै पूर्व चेला नेकपा एमालेका जिल्ला नेता जयकुमार राईबाट पराजीत भएका थिए । चुनावको पराजयसँगै पार्टीका ठुला तथा प्रभावशाली नेता मानिएका अशोक राई भूमिका बिहिन भएका छन् । खस समावेशी पार्टीबाट आएका युवराज कार्की संघीय समाजवादीमा लेन्स लगाएर खोज्नु पर्ने अवस्थामा छन् । सह–अध्यक्षको भूमिकामा रहेका राजेन्द्र प्रसाद श्रेष्ठ समानुपातिक कोटाबाट चुपचाप छन् । रकम चेम्जोङ्ग, हेमराज राई, रणध्वज कन्दङ्ग, दान बहादुर बिके लगायतका केन्द्रिय कार्यसमितिका नेताहरु गुमनाम जस्तै छन् । जसको कारण अन्य पहाडीया नेता समेत राजनीतिक वृत्तमा गुमनाम हुने स्थितिमा पुगे ।

महाधिवेशन नहुँदा बढ्दो खिचडी

फोरमका नेताहरु कुराकानीमा महाधिवेशनको तयारीमा रहेको बताउँछन् । तर, पार्टी महाधिवेशन होइन् साना टुक्रे तथा तराइकै अन्य पार्टीसँग एकताको प्रयासमा छ ।

तीन वर्षअघि अर्थात् ०७२ जेठ ३२ मा मधेशी जनअधिकार फोरम नेपाल, संघीय समाजवादी पार्टी र खस समावेशी राष्ट्रिय पार्टीबीच एकता भएपछि संघीय समाजवादी फोरम निर्माण भएको थियो । एकता हुँदा बनाइएका कमिटि महाधिवेशन नहुँदा फेरिएको छैन् । आम निर्वाचनसँगै पहाडीया नेताहरुलाई नाममा त भूमिका छन् र तर काम भने शुन्य छ । पदमा उच्च नेता भए पनि पार्टीको निर्णयमा भूमिका नहुँदा गुमनाम बन्नु परेको छ ।

राजपासँगको एकताको प्रसंगले अलमलमा पहाडी नेता

नयाँ शक्तिसँगको कसरत फेल खाएपछि उपेन्द्र यादव राजपासँगको एकताको प्रयास जुटेका छन् । सह–अध्यक्ष राजेन्द्र श्रेष्ठको नेतृत्वमा वार्ता टोली गठन नै गरेर संघीय समाजवादी फोरम राजपासँग वार्तामा छ । उपेन्द्र यादव राजपासँगको एकतामा प्रयासमा लागिरहँदा पहाडी नेताहरु भने अलमलमा देखिन्छन् ।

राजेन्द्र श्रेष्ठकै नेतृत्वमा वार्ता टोली बनाइएको भएपनि एकतापछि आफुँहरु छाँयामा पर्ने उनीहरुको बुझाई छ । पहाडिया नेताहरुको भित्रि इच्छा राष्ट्रिय स्तरका अन्य पार्टीसँगको एकता गर्ने देखिन्छ । किनकी तराईकै पार्टीसँग एकता भएको खण्डमा, भएको भूमिका तथा पद समेत गुम्ने खतरा छ ।

नतिजामा भोट पनि आफ्नो नहुने र मास पनि आफ्नो पक्षमा नहुँदा पार्टी भित्र हराईने उनीहरु ठान्छन् । एकता भयो भने, पार्टीले बोक्ने एजेण्डा समेत क्षेत्रीय प्रकृतिको नै हुने र अन्य मुद्दा छाँयामा पर्ने उनिहरुको बुझाई देखिन्छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies