Khabar Dabali Logo
  April 24, Wed

राजनीतिक परिवर्तनले मात्र समाज बदलिँदैन – मन्त्री थापा

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले राजनीतिक परिवर्तनले मात्र समाज परिवर्तन नहुने बताइन्।

महिला अधिकार तथा विकास केन्द्रको २५औँ रजत जयन्तीका आवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री थापाले समाजमा विद्यमान लैङ्गिक भेद्भाव, विकृति र विसङ्गतिको अन्त्य गर्न महिला स्वयं लाग्नुपर्ने बताइन् । “समाजमा महिला हिंसालगायत बलात्कारका घटना बढ्दै गइरहेका छन्, त्यसको अन्त्यका लागि महिला आफैँ क्रियाशील र सशक्त भएर लाग्नु आवश्यक छ”, थापाले भनिन् ।

महिलाको सोच, चिन्तन र व्यवहारमा अझै परिवर्तन आवश्यक रहेकोमा मन्त्री थापाले जोड दिइन् । सरकारले संविधानको मर्मबमोजिम झण्डै १६४ कानूनलाई संशोधन गरेको उनले जानकारी दिइन् ।

अखिल नेपाल महिला सङ्घकी अध्यक्ष गोमा देवकोटाले महिला आर्थिक र सामाजिक क्षेत्रमा माथि नउठेसम्म समाज परिवर्तन सम्भव नरहेको बताउँदै आर्थिक सवलीकरणमा महिला लाग्नु अहिलेको आवश्यकता रहेकोमा जोड दिइन्।

हाल विकास केन्द्रमा जम्मा ३४ हजार सदस्य आवद्ध रहेको र ३२ वटा जिल्लामा सेवा प्रदान गर्दै आएको संस्थाकी अध्यक्ष तुलसी थापाले जानकारी दिइन्। संस्थाले महिलालाई माथि उठाउन विभिन्न आयमूलक तालीम प्रदान गर्दै आएको छ ।

चैत ९ गते, २०७५ - १५:४८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धादिङ केन्द्रबिन्दु भएर फेरि अर्को भूकम्पको धक्का

काठमाडौं। धादिङ केन्द्रबिन्दु भएर आज दिउँसो ३ बजेर ५ मिनेट जाँदा फेरि अर्को भूकम्पको धक्का गएको छ । नौबिसे...   
भिषण बाढीमा परी ५१ जनाको मृत्यु

भिषण बाढीमा परी ५१ जनाको मृत्यु

जोहानसबर्ग । दक्षिण अफ्रिकाको पूर्वी क्षेत्रमा आएको बाढीमा परी कम्तीमा ५१ जनाको मृत्यु भएपछि राष्ट्रपति...   

सेनाले गरेको कारवाहीमा परि जिल्ला कमाण्डरसहित १७ जनाको मृत्यु

तालुकान। अफगानिस्तानको उत्तरी प्रान्त ताखरको दासत–ए–काला जिल्लामा सुरक्षा बलले तालिबान लडाकु विरुद्ध...   

कम्युनिष्ट पार्टी अवसरवादी होइन भनेर स्थापित गर्नुछ – अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले कम्युनिष्ट पार्टी जडसूत्रवादी र अवसरवादी...   

अब खुला दूध बेच्न नपाइने

हेटौँडा। मकवानपुर जिल्लामा खुलारुपमा बिक्री हुने अप्रशोधित दुग्ध बिक्री वितरणमा प्रतिबन्ध लगाइएको...   

नेपालद्वारा मलेशिया ३९ रनले पराजित

काठमाडौँ । थाइल्याण्डमा जारी एसिसी १६ वर्षमुनि(यु–१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत...   

प्रदेश नं ५ मा चार पटक प्रदेशसभा स्थगित

खस्यौली । प्रदेश नं ५ को प्रदेशसभामा एक वर्षको अवधिमा चार पटक प्रदेशसभा स्थगन भएको छ । खास गरेर विपक्षी...   

अवैध भरुवा बन्दुकसहित दुई थापा पक्राउ

स्याङ्जा। स्याङ्जामा नौ थान अवैध भरुवा बन्दुक प्रहरीले नियन्त्रणमा लिएको छ । गृह मन्त्रालयबाट अवैध...   

मकवानपुरमा सवारी दुर्घटना, एक सय ३३ जनाको मृत्यु

हेटौँडा । मकवानपुरमा विगत एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी ५१ को मृत्यु भएको छ । दुर्घटनाबाट ४३...   
सभामुख महराको निवास अगाडि आगलागी

सभामुख महराको निवास अगाडि आगलागी

काठमाडौं। बालुवाटारस्थित सभामुख कृष्ण बहादुर महराको निवास अगाडि आगलागी भएको छ । बिजुलीको पोलमा तार...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top