Khabar Dabali Logo
  April 24, Wed

गर्मी बढ्याे, आइक्रिम कत्तिकाे खानु हुन्छ ? जान्नुहाेस् यसका फाइदा र बेफाइदा

आइक्रिम विशेषगरी गर्मीे मौसममा रुचाइन्छ । चैत लागेसँगै बजारमा आइसक्रिम खानेको संख्या पनि बढ्न थालेको छ । विभिन्न किसिमका आइसक्रिम बजारमा सजिलै उपलब्ध हुन्छन्, जो खाँदा स्वादिष्ट पनि हुन्छन् । प्रायः बालबालिका र युवतीको पहिलो रोजाइमा आइसक्रिम परे पनि अन्य उमेरकाले पनि खाने गर्छन् ।

सामान्यतया दूध, क्रिम, ग्लुकोज, चकलेट आदिको मिश्रणलाई फ्रिज गरेर आइसक्रिम बनाइएको हुन्छ । आइसक्रिममा क्याल्सियम, भिटामिन र प्रोटिनको मात्रा धेरै पाइन्छ । त्यसैले, सन्तुलित ढंगले बनाइएको आइसक्रिम स्वास्थ्यका लागि लाभदायी हुन्छ ।  यद्यपि, गुणस्तरहीन आइसक्रिम खाएमा यसले बेफाइदासमेत गर्छ । अब जानौँ, आइसक्रिमका फाइदा/बेफाइदाबारे :

फाइदा
– आइसक्रिमलाई ऊर्जाको स्रोतको रूपमा लिइन्छ । एउटा सामान्य आइसक्रिममा काब्रोहाइड्रेट  र प्रोटिन प्रशस्त मात्रामा पाइने भएकाले यसले शरीरमा ऊर्जा प्रदान गर्छ । अमेरिकाको कृषि विभागका अनुसार एउटा आइसक्रिममा करिब एक सय ३७ क्यालोरी हुन्छ । त्यसैले, तौल बढाउन चाहने र कमजोर महसुस गरिरहेका वेला आइसक्रिम खानु उपयुक्त मानिन्छ । 
– आइसक्रिम क्याल्सियम, पोटासियम र फस्फोरसको राम्रो स्रोत हो । जसले रक्रचापको स्तरलाई सहयोग गर्नुका साथै दाँत, हड्डी र मांसपेशी बलियो बनाउन सहयोग गर्छ । 

बेफाइदा
– बजारमा पाइने सबै आइसक्रिम गुणस्तरयुक्त हुन्छन् भन्ने छैन । त्यस्ता गुणस्तरहीन आइसक्रिम खाएका मानव स्वास्थ्यमा हानि पुग्छ ।
– आइक्रिममा क्यालोरीको मात्रा एकदमै धेरै हुने हुनाले बढी खाएमा मोटोपन ल्याउने सम्भावना उच्च रहन्छ । त्यस्तै, आइसक्रिम फ्याटको उच्च स्रोत पनि हो । आइसक्रिममा क्रिम, दूधसँगै बोसोसमेत प्रयोग गरिने भएकाले यसले मोटोपनको समस्या निम्त्याउने खतरा हुन्छ । 
– रगतमा उच्च मात्रामा कोलस्ट्रोल भएका व्यक्तिले आइसक्रिम सेवन गरेमा असर गर्छ । यस्तो अवस्थामा आइसक्रिम खाएमा रक्तधमनीमा रोकावट आई हृदयाघात र पक्षघात हुन सक्ने सम्भावना रहन्छ । 
– आइसक्रिममा प्रयोग गरिने सुगरको मात्राले मधुमेहका बिरामीलाई असर पु-याउँछ । कतिपय समयमा आइसक्रिममा लिस्टेरिया नामक ब्याक्टेरियासमेत भेटिन्छ । उक्त ब्याक्टेरियाले स्वास्थ्यमा गम्भीर समस्या सिर्जना गर्छ । – नयाँ पत्रिकाबाट

चैत ९ गते, २०७५ - २०:२२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

श्रीलङ्कामा सन्दिग्ध आक्रमणकारी गिर्जाघर छिरेको भिडिओ

श्रीलङ्कामा सन्दिग्ध आक्रमणकारी गिर्जाघर छिरेको भिडिओ

श्रीलङ्कामा आइतवार गराइएका विस्फोटनमध्ये एउटा गिर्जाघरमा एकजना सन्दिग्ध आक्रमणकारी छिरेको भिडिओ...   

उपराष्ट्रपति पुनले पाए राष्ट्रपतिको कार्यभार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य...   
योजनावद्ध र सन्तुलित नीतिलाई अवलम्बन गर्दै विकासका काम भइरहेका छन्ः मेयर दाहाल

योजनावद्ध र सन्तुलित नीतिलाई अवलम्बन गर्दै विकासका काम भइरहेका छन्ः मेयर दाहाल

चितवन । चितवनको भरतपुर महानगरपालिकाको आयोजनामा चालू आर्थिक वर्षको दोस्रो चौमासिक (मंसिर–फागुन) मा...   

हेमन्तप्रकाश वलीसहित ६ जनालाई थुनामा राख्न अदालतको आदेश

ललितपुर । ललितपुरको नख्खुस्थित एनसेलको कार्यालय अगाडि भएको बम विस्फोट प्रकरणमा पक्राउ परेका नेत्रविक्रम...   
केन्द्रीय सदस्य र सांसद बनेका नेकपा जिल्ला सचिवले दिए राजिनामा

केन्द्रीय सदस्य र सांसद बनेका नेकपा जिल्ला सचिवले दिए राजिनामा

काठमाडाैं । पार्टी स्थापना दिवसका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काे जिल्ला अध्यक्ष र सचिवकाे...   
फिलिपिन्समा शक्तिशाली भूकम्प, कैयौँ हताहत

फिलिपिन्समा शक्तिशाली भूकम्प, कैयौँ हताहत

फिलिपिन्सको प्रमुख टापु लुजोनमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा ११ जनाको ज्यान गएको छ। त्यहाँको भूकम्पमापन...   
नेकपाको जिल्ला नेतृत्व चयनप्रति असन्तुष्टि

नेकपाको जिल्ला नेतृत्व चयनप्रति असन्तुष्टि

काठमाडौं । नेकपाका युवा नेता योगेश भट्टराईले नेकपाको जिल्ला नेतृत्व चयनप्रति असन्तुष्टि व्यक्त गरेका...   

अनिवार्य शिक्षा नलिने शैक्षिक संस्थाले स्थानीय सरकारको सुविधा नपाउने

कैलाली । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले २०८५ साल सम्ममा अनिवार्य शिक्षा...   

काङ्ग्रेस कमजोर प्रतिपक्ष हाेइनः देउवा

झापा । नेपाली काङ्ग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले काङ्ग्रेस कमजोर प्रतिपक्ष...   
यस्ता कार्यकर्ता पाे कार्यकर्ता ! जसले  भूलवस् अर्काे पार्टीलाई भाेट हाल्दा आफ्नै औँला काटे

यस्ता कार्यकर्ता पाे कार्यकर्ता ! जसले भूलवस् अर्काे पार्टीलाई भाेट हाल्दा आफ्नै औँला काटे

भारतमा एकजना मतदाताले मतदानका क्रममा आफूले भूलवश “गलत” पार्टीलाई मत हाल्न पुगेको थाहा पाएपछि आफ्नो...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top