Khabar Dabali Logo
  July 21, Sun

कुलमानलाई लिएर माथिल्लो तामाकोशी पुगे ऊर्जामन्त्री पुन, मंसिरभित्रै काम सक्ने दाबी

दोलखा । उर्जा,जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निरीक्षण गरेका छन् ।

उर्जामन्त्री पुन दोलखाको विगु गाउंपालिकामा निर्माणाधिन ४५६ मेगावाट क्षमता भएको तामाकोशी जलविद्युत आयोजनाको अवस्थाको वारेमा जानकारी लिन शुक्रवार सांझ दोलखा पुगेकोे हो । मन्त्रीपुनले राष्ट्रिय गौरवको रुपमा रहेको तामाकोशी जलविद्युत आयोजनालाई समयमै ल्याउन पहल गर्दै आएका छन् ।

उहाले शनिवार विहान आयोजनाको बांध स्थल,सुरु¨, माथिल्लो पेनस्टक र तल्लो पेनि स्टकको अवस्थाको बारेमा फिल्डमै पुगेर समेत जानकारी लिए । मन्त्रीपुनले करिव ३ घण्टा आयोजना स्थलकै निरीक्षण गरेर बिताएका थिए ।

उनले आयोजनाको अनुगमन, निरीक्षण र समस्याको समाधा नगर्न र सहजीकरणको लागी आफु प्राधिकरण र आयोजनाका उच्च पदस्थ अधिकारीसहित फिल्डमै आएको बताए ।

उनले आयोजना प्रमुख दिनेशजंग राना र प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठसंग समेत आयोजनाको प्रगतीको वारेमा जानकारी लिएका छन् । मन्त्रीपुन नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देश ककुलमान घिसिंग, राष्ट्रिय योजना आयोगका सदस्य डा.कृष्ण ओली सहित आयोजना स्थल पुगेको हो । उनले तोकिएको समयमा तामाकोशी जलविद्युत आयोजना ल्याउन ुपर्ने भन्दै त्यसमा गम्भिर भएर काम गर्न समेत निर्देशन दिए ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्री पुन आयोजनाको निरीक्षण भ्रमणमा गत वर्ष दोलखा आएका थिए । उनले माथिल्लो तामाकोशी जलविद्युत आयोजना समयमै ल्याउन आफु गम्भिर तापूर्वक लागिरहेको बताउंदै आएका छन् ।

यसअघि आयोजनामा समस्या देखिएपछि उहांले उर्जा मन्त्रालयका सचिव, प्राधिकरणका कार्यकारी निर्देशक,आयोजना प्रमुख र टेक्सम्याको निर्माण कम्पनीका प्रतिनिधी संग छलफल गरेर आयोजना तोकिएको समयमै ल्याउन निर्देशन दिएका थिए । मन्त्री पुनले आयोजनाको काम अघि नबढे ठेक्का समेत तोड्ने चेतावनी समेत दिनुभएको थियो ।

उर्जा मन्त्री पुनले ४५६ मेगावाट क्षमता भएको माथिल्लो तामाकोशी जलविद्युत आयोजना आगामी मंसिर भित्र सम्पन्न हुने विश्वास व्यक्तगरेका छन् ।

आयोजना स्थलको निरिक्षण भ्रमण सम्पन्न गरिसकेपछि संचारकर्मीसंग शनिवार कुरा गर्दै मन्त्रीपुनले आयोजना समय तालिकाभित्रै सम्पन्न हुने दावी गरे ।

‘यो निकै महत्वपूर्ण आयोजना भएकाले यसम हाम्रो गम्भिर चांसो छ, आयोजना समयमै सम्पन्नगर्न र गुणस्तरीय बनाउनको लागीमैले पुरै ध्यान केन्द्रित गरेको छु, म समय तालिकाभित्रै आयोजना पुरा हुनेमाविश्वस्त छु ।’मन्त्रीपुनले भने ।

उने नेपालीले ठुला आयोजना गर्न सक्दैन भन्ने सोच विगतमा रहेको भन्दै यसबाट नेपालीले ठुला आयोजना बनाउन सक्छन् भन्ने पुष्टि भएको धारणा समेत राख्नुभयो । मन्त्री पुनले तामाकोशी जलविद्युत आयोजना नेपालकै लागी नमुना योग्य र महत्वपूर्ण भएको बताए ।

‘केही समयअघि भर्टिकल साफका कारण केही समस्याआएको थियो, हामीले टेक्सम्याक र एन्ड्रिजको विचमा समझदारी बनार्इ दिएका छौ,अहिले काम अघि बढिरहेको छ । त्यसैले पनि आगामी मंसिरसम्म सवै काम सम्पन्न हुन्छ भन्ने मैले विश्वास लिएको छु । ’ उनले भने ।

आफुले आयोजना प्रमुख देखी कार्यकारी निर्देशक राखेर सुरुदेखी नै तालिका अनुसार काम हुनुपर्ने धारणा राखेको मन्त्री पुनको भनाई थियो । ठुला आयोजनामा कहिले कांही समस्या आउने भएपनि तालिका अनुसार नैै कामहुने मन्त्रीपुनले बताए ।

चैत ९ गते, २०७५ - १३:५९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गायक स्व. अरुण थापाको स्मृतिमा मन्त्रीद्वारा गायिका घर्तीमगर सम्मानित

गायक स्व. अरुण थापाको स्मृतिमा मन्त्रीद्वारा गायिका घर्तीमगर सम्मानित

काठमाडौं । नेपाली सुगम संगीतका चर्चित तथा लोकप्रिय गायक स्व। अरुण थापा मगरको आइतबार राजधानीमा सम्झना...   
शिक्षण अस्पतालले महीनामा एक पटक कलेजो प्रत्यारोपण गर्ने

शिक्षण अस्पतालले महीनामा एक पटक कलेजो प्रत्यारोपण गर्ने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालले पहिलो चरणमा महीनामा एकपटक कलेजो प्रत्यारोपण...   

प्रहरीमाथि गोली चलाउने राजु स्याङ्तान पेस्तोलसहित पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले पेस्तोल र लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले राक्सिराङ...   
साम्राज्ञीको विकिनी फोटो बन्यो भाइरल, को हुन् यी युवक ?

साम्राज्ञीको विकिनी फोटो बन्यो भाइरल, को हुन् यी युवक ?

काठमाडौं । नायिका साम्राज्ञी आरएल शाह अहिले फुर्सदमा छिन् । उनी ‘मारुनी’ र ‘रातो टिका निधारमा’को छायांकन...   

नेपाल विद्युत् प्राधिकरणले उठाउनुपर्ने बक्यौताका लागि छानबिन समिति गठन

काठमाडौं । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले विभिन्न उद्योगले विद्युत्को डेडिकेटेड र ट्रङ्कलाइन...   

साझा पार्टीद्वारा सात नयाँ सदस्य मनोनित

काठमाडौं । साझा पार्टीले केन्द्रीय कार्यसमितिमा सात नयाँ सदस्य थपेको छ । पार्टीको केन्द्रीय कार्यालय,...   
होटल तथा पर्यटन व्यवसायीको प्रथम अधिवेशन काभ्रेमा

होटल तथा पर्यटन व्यवसायीको प्रथम अधिवेशन काभ्रेमा

काभ्रे । होटल तथा पर्यटन व्यवसायी सङ्घ प्रदेश नं ३ को प्रथम अधिवेशन काभे्रपलाञ्चोक जिल्लाको बनेपामा...   
नेपालकै पहिलो ‘नेटवर्क आर्क पुल’को निर्माण अन्तिम चरणमा

नेपालकै पहिलो ‘नेटवर्क आर्क पुल’को निर्माण अन्तिम चरणमा

काठमाडौं । बिजुलीबजारस्थित धोबीखोलामा निर्माणाधीन ‘नेटवर्क आर्क ब्रिज’ पुलको निर्माण कार्य अन्तिम...   

काङ्ग्रेसले सातै प्रदेशमा प्रशिक्षण सञ्चालन गर्ने

काठमाडौं । नेपाली काङ्ग्रेसले सातै प्रदेशमा पार्टीको महाधिवेशन प्रतिनिधिका लागि प्रशिक्षण कार्यक्रम...   

हिमालय एयरलाइन्सले सोमबारदेखि ढाका उडान गर्ने

काठमाडौँ । निजी क्षेत्रको अन्तरराष्ट्रिय वायु सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले सोमबारदेखि...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top